Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • रञ्जिता श्रेष्ठ चौधरीको राजनीतिक रफ्तार
रञ्जिता श्रेष्ठ चौधरीको राजनीतिक रफ्तार
नेपाली चेली
नेपाली चेली शुक्रबार, चैत १७, २०७९

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुस १९ मा गठन भएको दल हो- नागरिक उन्मुक्ति पार्टी । टीकापुर घटनामा डिल्‍लीबजार कारागारमा जेल सजाय भोगिरहेका रेशम चौधरीले आफ्नो नाममा दल गठन गर्न सम्भव नभएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएका थिए ।नागरिक उन्मुक्ति पार्टी गठनको भएको १ वर्षमै सत्ता राजनीतिको एउटा महत्वपूर्ण घटक बन्यो । त्यही घटको नेतृत्त्व गर्दै श्रेष्ठ संघीय सरकारको मन्त्री बनेकी छन् । उता सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी निर्णायक शक्ति बनेको छ ।

पार्टी बनेको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो ।

स्थानीय तहको चुनावको सफलतापछि गत मंसिर ४ मा भएको स‌ंघ र प्रदेशको चुनावमा पनि उन्मुक्तिले सफलता हात पार्‍यो । अध्यक्ष श्रेष्ठसहित पार्टीबाट ४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । टीकापुर भएकै क्षेत्र कैलाली-१ बाट श्रेष्ठ १२ हजारभन्दा बढी मतान्तरले विजयी भएकी थिइन् । उनी ३० हजार ४ सय मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत मात्र प्राप्त गरेका थिए ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया र कैलालीमा गरी प्रदेशतर्फ प्रत्यक्षमै ७ जना सांसद निर्वाचित भए । पार्टीले मात्र होइन अध्यक्ष श्रेष्ठले पनि छोटो समयमै राजनीतिक रफ्तार लिएकी छिन् । श्रीमान् रेशमको राजनीतिक विरासत जोगाउन र टीकापुर घटनामा न्यायका लागि भन्दै दल गठन गरेको १ वर्षमै उनी मन्त्री बनेकी छिन् । अब उनी न्याय माग्ने ठाउँबाट न्याय दिने स्थानमा पुगेकी छिन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि श्रेष्ठले उपराष्ट्रपति बन्ने इच्छा पनि देखाएकी थिइन् तर उनलाई उमेरले साथ दिएन । संसदीय दलको बैठकले ४० वर्षीय अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उम्मेदवार बन्न उमेर पुगेन । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।

२०३९ फागुनमा काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी श्रेष्ठ सञ्चारकर्म हुँदै राजनीतिमा आएकी हुन् । टीकापुर घटनाअघि मात्र उनी आफ्नै एफएममा कार्यरत थिइन् । काठमाडौंमा रेडियो नेपाल, रेडियो सगरमाथालगायतका रेडियोमा काम गरेकी श्रेष्ठले पछि रेशमले टीकापुरमा खोलेको फूलबारी एफएममा काम गर्न थालेकी थिइन् । २०७२ को टीकापुर घटनामा फूलबारी एएफएममा आगजनी भएको थियो । २०७४ सालको चुनावमा रेशमले जितेकै क्षेत्रबाट रञ्जिताले चुनाव जितेकी हुन् । फरार रहेकै अवस्थामा वारेसमार्फत उम्मेदवारी दिएका रेशमले २१ हजारभन्दा बढी मतान्तरसहित वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाहलाई हराएका थिए ।

श्रीमान् जेलपरेपछी उनको राजनीतिक कामको कमाण्ड बाहिरबाट श्रेष्ठले नै सम्हाल्दै आएकी थिइन् । सांसद बनेर आएपछि उनले यो बीचमा सत्ता राजनीतिका लागि जोड घटाउ हुने धेरै खेलहरुका प्रत्यक्ष साक्षी बसिन् । ती बैठकहरुमा उनले आफ्ना श्रीमान्को रिहाईका लागि मुख्य सर्त राखिन् । यस्तै सर्तमा बन्दी हुन नमान्दा सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमालेका राजेन्द्रसिंह रावलले बहुमत पुर्‍याउन नसकेर एक महिनामै सरकारबाट बाहिरिए ।

सुदूरपश्चिमको सरकारसँगै यता केन्द्रमा नयाँ गठबन्धन बन्यो । त्यो गठबन्धनमा पनि श्रेष्ठले आफ्ना श्रीमान्को रिहाईलाई सर्त राखेकी छन् । त्यही सर्तमा प्रधानमन्त्री दाहालले आंशिक सहमति जनाएपछि नागरिक उन्मुक्ति सरकारमा समेत हुने निर्णयमा पुग्यो । पार्टीको त्यही निर्णयको जगमा टेकेर श्रेष्ठ अब संघीय सरकारको मन्त्री बनेकी छन् । मन्त्री बन्ने बित्तिकै डिल्लीबजारस्थित जेलमा रेशम चौधरीलाई भेट्न पुगेकी छन् ।

#kantipur


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्