Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • अटल विश्वास र शाहसकाे प्रतिमूर्ति दया दर्लामी
अटल विश्वास र शाहसकाे प्रतिमूर्ति दया दर्लामी
नेपाली चेली
नेपाली चेली शनिबार, माघ २८, २०७९

संसारका लाखौँ मानिसहरु आफ्नो जीवन आफ्नो लागि मात्र बाच्छन तर केहीमानिस आफ्नो जीवनको सार्थक उद्देश्य नै अरुको स्याहार र उद्धारको लागि लिएका हुन्छन् । नवलपरासीको  बर्दघाट नगरपालिका वडा नं. २ चिसापानी स्थित घर भएकि एक शाहसी महिला हुनु हुन्छ, जो हँसिलो मुहार, मिठो बोली, आकर्षक व्यक्तित्व राजनीतिमा प्रखर एक महिला नेत्री दया दर्लामी ।  

उनै दलामीसँग नेपाली चेलीकालागि डोल्मा चौधरीले उहाँको संघर्षशील जीवनको कथा कोर्नु भएको छ । 

नवलपरासीको बर्दघाट  वडा नं. २ निवासी दया दर्लामीको  जन्म २०३६ साल मंसिर १० गते पाल्पा जिल्लाको साविक रुपसे गा.वि.स हाल माथागढ गाउँपालिका वडा नं. २ मा भएको हो । पिता चुडा बहादुर सारु मगर र आमा झुमादेवि सारु मगरको पाँच संन्तान मध्य तेस्रो संतानको रुपमा दर्लामी हुनुहुन्छ । उहाँका पिता नेपाल आर्मीमा हुनुहुन्थ्यो भने आमा समाज सेवि साथै एक उद्यमि जो आफ्नै उत्पादनमा घरमै मेसिन राखेर सुइटर बुन्ने काम गर्नु हुन्थ्यो । सामान्य परिवारमा जन्मिनु भएकी दर्लामीको बाल्यकाल पाल्पा रुप्से गाउँबाटै सुरु भएको हो ।

सानैदेखि चन्चल स्वभाव भएकी  निडर, साहसी, खेलकुदमा रुचि राख्ने  तथा  गीत गाउन विशेष रुचि राख्नु हुन्थो । दर्लामीको पढाइ १ देखि ५ कक्षासम्म  भक्तपुर पदम स्कुलबाट शुरु भएको थियो । पछि आफ्नै जन्म स्थान पाल्पामा दिव्य ज्योति माध्यमिक विद्यालयबाट कक्षा ६ देखि पढाई शुरु भयो ।

दर्लामी सानैदेखि सामाजिक कार्य गर्न मन पराउने गर्नु हुन्थ्यो । कक्षा ९ मै अध्ययनरत हुँदा त्यो बेला बहुदलीय शासन प्रणाली आउँदा उहाँ विद्यार्थी कालमै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी संगठनमा आवद्धभई दर्लामी राजनीतिमा प्रवेश गर्नु भएको थियो ।  

दर्लामीले आफूले विद्यार्थी संगठनमा आवद्ध भएर समाजसेवा शुरु गरेको र आफू १२ वर्ष कै उमेर देखि संगठनका विभिन्न गतिविधिमा क्रियाशिल भएको वताउनु हुन्छ । उहाँले आफ्नो गाउँ समाजका विभिन्न सामाजिक कामहरुमा सरिक हुँदै समाज सेवा गर्नु भएको थियो । उहाँ नेपाली भाषा र संस्कृतिको जगर्ने गर्ने साथै विभिन्न जातजातिको पहिचान र संस्कारलाई अघि वढाउनु पर्नेमा जोड दिंदै आउनु भएको छ । उहाँलाई गायन क्षेत्र औधि मन पर्छ । गीत गाउन रुचि राख्ने भएकोले उहाको एउटाँ एल्बम पनि बन्यो । जुन एल्बमको नाम “माया नौजाले” हो । उहाँले मगर भाषाको  गित  पनि गाउँनु भएको छ । “एभान्जी अनिङ्ग लाहर बाराजोनि जस्को नेपालि अर्थ हो—ए भान्जी जाम म संग लाहुल बार पकाउनि ।”

उहाँले एलएलसि सम्मको शिक्षा हासिल गर्नु भएको छ । उहाँ आफ्नो घरपरिवारको राजि मन्जुरीमा १८ वर्षकै उमेरमा प्रेम विवाह गर्नु भयो ।  विवाह बर्दघाट नगरपालिका  वडा नं. २ मा श्री रनबहादुर  दर्लामीसँग विवाह गर्नु भएको थियो । विवाहपछि दर्लामीको ससुराली  पक्षबाट माइत सरह माया, साथ र सहयोग उति कै थियो । ससुराली घरपरिवारको साथ र सहयोगले उहाँ बिभिन्न सामाजिक कार्यमा लाग्नु भएको थियो । दया दर्लामी र श्री रनबहादुर दर्लामीका दुई सन्तान पनि भए । एक छोरा र एक छोरी धिरज दर्लामी र रोमि दर्लामी छन् । दयाको जीवन हाँसी खुसी वितेकै थियो । समाज सेवामा तल्लिन रहँदै परिवारसँग सुखदुख साटासाट भएकै थियो । दुई संन्तान पढ्दै र वढ्दै थिए । एक्कासी दयाको जीवनमा वज्रपात पर्यो, श्रीमान रनबहादुर दर्लामीको ४२ वर्षको अल्पायुमै हुर्दयघातबाट मृत्यू भयो । 

श्रीमानको मृत्यूपछि दुई सन्तानको जिम्मेवारी र घरपरिवार चलाउनु पर्ने जिम्मेवारी काँधमा आइपर्यो जसले दयालाई निकै कमजोर बनायो तर पनि दर्लामी हावाको बहावले दिने सितलता झै र सुर्यको  प्रकाश दिने विशाल आटका साथ अगाडि वढ्नु भयो । समाजका गलत सोचलाई चिर्दै दुई सन्तान र समाज प्रतिको जिम्मेवारी उठाउने तिब्र इच्छा शक्ति र अठोटले दया समाजमा अगाडि बढ्नु भयो । 

आफूलाई परेको बज्रपातको व्यवस्थापन, परिवार प्रतिको जिम्मेवारीलाई निडरता साथ उहाँ  किरिया उम्केको १३ औ दिनमै घरबाट बाहिर सामाजिक कार्यमा लाग्नु भयो । घर बाहिर निस्केर काम गर्नु त्यति सजिलो त थिएन  । घर परिवार, समाजले के भन्नला भन्दापनि समाजले देख्लान, जान्लान र थाहा पाउलान भन्ने अठोट मनमा लिनु भयो । दुई सन्तानको जिम्मेवारी र समाज परिवर्तनको तिव्र इच्छा शक्तिका कारण सामाजिक कार्यमा जुटनु भयो उहाँको सपनाले उहाँलाई  समाजको अगाडि उदाहरण बनेर उपस्थित हुन सहयोग गर्यो ।

२०७४ सालको स्थानिय निर्वाचनमा उहाँ बर्दघाट वडा न. २ को वडा अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवारी दिनुभयो । वडावासीको माया र उहाँले गर्दै आउनु भएको समाजसेवाका कारण उहाँ अध्यक्ष पदमा निर्वाचित बन्नु भयो । दयाले पाँच बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएको छ । वडाअध्यक्ष हुँदा वडाको योजना निर्माण गर्दा वडाका सवै पक्षलाई समावेशी हिसावले प्राथमिकता दिनु भएको थियो ।

समाज, उहाँको संगठन र आफ्नो कामप्रतिको इमानदारिता र जवाफदेहिताका कारण उहाँले कठीन कामहरुलाई सफलतापूर्वक सामना गर्दै आउनु भएकाे छ । वडा अध्यक्ष पदमा रहेर ५ वर्षको कार्यकाल सफलतापुर्वक सकेको २ महिना पछि व्यवसायिक जीवन शुरु गर्नु भयो । उहाँले २०७९ साल जेठ १२ गते दया टपरी नामको घरेलु तथा साना उद्योग दर्ता गरी दुना र टपरी उत्पादनको काम थाल्नु भएको छ । दयाले आफ्नै घरमा उद्योग खोलेर जिविकोपार्जन गर्दै आउनु भएको छ । स्थानीय कच्चा पदार्थको सुदपयोग पनि हुने र स्वदेशी उत्पादन पनि गर्न पाएकोमा उहाँ अहिले हर्षित हुनु हुन्छ । 

दयाका दुई सन्तानमध्ये छोरा धिरज दर्लामीले टपरी उद्योगमा काम गरी हातबटाइ रहनुभएको छ भने छोरी रोमि दर्लामीले दिव्य ज्योति मा.वि हाईस्कूलमा सहायक लेखापाल पदमा काम गरिरहनु भएको छ ।

दया सामाजिक व्यक्तिको रुपमा स्थापित भइसक्नु भएको छ । उहाँले टपरी उद्योग नाफा कमाउनमात्र नभई स्थानिय स्तरमा उत्पादन भएका र आफनै दिदी बहिनिहरुको मेहनेत र सृजनालाई सार्थक बनाउन उद्योग शुरुवात गर्नु भएको हो । जिविकोपार्जन र स्वदेशबाट उत्पादन हुने बस्तुलाई उचित बजारिकरण प्रदान गर्न उद्योग संचालन गरिएको हो । दयाले वातावरणलाई स्वच्छ बनाउने वातावरण मैत्री अभियानलाई पनि सार्थक बनाउनकालागि हो । वजारमा प्लास्टिकका भाँडा तथा अन्य प्लाष्टिकजन्य वस्तुले वातावरणलाई दुषित बनाई रहेका बेला उहाँको यो उद्योग र अभियानले समाजमा निकै सकारात्मक प्रतिउत्तर दिएको छ । सालको पातबाट बन्ने दुना र टपरीले उहाँको उद्योगलाई स्थापित गर्न सहयोग गरेको छ । बजारमा दुना र टपरीको माग पनि वढीरहेको छ । जसले उद्योग संचालनमा सहजता ल्याएको उहाँ बताउनुहुन्छ । 

सामाजिक कार्यमा सानैदेखि लागेको र जीवन रहुनजेल समाजको सेवामा लाग्ने लागेर काम गर्ने उद्देश्य रहेको छ । सामजिक कार्यको लागि  सधै तत्पर रहने तथा सामाजमा सकरात्मक परिर्वतको लागि आफु अग्रसर रहने बताउनु हुन्छ । जीवनमा सपनादेख्न कहिले छोडन नहुँने भन्दै परिस्थिति जस्तो भएपनि मनस्थिति सधै सकारात्मक हुनु पर्ने उहाँ बताउनु हुन्छ । दयाले समाजसेवा नै आफ्नो जीवनको अन्तिम लक्ष्य भएको दावीसमेत गर्नुहुन्छ । 


प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्