Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
नेपाली चेली
नेपाली चेली शनिबार, असार १३, २०८३

परासी । नवलपरासीको सरावल गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्र शतप्रतिशत प्रसूति स्वास्थ्य संस्थामै हुने सुनिश्चिततासहित आवश्यक सूचकहरू पूरा भएपछि पालिकालाई औपचारिक रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिएको हो ।

गाउँपालिकाभित्र रहेका ५६ वटै टोलमा २०८२ साल वैशाखदेखि चैत मसान्तसम्म ५८८ जना गर्भवती महिलाले स्वास्थ्य सेवा प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराएका छन् भने तीन पटक प्रसूति जाँच गराएका छन्। यस अवधिमा गर्भजाँच गराउनेको दर ९७.६१ प्रतिशत तथा प्रसूति जाँच गराउनेको दर ९८.२९ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीका अनुसार गत जेठ १८ गते बसेको स्थानीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठकले सबै वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरी दिगोपना सुनिश्चित गरेको थियो। त्यसपछि असार ३ गते जिल्ला तहबाट भेरिफिकेसन सम्पन्न भई घोषणा गर्न अनुमति प्राप्त भएपछि आज गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो।

घोषणा समारोहमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।
सरावल गाउँपालिका अन्तर्गत रहेका सातवटै स्वास्थ्य संस्थाबाट आमा तथा नवजात शिशुलाई सुरक्षित, गुणस्तरीय र सम्मानजनक मातृ सेवा उपलब्ध गराइँदै आएको छ। साथै मनरी स्वास्थ्य चौकी (सरावल–२) र भुजहवा स्वास्थ्य चौकी (सरावल–७) बाट नियमित रूपमा २४सै घण्टा प्रसूति सेवा सञ्चालन भइरहेको छ।

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ। सोही व्यवस्था तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार स्थानीय तहका बर्थिङ सेन्टर तथा अस्पतालहरूबाट संस्थागत प्रसूति सेवा निःशुल्क उपलब्ध गराइँदै आएको छ।

घोषणा कार्यक्रम गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङ्गदबहादुर शाही, स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटा, फेयरमेड नेपालका तुलसी खनाल, स्वास्थ्य संस्थाका इन्चार्ज अशोककुमार पाण्डे, नर्सिङ स्वास्थ्यकर्मी अस्मिता चौधरी, महिला स्वास्थ्य स्वयंसेविका सीता शर्मा, स्टाफ नर्स मनिषा अग्रहरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमसञ्चालन नीलकण्ठ भण्डारीले जानकारी दिनुभयो ।
(सामुदायिक रेडियो परासी)

 


प्रकाशित मिति: शनिबार, असार १३, २०८३  ०६:०४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्