Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नवलपरासीमा सहकारीको अवस्था विषयक जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
नवलपरासीमा सहकारीको अवस्था विषयक जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
नेपाली चेली
नेपाली चेली शुक्रबार, चैत १७, २०७९

६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ को पूर्वसन्ध्यामा  शुक्रवार परासीमा सहकारीको अवस्था विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ । परासी सूचना तथा संचार सहकारी संस्थाद्धारा संचालित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा रामग्राम नगरपालिका, सुनवल नगरपालिका र वर्दघाट नगरपालिकाका सहकारी अधिकृतहरुले पालिकाको सहकारी अवस्था बारे प्रस्तुती गरेका थिए । कार्यक्रममा रामग्राम नगरपालिकाका सहकारी अधिकृत रामशुवास गुप्ता, सुनवल नगरपालिकाका सहकारी अधिकृत खेमराज ढकाल र वर्दघाट नगरपालिकाका सहकारी अधिकृत कृष्ण प्रसाद मरासिनीले पालिकाको सहकारी अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

सहकारी संस्थाहरु पालिका, प्रदेश र संघ स्तरका हुने वताइएको छ । जस अनुसार सुनवलमा ५१ वटा, वर्दघाटमा २६ वटा, रामग्राममा ३३ वटा पालिका स्तरका सहकारी रहेको वताइएको छ ।

पश्चिम नवलपरासीका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाका सहकारी अधिकृतहरुलाई पनि औपचारिक निमन्त्रणा गरेको भएपनि कार्यक्रममा भने उपस्थित भएका थिएनन् ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण संघ अध्यक्ष राजन आचार्य, नेप्सकुन सदस्य विभागका सदस्य लेखनाथ खरेल, जिल्ला सहकारी संघका सदस्य पुरनप्रसाद चौधरी, ग्रामीण बचत तथा ऋण सहकारी संस्था वर्दघाटका उपाध्यक्ष सुरज केसी, भूमही दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक अग्निधर भुषाल, जिल्ला सहकारी संघका व्यवस्थापक शेषनारायण पटेल, नन्दन महिला बचत तथा ऋण सहकारी संस्था पाल्हीननदनकी सहायक व्यवस्थापक ज्यातिमाया ढँुङ्गाना लगायतले सहकारीहरुको वर्तमान अवस्थाबारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रमको सामुदायिक रेडियो परासीले प्रत्यक्ष प्रसारण गरेको थियो भने सहजिकरण प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नु भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:४६
#६६ औं राष्ट्रिय सहकारी दिवस
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्