Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • बालविवाह संस्कार होइन, विकार हो
बालविवाह संस्कार होइन, विकार हो
नेपाली चेली
नेपाली चेली शनिबार, वैशाख १६, २०८०
फाइल फाेटाे

सनातन संस्कृतिमा १६ संस्कार छन् । सनातन संस्कृतिमा विवाह एउटा संस्कार हो । यिनै १६ संस्कारमध्ये एउटा हो— विवाह संस्कार । यसलाई पाणिग्रहण—विवाह संस्कार भनिएको छ । विवाहलाई गृहस्थ आश्रम प्रवेशको मुख्यद्वार मानिएको छ । संस्कार शब्दको अर्थ परिष्कार हो । परिष्कृत जीवनका लागि परिष्कार आवश्यक हुन्छ । यही परिष्कारबाट नै मानिसको जीवन परिष्कृत, सुसंस्कृति, सभ्य, नियमित र नियमसङ्गत बन्ने हो । जसले, जहिले, जहाँ, जे गर्नुपर्ने हो त्यसो गर्दा मात्र जीवन व्यवस्थित हुन्छ, परिवार व्यवस्थित हुन्छ, समाज व्यवस्थित हुन्छ, राष्ट्र व्यवस्थित हुन्छ । त्यसैले यसलाई थिति पनि भन्न सकिन्छ । यस्तै संस्कार—परिष्कारबाट नै संस्कृति बन्दछ । थितिबाट बन्ने संस्कृति थितिको हुन्छ र बेथितिबाट बन्ने संस्कृति बेथिति नै हुन्छ । हाम्रा पुर्खाले निकै खोज—अनुसन्धान गरेर संस्कार—थिति स्थापित गरेर जीवनलाई सहज बनाए । 

आमरूपमा त छैन, तर अहिले पनि हाम्रो समाजमा बालविवाहको प्रचलन पूर्ण रूपमा अन्त्य भएको छैन । इतिहासको कुनै कालखण्डमा कुनै कारणले आइलागेको बालविवाह हाम्रो आमसामाजिक प्रचलन थिएन र होइन । अझ, विशेष कारणले केही परिवारमा मात्र कायम रहेको वा चलाइएको प्रचलनलाई सिङ्गो समाजको प्रचलनजस्तो गरी ‘सती प्रथा’को पनि प्रचार गरियो । शास्त्रमा वर्णन गरिएको ‘सती प्रथा’ र श्रीमान्सँगै श्रीमतीलाई डढाइने ‘सती प्रथा’का बिचमा रहेको भिन्नतासमेत नबुझी—बुझ्नै नदिई समर्थन र विरोध भएको हामीले इतिहासमा पढेकै छौँ । हाम्रो आमसामाजिक जीवनमा सती प्रथा छँदै थिएन, तर पनि मरेका श्रीमान्सँगै श्रीमती पोल्ने प्रथाको कलङ्क हाम्रो समाजले बोक्नुपरेको थियो । यी विषय पनि हाम्रो ध्यानकर्षणका विषय हुनुपर्दछ । यदि त्यस्तो थियो भने पनि त्यसलाई कमजोर परम्पराका त्याग्नु पर्दछ । धार्मिक होस् वा सामाजिक, विगतको कुनै घटनालाई पद्धति—प्रथाका रूपमा स्वीकार गर्नुहुँदैन । हाम्रो धर्म, संस्कृति, परम्परामा विवाहलाई संस्कार मानेको छ । संस्कार भनेको सम्यक् कार्य हो—सत्कार्य हो । यस विषयमा सानो चर्चा गरौँ । 
विवाहको चलनचल्ती सुरू हुनुअघि पनि मानिस थिए । यी मानिसबाट बच्चा जन्मने गर्थे । तर, त्यतिबेला बच्चाको बाबु को हो भन्ने थाहा हुँदैन थियो । त्यस्तो बेथितिको समाजबाट यस्तो थितिको समाज निर्माण गर्न पुर्खाले विवाह पद्धति बनाए । यही पद्धतिसँगै अन्य पद्धति र संस्कार पनि बन्दैआएको देखिन्छ । त्यतिबेला समाज स्थापित गर्न, जीवनलाई व्यवस्थित पार्न विवाहको महत्वपूर्ण भूमिका रहेको अनुमान लगाउन सकिन्छ । 

हाम्रो समाजमा विवाहलाई व्यवस्थित यौनजीवन र सन्तान उत्पादनसँग जोडेर हेर्ने गरिन्छ । त्यसैले परस्त्री वा परपुरुषबीच यौनसम्बन्धलाई राम्रो मानिँदैन । यसलाई व्यवस्थित गर्ने उयाय भनेको निश्चित उमेर समूहका युवा स्त्री—पुरुषबीच विवाह गर्ने चलन—थिति—संस्कार विकास गरिएको हुनुपर्दछ । यसरी हेर्दा स्त्री र पुरुषको विवाहको उमेरको विषय पनि स्वतः स्पष्ट हुन्छ । 

संस्कार प्रक्रिया हेर्दा पहिलो संस्कारका रूपमा ‘गर्भाधान संस्कार’ रहेको छ भने अन्तिम संस्कारलाई अन्त्येष्टि संस्कार भनिएको छ । अन्तिमबाट दोस्रो संस्कार विवाह संस्कार रहेको छ । ऐतिहासिक कारणले हाम्रो समाज पुरुषप्रधानको समाज रहेको छ । यस कारण उपनयन, वेदाध्ययन, समावर्तन आदि संस्कार पुरुषका लागि निर्धारित छन् । यस अनुसार ब्रह्मचर्यको उमेर २५ वर्ष सम्मको निर्धारित रहेको छ । संस्कार अनुसार पुरुषले २५ वर्षको उमेरसम्म ब्रह्मचर्यमा बसी विद्याध्ययन गर्ने र यसपछि मात्र गृहस्थ आश्रममा प्रवेश गर्ने हो । विवाह गर्दा ‘आफूभन्दा कम उमेरकीसँग विवाह गर्नू’ त भनिएको छ, तर बालिका (यौन तथा गर्भधारणका लागि अयोग्य)सँग विवाह गर्ने कुरा कतै भए पनि अमिल्दो विषय हुनजान्छ । 

पुर्खाले निर्धारण गरेका प्रावधान जीवन व्यवस्थापनका लागि हो । जीवनलाई व्यवस्थित बनाइराख्ने प्रावधानहरूबारे अहिलेका हामीहरूले पनि सोच्नुपर्दछ, अनुकूलता प्रतिकूलताको ख्याल गर्नुपर्दछ र अनुकूल हुने प्रावधानहरू विकास गर्नुपर्दछ । अहिलेको समाज राज्यको ऐन कानुन, नीति नियमबाट चल्दछ ।

उतिबेला राज्यको विकास भएको थिएन । पाप, धर्मको डर देखाएर मानिसहरूलाई संस्कारमा बाँध्नुबाहेक अर्को विकल्प थिएन । सबैमा अहिलेजस्तो चेतना पनि थिएन । साधनस्रोत पनि थिएन तर पनि जीवन र समाजलाई व्यवस्थित गर्नमा पुर्खाको योगदान स्मरण तथा सम्मानयोग्य छ । 


पहिले पनि संस्कारका विषयमा एकरूपता थिएन । अहिले ‘षोडश संस्कार—१६ संस्कार’मा पनि मतैक्य रहेको थिएन । कतिपयले ४० संस्कार र कतिपयले अन्य संख्या पनि लेखेका छन् । तर, सबैमा विषय यिनै छन् । विवाहको सन्दर्भमा केटाको उमेर २५ वर्ष हुनु, विवाहको उद्देश्य यौनजीवन र सन्तान प्राप्ति हुनु आदिको विश्लेषण गर्दा बालविवाहका लागि पुर्खालाई दोष लगाउनु पर्ने देखिँदैन । 

नेपालमा नागरिकता प्राप्तिको उमेर, मतदान गर्ने उमेर र विवाह गर्ने उमेरबारे प्रायः बहस भइरहने गरेको छ । अलि गहिरिँदा यी विषयमा राज्य अझै ठोस भइनसकेको पनि देखिन्छ । बहस हुनु आफ्नो ठाउँमा छ, तर लागू गर्ने त कानुनी प्रावधान नै हो । वेद, पुराण, इतिहास हेरेर नभई विद्यमान कानुनको प्रतिकूल नहुने गरी व्यवहार गर्नुपर्दछ । अहिले २० वर्ष वा सोभन्दा माथिल्लो उमेरलाई विवाहयोग्य मानिएको छ । 

विवाहका विषयमा ठुलै व्यक्तित्वहरूको उदाहरण हेर्ने हो भने हाम्रो समाजमा शिव र पार्वतीको विवाहको कथा सर्वप्रसिद्ध छ । हरेक हरितालिका तीजमा शिव र पार्वतीको विवाहको स्मरण गरिन्छ । यहाँ शिव र पार्वतीको उमेरबारे सोच्नै परेन । शिवको उमेर, जाति, सम्पत्ति, कुलघरान—यहाँसम्म कि आमा बा— आदिबारे सोधिने गरिएको छैन । जसले—दक्षप्रजापतिले यिनै विषयलाई आधार बनाएर अपमान गर्दा उनको यज्ञ त ध्वंश भयो नै, सतीदेवीले आपूmलाई यज्ञकुण्डमा जीवनको आहुति दिनुपरेको कथा सुनिएकै छ । यसबाट पनि हामीले उचित शिक्षा लिनुपर्दछ । यता, पार्वतीले भने विष्णुलाई अस्वीकार गरी शिवसँग विवाह गर्नकै लागि तपस्या—अठोट गरिन् र साथीहरूद्वारा अपहरित भएर—लुकाइएर आफ्नो माग पूरा गराइन् अर्थात् रोजेकै जीवन साथी प्राप्त गरिन् । अन्यत्र पनि विवाह योग्य भनेर कतै पनि शिशु वा किशोरी कन्या अघि सारिएको प्रसङ्ग खासै देखिँदैन, भेटिँदैन । 

‘निरीक्ष्यते केलिवनं प्रविश्य क्रमेलकः कण्टकजालमेव । कर्णामृतं सूक्तिरसं विमुच्य दोषेषु यत्नः सुमहान् खलानाम् ।’ अर्थात्, जसरी ऊँट मनोरम बगैँचामा पसेर काँडाघारी नै खोज्दछ, त्यसरी नै मूर्खहरूको ठूलो प्रयत्न अमृतसमान सूक्तिरस ग्रहण गर्न छोडेर दोषहरू खोज्नमा देखिन्छ ।’ दोष खोज्दा दोष, कमजोरी खोज्दा कमजोरी र असल खोज्दा असल नै पाइने हो । विगतका असल र जीवनोपयोगी पक्ष हेर्नु र खोज्नु नै बुद्धिमानी हुन्छ । 

हाम्रा वेद, शास्त्रहरूमा महिलाको स्थान उच्च रहेको छ । धार्मिक सांस्कृतिक हिसाबले महिलाहरू सरस्वती, लक्ष्मी, दुर्गा आदि देवीका रूपमा पूजनीय रहेको पाइन्छ । हरेक आजापूजामा अनेकौँ मातृकाहरूका रूपमा स्त्रीशक्तिको पूजा हुन्छ ।

कुनै पनि तर्क र बहानामा हामीले नारीशक्ति—मातृशक्ति कमजोर हुने व्यवहार गर्नुहुँदैन । बालविवाहले मूलतः महिलालाई कमजोर बनाउँछ । महिला कमजोर हुनु भनेको हाम्रो समाज, धर्म, संस्कृति कमजोर हुनु हो, भविष्यका सन्तति कमजोर हुनु हो । हुँदै नभएको विषयलाई धर्मका नाममा, संस्कृतिका नाममा अवलम्बन गर्नु स्वयं धर्म, संस्कृतिप्रति नै अन्याय हो । त्यसैले कसैको हित नगर्ने, उल्टै सबैको अहित हुने बालविवाहको परम्परा तोड्नैपर्छ । 
यी सबै आधारमा पनि प्राचीन प्रवन्धलाई, धर्म संस्कृतिलाई देखाएर निर्धारित उमेर नपुगेका किशोर—किशोरी वा बालबालिकाको विवाह गरिदिनु अनुचित नै हुनेछ । अपरिपक्व उमेरमा विवाह हुँदा कमै उमेरमा गर्भधारण हुने, गर्भको सुरक्षा नहुने, बच्चा जन्माउन असहज हुने, जन्मेपछि आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूलता हुनसक्ने, पढाइलेखाइ छुट्ने, भविष्यको योजना नबनेको हुनु वा सोचेको भए पनि चकनाचुर हुने अवस्था हुन्छ । यस्तो हुनु स्वयं ती व्यक्तिहरू, तिनीहरूबाट जन्मने शिशु, परिवार, सिङ्गो समाज, राष्ट्र र मानवजातिकै लागि अहितकर हो । 

—घनश्याम कोइराला, संस्कृति अध्येता तथा अभियन्ता । 


 


प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १५:२७
#धनश्याम काेइराला
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्