Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रामग्राम स्तुपबारे जान्ने पर्ने कुरा:के छ रामग्रामको महत्व?
रामग्राम स्तुपबारे जान्ने पर्ने कुरा:के छ रामग्रामको महत्व?
नेपाली चेली
नेपाली चेली शनिबार, चैत १८, २०७९

परिचय 
झराही खोलाको किनारमा अवस्थित रामग्राम स्तुप ईटाद्वारा निर्माण भएको छ । सात मिटर अग्लो स्तुपमा भगवान बुद्धको अस्तु ९अस्टधातु मध्ये एक० रहेको छ । यो स्तुप रामग्रामका राजाले बनाउन लगाएका हुन् । उनी भगवान बुद्धका अस्तु पाउने आठौं राजा थिए । बौद्धग्रन्थ अनुसार सम्राट अशोकले अन्यत्रबाट झैं उक्त स्तुपबाट पनि अस्तु झिकी चौरासी हजार स्तुप बनाउन चाहन्थे तर त्यसो गर्न दिइएन । यो पवित्र स्थान नवलपरासी जिल्लाको सदरमुकाम परासी बजारदेखि ४ कि।मि। दक्षिणपूर्वमा पर्दछ । 

अवस्थितिः 
अक्षांशः २७०२९'५५' उत्तर, देशान्तरः ८३०४१'०५' पूर्वस 
लुम्बिनी प्रदेश, रामग्राम नगरपालिका वडा नं ७
परासी बजारदेखि ३.५ कि. मि. दक्षिण र लुम्बिनीदेखि ५० कि. मि. पूर्व
समुद्री सतहदेखि १०७ मिटर उचाई

ईतिहास
बौद्ध ग्रन्थहरुको कथन अनुसार, प्राचिन कालमा बनारसका राजा रामलाई कुष्ठ रोग लाग्यो । उनले राजपाठ आफ्नो छोरालाई सुम्पेर उत्तरतिर लागे । हालको देवदह क्षेत्रमा आई बसे । कोल रुखको फेदमा बसेर ध्यान योग आदि गर्ने र सोहि रूखको रस आफ्नो घाउँमा नियमित लगाउनाले उनको कुष्ठ रोग निको भएको र सोहि विधि अपनाएर कपिल्वस्तुको अधिराजकुमारी प्रियाको पनि कुष्ठ सञ्चो भएपछि तिनले बिहे गरी नयाँ राज्यको निर्माण गरे । तिनका दरसन्तानहरु कोलको रुखको महत्वलाई आत्मसात गर्दै कोलिय जाति भए भने राजा रामले स्थापना गरेको भएकोले राज्यको नाम रामग्राम रहन गयो । देवताहरु स्नान गर्ने पवित्र पोखरी समेत यस क्षेत्रमा रहेकोले राज्यको नाम देवदह भयो भन्ने विवरण पनि बौद्ध साहित्यहरुमा पाइन्छ । 

त्यसकालमा कोलय र शाक्य वंशीहरु बीच वैवाहिक सम्बन्ध रहेको थियो । कोलियहरुले शाक्यहरुलाई बिहे गर्थे भने शाक्यहरुले पनि कोलियहरुलाई वैवाहिक सम्बन्ध राख्दथे । यहि क्रममा कपिलवस्तुका राजा सुद्धोधनले देवदहकी राजकुमारी मायादेवीलाई बिहे गरे । उनीहरुबाट राजकुमार सिद्धार्थको जन्म भयो ।  

ई. पू. ६२३ को र्वशाख पूर्णिमाका दिन राजकुमार सिद्धार्थको जन्म लुम्बिनी वगैचामा भयो । २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजीमा निस्किए । ई. पू. ५८८ को वैशाख पूर्णिमाको दिन बोधगयामा बुद्धत्व प्राप्त गरे । सोहि वर्ष सारनाथमा पहिलो धम्म उपदेश दिए ।  ई। पू। ५४३ को वैशाख पूर्णिमाको दिन कुशिनगरमा उनको महापरिनिर्वाण भयो । यसैलाई त्री—संयोग भनिन्छ । 

भगवान बुद्धको महापरिनिर्वाण पछि उहाँको अस्थि धातु ८ भागमा बिभाजन गरी बराबरी बितरण गरियो ।

अस्थि धातु प्राप्त गर्ने ८ राज्यहरुः
१ मगध, २ वैशाली, ३ कपिल्वस्तु, ४ अल्लकप्पा, ५ वथादिप, ६ कोलियानगर, ७ पावा, र ८ कुशिनगर थिए ।  कोलियहरुले प्राप्त गरेको भगवान बुद्धको अस्थि धातु राखेर रामाग्राममा पवित्र स्तुपको निर्माण गरी विधिवत पूजा आरधना शुरु गरे ।  

चिनीया यात्रीले यस्तो तथ्याङ्क अगाडि सारे 
चिनीया यात्री  रामग्रामको अवस्थिति मिथक
फासियानले (३९९—४१४) लुम्बिनी देखि ५ योजन पूर्व करिव (६० कि मि)    
भगवान बुद्धको अस्थि धातु राखेर राम स्तुप निर्माण गरेको । सम्राट अशोक यहाँ आएर स्तुपबाट अस्थि धातु निकालेर ८४ हजार स्तुप बनाउन लान खोज्दा ड्रागन देउता प्रकट भएर यो स्तुपलाई अहिलेसम्म चढाइएको जत्ति भेट (चढावा) अर्पण गर्न सक्छौ भने मात्र यो स्तुपको अस्थि धातु लानू भन्ने आज्ञा भएको र दिव्य दरवारमा चढावा देख्दा त्यति अथाह भेट अर्पण गर्न नसक्ने भएपछि अस्थि धातु नलिई फर्केको 

पछि यो क्षेत्रमा जंगल बढेर स्तुप ढाकेको, जंगली हात्तिहरुले स्तुपमा जल सिंचन, पुष्प अर्पण गर्ने गरेको देखेर एक जना भिक्षुले विहार बनाई स्तुपको सरसफाई र नित्य पूजा गर्ने गरेको ।  

शियन च्वाङले रामग्रामको बारेमा यस्तो तर्क अगाडि सारे   

(६२९—६४३) लुम्बिनी देखि ५०० ली पूर्व 
भगवान बुद्धको अस्थि धातु राखेर निर्माण गरेको १०० फिट अग्लो स्तुपबाट ज्योति प्रकाशित हुने । 
छेवैमा रहेको नदिमा नागराजा बस्ने, स्तुपको सुरक्षा गर्ने गरेको साथै जंगली हात्तिहरुले स्तुपमा जल सिंचन, पुष्प अर्पण गर्ने गरेको नजिकै रहेको विहारको भिक्षुहरुले देख्ने गरेको 

रामग्राम उत्खनन् र नतिजा 
सर्वप्रथम डा. होयले रामग्राम देखेका थिए । उनले यहाँको स्तुपका नाप जाँच गरी स्तुपको उचाई ५० फिट भएको उल्लेख गरे । उनी पछि पि. सि. मुखर्जी यहाँ आए ।  सन् १९७४ मा पुरातत्व विभागबाट बाबु कृष्ण रिजाल यहाँ आएर धातु स्तुप भएको निश्चित गरे । सन् १९९७ मा Bradford University, UK, लु. वि. कोष, र पुरातत्व विभागले geophysical survey गर्दा स्तुप क्षेत्रको सतह मुनि संरचनाहरु पाइयो र उत्खनन् गर्नु पर्ने सुझाव दियो । 

त्यसपछि पुरातत्व बिभाग र लुम्बिनी विकास कोषले वि. सं. २०५५ देखि २०६० सम्म उत्खनन् गर्दा निम्न नतिजाहरु हाँसिल भएका छन् । चिनिया यात्रीहरुले भने बमोजिमको विहार भेट्टाइयो जुन मौर्यदेखि गुप्ता कालका रहेका छन् । 
रामग्राममा पाइएको कोइलाको कार्वन डेटिङ गर्दा ई. पू. छैटौं शताव्दी प्रमाणित भयो । 
तामा, पित्तल र चाँदिका स-साना सामग्रीहरु, भिक्षुहरुले सियोमा धार लगाउन प्रयोग गरेको ढुंगा, कनिष्क कालको तामाका मुद्राहरु,  Greywares (ई. पू. पाँचौ शताव्दी) आदि फेला परे । 
रामग्राम स्तुप भगवान बुद्धको अस्तु राखिएको धातु स्तुप हो भन्ने यकिन भयो । 

 

निष्कर्ष 
माथि प्रस्तुत चिनिया यात्रीहरुको वर्णन अनुसार लुम्बिनीदेखि करिव ६० कि. मि. पूर्वमा रामग्राम अवस्थित रहेको, स्तुपको छेवैमा नदि र विहार रहेको भन्ने यात्रा वृतान्त अनुसार नै रामग्रामको हालको अवस्थिति र अवस्था रहेको साथै पुरातात्विक अन्वेषणबाट समेत सोहि तथ्य प्रमाणित भएबाट रामग्राम भगवान बुद्धको अस्तु राखिएको धातु स्तुप हो भन्ने कुरा शंका रहेन । 

बौद्ध ग्नन्थहरुको अनुसार, यस्ता दुर्लभ धातु स्तुपको दर्शन गर्नाले यो जन्म र पूर्व जन्मको पाप समेत नाश भई यो र परलोक समेत सुधार हुने मान्यता रहेकोले संसार भरका बौद्धमार्गी तथा शान्तिप्रेमी जनहरुलाई यहाँ आकर्षित गरी गुणस्तरीय पर्यटन प्रवर्धन गर्ने सकिन्छ । त्यस कार्यको लागि लुम्बिनी विकास कोषले हालै रामग्राम गुरुयोजना तयार गरेको छ । 

गुरुयोजना 
गुरुयोजनाको लागि सर्वप्रथमतः आवश्यक मात्रामा जग्गा आवश्यक पर्दछ । जसकोलागि विगत एक दशकदेखि लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा जग्गा किन्ने कार्य गर्दै आएको छ । हाल कोषको स्वामित्वमा रामग्राम स्तुपको क्षेत्रको लागि करिव २४ विघा जग्गा प्राप्त गरि सकेको छ जुन पर्याप्त छैन । गुरुयोजनाको लागि निम्न वमोजिमको जग्गा अधिग्रहण गर्नु पर्ने छ ।
गुरुयोजना                                                                  आवश्यक क्षेत्रफल    
पहिलो ड्राफ्ट                  ५०० मि. अर्धव्यास                    ११५ विघा    
दोश्रो ड्राफ्ट                     वफर क्षेत्र सहित                      ३३० विघा    

गुरुयोजनाका कम्पोनेन्टहरु

Sacred Monument Zone (पवित्र संपदा क्षेत्र): मुख्य स्तुप लगायत महत्वपूर्ण पुरातात्विक संपदा संरक्षित क्षेत्र, धार्मिक तथा आध्यात्मिक स्थल ।

Monastic Zone (विहार क्षेत्र): विभिन्न देशहरुको विहार निर्माण गरी दैनिक पूजापाठ, ध्यान आदि गर्ने क्षेत्र ।

Special Development Zone (विशेष विकास क्षेत्र): पवित्र संपदा क्षेत्रको वरिपरि निर्माण गरिने ८ वटा गोलाकार संरचनाहरु न विशेष विकास क्षेत्र हो । जसमा पुस्तकालय, संग्रहालय, पार्किङ, ध्यानकेन्द्र आदि रहन्छन् ।

Buffer Zone (सिमावर्ती क्षेत्र): स्तुपलाई केन्द्र मानेर यसको ५०० मिटर अर्धव्यासमा लगाइने १० मिटर चौडाईको जंगल क्षेत्र जसले रामग्राम क्षेत्रलाई बाहिर संसारबाट जोगाउछ ।

Transition Zone (संक्रमण क्षेत्र): सिमावर्ती क्षेत्र भन्दा बाहिरको निश्चित भू-भाग जसमा बजार, होटल लगायतका पर्यटन पूर्वाधारहरु निर्माण गरिनेछ ।

 


प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:१०
#Ramgram sutp
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव  
रामग्राममा आदिवासी जनजातिको भाषा र संस्कृतिको विकास गर्न होम स्टे बन्दैः नगरप्रमुख यादव   आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्