Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पश्चिम नवलपरासीको सुनवलमा सार्वजनिक सुनुवाई सम्पन्न: विकास निर्माण र सेवा प्रवाहमा नागरिकको व्यापक चासो 
पश्चिम नवलपरासीको सुनवलमा सार्वजनिक सुनुवाई सम्पन्न: विकास निर्माण र सेवा प्रवाहमा नागरिकको व्यापक चासो 
नेपाली चेली
नेपाली चेली बुधबार, जेठ १०, २०८०

सुनवल नगरपालिकाले बुधवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आ.ब ०७९।०८० मा लक्षित विकास निर्माण र सेवा प्रवाहको अवस्थाबारे जानकारी दिन सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीले सेवा प्रवाह र विकास निर्माणमा व्यापक चासो व्यक्त गरेका छन् । 

सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालको अध्यक्षतामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नगरभित्रका दर्जनौ सेवा ग्राहीले प्रश्न र सुझावहरु राखेका छन् ।  

उनीहरुले नगरपालिकाको खर्चमा मितव्ययिता अपनाउनु पर्ने, महिला हिंसा रोक्न अभियानका साथै सुरक्षित आवाशको व्यवस्था गर्नु पर्ने, महिला उद्यम केन्द्रलाई प्रभावकारी बनाउनु पर्ने, सहकारी क्षेत्रको विकासकालागि सहकारी प्रवद्र्धन कोषको स्थापना गर्नु पर्ने माग राखेका छन् । यस्तै शिक्षा स्वाथ्य र रोजगारकालागि नगरपालिकाले बनाएको रणनीतिक योजना कार्यान्वयमा ल्याउनु पर्ने सुझाव दिएका छन् । १ वडा एक खेलमैदान, डाँकापानीमा रहेको सिमसार क्षेत्रको विकास, नदिजन्य पदार्थको चोरी निकासी रोक्न पालिकाको ठोस योजना के छ भनि प्रश्न गरेका छन् । 
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख बिमला अर्यालले नगरवासीहरुले सोधेका प्रश्नहरुको जवाफ दिनु भएको छ । उहाँले समृद्ध सुनवल निर्माणमा नगरवासीहरुसँग हातेमालो गरेर अगाडि वढ्ने बताउनु भयो । निःशुल्क खानेपानीको व्यवस्थाबारेको प्रश्नमा नगरप्रमुख अर्यालले हाल १२ सय जना नगरवासीले निःशुल्क पानीको सुविधा लिएको वताउनु भयो । उहाँले नागरिकलाई अधिकार सम्पन्न बनाउनु सरकारको दायित्व भएको दावि गर्नु भयो । 

कार्यक्रममा नगर उपप्रमुख सूर्य प्रसाद दुवेले सुनवल नगरपालिकाको विकासमा सवै जनप्रतिनिधिहरुले योजना निर्माण गर्दा सर्वसम्मत हुने गरेको बताउनु भयो । सुनवलको विकासमा नगरप्रमुख र उपप्रमुखको सम्बन्धबारे सेवाग्राहीले सोधेको प्रश्नमा उहाँले प्रमुख र उपप्रमुख बीच कुनै पनि प्रकारको विमती नभएको जिकिर गर्नु भएको छ ।  

Koseli Ghar

कार्यक्रममा सुनवल शिक्षा शाखाका प्रमुख विष्णु प्रसाद गोतामे, वडा नं. १ का अध्यक्ष मनवहादुर थापा, वडा नं. ४ का अध्यक्ष बालकृष्ण पंगेनी, वडा नं. ५ का अध्यक्ष नेत्रलाल शर्मा तिवारी, वडा नं. ११ का वडाअध्यक्ष कमल प्रसाद चुवाई, वडा नं. १२ का अध्यक्ष चुरामणी पौडेल, नगरकार्यपालिका सदस्य सिता तिमिल्सीना लगायतले सेवा ग्राहीबाट आएका प्रश्नको जवाफ दिनु भएको थियो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले चालु आ.ब.२०७९।०८०मा भए गरेका कार्यप्रगति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न वित्तिय संस्था, सामुदायिक वन, सहकारी, उपभोक्ता समितिका पदाधिकारी, आमासमूहका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । 

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण र व्यवस्थापन सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जबाट भएको थियो भने कार्यक्रमको सहजिकरण प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नु भएको थियो । कार्यक्रमको सामुदायिक रेडियो परासीबाट प्रत्यक्ष प्रसारण समेत गरिएको छ । 

Diraj Treders


प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:२०
#सुनवल सार्वजनिक सुनुवाइ
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्