Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • महिला जागरणको बिजारोपणका १८ बर्षः शुरुवाती बचत १० रुपैया मात्र
महिला जागरणको बिजारोपणका १८ बर्षः शुरुवाती बचत १० रुपैया मात्र
डोल्मा चौधरी
डोल्मा चौधरी सोमबार, चैत २०, २०७९

भनिन्छ आँट र कर्म राम्रो छ भने जुनसुकै सफलताको शिखरमा पुग्न सकिन्छ । ठूलाठूला बिकास भएको शहरमा मात्र सफलता हैन एउटा सामान्य गाउँठाउँबाट सामान्य व्यक्तिले पनि प्रगति गर्न सक्छ । संस्था संचालन गर्दा व्यक्तिलाई नहेरी सिंगो संस्थालाई हेर्नु पर्ने मान्यता हुन्छ । समय सापेक्ष नेतृत्व लोकतान्त्रिक  पद्धति अनुसार फेरीएको हुन्छ । 

संस्था जुन क्षेत्रमा जुन उद्देश्यकोलागि गठन भएको हुन्छ त्यस क्षेत्रमा आफ्नो प्रभाव पारेको हुन्छ । सानो लगानी र ठुलो सोंचको प्रतिफल हो महिला जागरण बहुउदेश्यीय सहकारी संस्था लि. मनरी । एउटा बिकट क्षेत्रमा रहेको संस्था जहाँ विपन्न, आदिवासी जनजाती ,मधेशी, मुस्लिम तथा दलितहरुको बस्ती छ । आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक रुपले पछाडि परेको वर्गको बसोबास छ भने विकास स्वभाविक रुपमा सुस्त गतिले हिडेको हुन्छ तर त्यही समुदायको स्थानिय महिलाहरुको अर्थक प्रयासबाट संस्थाको स्थापना र विकास एउटा ज्वलन्त उदाहरण बनेको छ ।  

२५ जना महिला मिलि सुरुवात गरेका सामान्य बचतबाट एउटा उत्कृष्ट सहकारी बन्न सफल भएको सहकारी संस्था हो, महिला जागरण बहुउदेश्यीय सहकारी संस्था लि. । महिलाद्धारा महिलाकालागि संचालित संस्थाले २७ औँ वर्ष पुरा गरिसकेको छ ।

छरिएर रहेको पुँजीलाई एकत्रित गरी ग्रामीण क्षेत्रका महिलाहरुलाई  संगठित गरी स—साना खाँचो  र आर्थिक समस्यालाई पुरा गर्ने र सामाजिक रुपले पिछडिएका महिलाहरुको सशक्तिकरण र विकासगर्ने उद्देश्यका साथ सुरुवात गरिएको थियो । सरावल गाउँपालिका वडा नं. २ स्थित मनरीमा संस्था रहेको छ । हाल कार्य समितिमा ११ जना सदस्य रहेका छन् । 

२०५१।०५२ तिर सामान्य एउटा झुपडिमा बसेको बैठकको छलफलबाट संस्थाको बिजारोपण भएको हो । संस्था गठनका बेला संस्थापक अध्यक्षको रुपमा मतरानिदेवि चौधरी रहनु भएको थियो । उहाँको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । समिति गठनसँगै २५ जना महिलाहरुले मासिक रुपमा १० रुपैया बचत गर्ने निर्णय गरे । केहि महिनापछि संस्थाको स्थापना तत्कालिन महिला विकास कार्यालय तथा महिला जागरण दृष्य केन्द्र कार्यक्रमको सहयोग र समन्वयबाट  विं.स. २०५२ सालमा  महिला समुहले पूर्णता पाएको हो । त्यसपछि वि.स. २०५६ साल चैत्र २० गते प्रथम ऐतिहासिक भेला सम्पन्न भयो । भेलाबाट तत्कालिन मनरी गा.वि.स वडा नं. ५ तिलौलिको बगैचामा मतरानीदेवि चौधरीको अध्यक्षतामा पुनः ९ सदस्यीय समिति गठन गरियो ।

त्यसपछि संस्थाको विनियम निर्माण गरी ६ महिना भित्र अर्थात २०५७ साल भदौ ४ गते तत्कालिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्तागरी प्रथम एतिहासिक साधारण सभा र अधिवेशन जनता मा.वि. मनरीको प्राङ्गणमा २०५७ साल असोज १५ गते सम्पन्न भयो । त्यहि अधिवेशनले रमा सिंह थारुलाई सर्वसम्मत अध्यक्ष चयन गर्यो । अध्यक्ष थारुकै घरबाट औपचारिक रुपमा कार्यालय नै स्थापना गरी संस्थाको दैनिक कामकाजको शुरुवात गरियो ।

२०५७ साल माघ ११ गते तत्कालिन मनरी गा.वि.सले संस्थाको कार्यालय संचालनकालागि एउटा कोठा उपलब्ध गराएको थियो । संस्थाले आफ्नो यात्रा एउटा शेयर सदस्यको घरबाट सुरु गरी २५ जना सेयर सदस्य रहने गरि ५००० हजार शेयरपूँजी र १० रुपैयाँ बचतबाट सुरुवात भएको संस्था हाल १२२७ जना शेयर सदस्यहरुको शेयरपूँजी २३ औँ साधारण सभासम्म आइपुग्दा १ करोड ३१ लाख ९५ हजार ५ सय पुगेको छ । भने कुल बचत ५ करोड ४४ लाख २ हजार ३ सय २२ रुपैया पुगेको छ । 

संस्थाले विस्तारै कार्यक्षेत्र र सदस्य सँख्याको बृद्धि गर्दै जाँदा काम गर्न कठीन भएपछि तत्कालिन मनरी गाउँ विकास समितिका अध्यक्ष जनार्दनप्रसाद थारुको पहलमा ७ धुर जग्गा उपलब्ध भयो । सोहि जग्गामा भवन निर्माणको लागि विभिन्न व्यक्तिहरुको साथ र सहयोग प्राप्त भएको थियो । जसमा सरावल गाउँपालिका वडा नं. २ जावा बस्ने स्वर्गीय रुद्रनारायण थारु, जमुनिया निवासी बागेश्वर चौधरी, पटनी निवासी नारायण थारु तथा तत्कालिन सांसद देवेन्द्रराज कण्डेल लगाएतको सहयोगबाट २ कोठे भवनको तत्कालिन सांसद खेमनारायण फौदजारबाट सिलान्यास भएको थियो । संस्थाको संस्थागत विकासमा तत्कालिन साँसद बैजनाथ चौधरीको पनि सहयोग रहेको थियो । अहिले संस्थाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको छ । 

हाल संस्थामा १ हजार २ सय २७ जना शेयर सदस्य रहेका छन । संस्थाले आफ्ना शेयर सदस्यहरु सेवा प्रवाहकालागि बार्षिक रुपमा विभिन्न योजनाहरु ल्याउने गरेको छ । विशेष गरी सदस्यहरु कृषि क्षेत्रमा आवद्ध भएका कारण सदस्यहरुलाई विउ विजन मल खादको व्यवस्था गरेको छ । यस्तै ग्यास तथा रेमिटान्स, आइयमि सेवा सुबिधा दिइरहेको छ । महिलाहरुको बिकासको लागि विभिन्न व्यवसायिकमुलक तालिमहरु पनि प्रदान गरिरहेको छ । 


प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १९:०६
#महिला जागरण सहकारी मनरी
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्