Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • महिलाहरु स्वावलम्बी हुनु पर्छः महिला उद्यमी भवानी खरेल 
महिलाहरु स्वावलम्बी हुनु पर्छः महिला उद्यमी भवानी खरेल 
नेपाली चेली
नेपाली चेली बिहीबार, मंसिर २२, २०७९
photo bhawani kharel

 

रामग्राम नगरपालिका वडा नम्बर १ निवासी भवानी खरेल जो अटोरिक्सा चलाउनु हुन्छ । उहाँ, आफ्नो जिविकोपार्जनका लागि अन्य पेशा व्यवसाय पनि गर्न सक्नु हुन्थ्यो तर छोराछोरीलाई पढाउने खर्च राम्ररी धान्न सक्ने अवस्था त्यतीखेर मात्र आयो जब उहाँले अटोरिक्सा चलाउन शुरु गर्नुभयो ।
नेपाली चेलीका लागि सहकर्मी रेनुका चौधरीले उहाँसँग कुराकानी गर्नु भएकोछ । 

तपाई एकल महिला, यस क्षेत्रमा ई रेक्सा चलाउनुहुन्छ, यो पेशाको बारेमा के भन्नुहुन्छ ?
मैले महिलाहरु स्वावलम्बी होउन भन्ने ठान्छु । किनभने महिलाहरुले गर्न नमिल्ने काम त यो होईन् । काम गर्दै जादाँ अनुभव गरेकी छु, एकदमै उत्कृष्ट पेशा लाग्छ मलाई ई–रेक्सा संचालन । अरुले कुन दृष्टिकोणले हेर्छन,  मलाई थाहा छैन तर मेरो दृष्टिकोणमा यो पेशा नेपालका हरेक दिदिवहिनीले गर्न राम्रो हुन्छ, । महिलाहरु स्वावलम्बी हुन एकदमै जरुरी छ ।
अहिलेको हाम्रो देशको परिस्थिति हेर्दा अगाडि बढेर काम गर्न महिलाहरु डराउनु पर्ने अवस्था छ, तर यो पेशाले आफ्नो  लगानी उठ्दैन भन्नुपर्दैन, आफूलाई वाच्न सहज हुन्छ । आफूले लगाएको लगानी उठाएर एकदमै प्रशस्त कमाई नभए पनि आफ्नो जिविकोपार्जन गर्न मज्जाले सकिन्छ ।

तपाईलाई ई रेक्सा चलाउने सोच कसरी आयो ?
मसँग आम्दानीको कुनै पनि श्रोत थिएन, मैले के गर्दा आम्दानीको स्रोत बनाउन सक्छु सोच्दै जाँदा, बुटवल–खैरनी, सुनवलतिर धेरै महिलाहरुले ई–रेक्सा चलाई रहेको देख्दा महिलाले पनि ई–रेक्सा चलाउन सक्दा रहेछन् भन्ने लाग्यो ।  मैले पनि किन चलाउन नसकुला भन्ने उत्सुक्ता भै राखेको थियो । हामी रिक्सा चढेर बजार जान्छौ, आउँछौ, दैनिक रुपमा ज्याला मजदुरी, मिहिनेत गरे पश्चात पाँचसय ज्याला पाईन्छ । जीवन चलाउन यो पेशा सजिलो देखें । दिदिवहिनीले पुरुष सरह काम गर्न सक्छन म पनि सक्छु भन्ने लाग्यो । हुलाकीको काम र पत्र–पत्रिका वाड्ने कामसँगै परासीे क्षेत्रमा रिक्सा चलाउन सक्छु, भन्ने सोंच आएर यो रिक्सा चालकको पेशा अपनाएकी हुँ ।  
 
तपाईंको पहिलेको अवस्था कस्तो थियो? इ रेक्सा नै किन चलाउनु पर्यो ?
पहिले आर्थिक अवस्था कमजोर थियो, त्यसमाथि म एकल महिला पनि, मैले छोराछोरीलाई शिक्षा दिने समय पनि भएको थियो । मेरो बालबच्चा सानै भएका कारण कुनै पेशामा लगानी गर्न नसक्ने अवस्थामा थिएँ ।
पछि घरपरिवारमा छोराछोरी पढाउने अवस्थाका भए, त्यसैले म अरु उद्यम व्यवसायलाई नहेरेर ई रेक्सा तिर लागें ।
यो उद्यमबाट तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?
मान्छेको जिन्दगीमा पूर्णरुपले सन्तुष्टि पाउन कठिन छ, अहिलेको अवस्थामा मनग्य कमाई त छैन, नेपालमा उद्यम गरेर सन्तुष्ट हुन नसकी विदेशतिर जानेको संख्या कति छ कति, म  नेपालमै केही गर्नु पर्छ भनेर यो उद्यम रोजेकी हुँ । कहिले काँही तनाव त हुँन्छ, तर अप्ठ्यारो भने छैन । ठीकै छ, यसबाट हाम्रो जीवन चलिरहेको छ, सन्तुष्ट छु ।
 
ई रेक्सा किन्दा कति पैसा लागेको थियो ?
मैले ई रेक्सा किन्दा ३ लाख ७५ हजार सुरुको लगानी हो । त्यतिखेर महिलाहरुलाई अलिकति छुट थियो, किन्ने पनि महिला र चालक पनि महिला भएकाले १० हजार रुपैया छुट पाएकी थिएँ । मलाई ३ लाख ६५ हजार अटो किन्दा लाग्यो । मैले करेसावारी कृषक बचत तथा ऋण सहकारी संस्थाबाट मासिक किस्तामा तिर्ने गरी नयाँ ई—रिक्सा किनेकी हुँ । 

ऋण लिएर रिक्सा किन्दा गाह्रो त भएन नि? 
अरुवेलामा चाहिँ होइन मलाई कोरोनाको बेलामा, अलिकति अप्ठयारो परेको थियो । कोरोनाको बेलामा र बाढीको समयमा मलाई अप्ठयारो भयो किनभने मेरो रिक्सा पनि विग्रियो, त्यस बेला मलाई एकदमै असहज भयो ।
गाडी विग्रीएर कमाउने साधन गयो भनेर डर लागेको थियो । अनि किस्ता तिर्ने पैसा पनि आम्दानी गर्न अप्ठ्यारो परेको थियो । अनि व्यवस्था गर्दै जादाँ अलिअलि मैले जुटाए, बाहिरबाट सहयोगी गर्ने मनले म जस्ता बाढीपीडितलाई सहयोग गरेको हुनाले गाडी बनाएर चलाएपछि मलाई अप्ठयारो भएन ।

अहिले आम्दानी कस्तो छ त? 
मलाई जुन बेला खर्चको जोहो गर्न अप्ठ्यारो परेको थियो त्यो बेला ई रेक्साबाट मलाई सहज भयो । धेरै ठूलो अभाव, समस्याको समाधान मेरो ई रेक्साबाट नै समाधान भएको हो  ।
यति बेलालाई चाहि ई रेक्साको कमाई अलिकति कम छ, तर दिदिवहिनीहरुले चलाउन खोज्छन भने महिलाहरुलाई सहयोग गर्ने मनहरु भयो भने पेसा त्यति धरासाई हुदैन पुरुषलाई भन्दा महिलालाई सहयोग गर्ने समाज भईदियो भने धरासायी हुनु पर्दैन जस्तो लाग्छ ।
 
तपाईंले ई रेक्सा चलाई रहदाँ समाजबाट कस्तो व्यवहार पाउनु भयो ? 
मलाई सबै पक्षबाट सहयोग प्राप्त भएकै छ । सबैले प्रोत्साहन गरेको पाउँछु । मेरो सामुन्नेमा त कसैले टिका टिप्पणी गर्नु हुन्न, म टिकाटिप्पणीको पछाडि लाग्ने भन्दा पनि निरन्तर मेरो आफ्नै उद्यममा लागिरहेकी छु । 

तपाई आफू जस्तै महिलालाई व्यवसाय, उद्यममा लाग्न के भन्नु हुन्छ ?
आफूसगँ समय छ भने, मैले ई रेक्सा पेशा मात्रै भन्दिन, अरु पनि पेशा छन् । अहिलेको समयमा गर्न सक्ने धेरै काम छन् । धेरै काम मध्ये व्यवसायमा अघि बढ्न, सीप सिकेर उद्योग खोल्न सक्ने अवस्था छ । महिलाहरुले खालीसमयमा आफ्नो तरिकाले काम गर्न सक्नु हुन्छ । 
लगानी ठिक ठाउँमा  लगाउन सकियो भने म जस्तै महिला उद्यमी बनेर छोरोछोरीको शिक्षा र घर खर्च सजिलै चलाउन सकिन्छ । मैले इ—रेक्साबाट आम्दानी गरे जस्तै । 


प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २१:४१
#Npali cheli
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्