Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सरावलमा ‘‘नमुना युवा गाउँसभा’’ सम्पन्न 
सरावलमा ‘‘नमुना युवा गाउँसभा’’ सम्पन्न 
नेपाली चेली
नेपाली चेली बुधबार, पुस १३, २०७९

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ‘‘ सरावल नमुना युवा गाउँसभा’’  सम्पन्न भएको छ । न्यायिक सरोकार संस्थाका अध्यक्ष मोहम्मद ईजहार शेषको अध्यक्षता तथा सरावलगाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा चार दिनसम्म सञ्चालनभएको नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

 संसदीय प्रक्रिया अनुसार सञ्चालन भएको नमुनागाउँसभा अभ्यास कार्यक्रममा सात वटै वडाबाट ५८ जना युवाहरुको सहभागिता रहेको थियो ।

उक्त नमुना गाउँसभा सञ्चालन गर्नका लागि वडा तहका नमुना जनप्रतिनिधि  र नमुना कर्यापालिका सदस्य सहमतीबाट चयन गरिएकोथियो भने गाउँपालिका नमुना अध्यक्ष र उपाध्यक्ष मतदान प्रक्रियाद्धारा निर्वाचित गरिएकोहो । नमुना अध्यक्षमा तबारक धुनिया र उपाध्यक्षमा सन्ध्या यादव निर्वाचित भएकी हुन् । निर्वाचितनमुना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ समेत गराईएको थियो ।

सोमबार नमुना गाउँसभाका सदस्यहरुले आवश्यकप्रक्रिया अवलम्बन गरी नमुना गाउँसभा समेत प्रदर्शन गरेका थिए । सो क्रममा नमुनाअध्यक्षले नमुना नीति तथा कार्यक्रम प्रस्तुत, नमुना उपाध्यक्षले बजेट वकतब्य, विधायनसमितिका संयोजक संदिप बि.क.ले बाल अधिकार संरक्षण तथा बाल विवाह नियन्त्रण सम्बन्धीस्थानीय नमुना विधेयक प्रस्तुत गर्नु भएको थियो । ति दस्ताबेजहरु संसदीय प्रक्रियाअनुसार सभामा प्रस्तुत, दफावार छलफल, छलफलका क्रममा सभाका सदस्यहरुले उठाएका प्रश्नकोजवाफ दिने , निर्णयार्थ प्रस्तुत र मतविभाजन समेत गरी पारित गरिएको थियो ।

नमुनागाउँसभा सञ्चालनका लागी सहभागी प्रशिक्षार्थीहरुलाई संघ, प्रदेश र स्थानीय सरकारकोसंरचना र यसको बनौट प्रक्रिया बारे प्रशिक्षित गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया रगाउँसभा सञ्चालनको प्रक्रियालाई प्राथमिकता दिई नमुना गाउँसभाको प्रशिक्षण तथाअभ्यास कार्यक्रम गरिएको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारीदिनुभयो ।

युवाहरुलाई सामाजिक तथा राजनीतिक चेतना वृद्धि गर्न आफुले सक्दो सहयोगगर्ने आश्वासन समेत दिनुभयो । सरावल गाउँपालिकाका उपाध्यक्ष बासमति हरिजनले आफुहरुविगतमा यस्तो कार्यक्रममा सहभागी हुन नपाएकाले अहिलेका युवाहरु यस अर्थमा भाग्यमानीरहेको बताउनु भयो । यसले भविष्यमा वास्तवीक जनप्रतिनिधि भएर आउन युवाहरुलाई प्रेरितगर्न समेत सहयोग गर्ने धारणा राख्नुभयो । नमुना गाउँसभा सञ्चालन भएको पूर्णदृष्यलाई दर्शकको रुपमा हेरेपछि समापन कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत दुर्गा पौडेलले यो नमुना युवा गाउँसभा अभ्यास अत्यन्त उपलब्धीमुलक भएकोधारणा राख्नुभयो । विविध कारणले यस्तो अभ्यास वास्तवीक गाउँसभामा समेत अवलम्बन गर्ननसक्ने अवस्था रहेको समेत वहाँले बताउनु भयो । 

सरावल नमुना युवा गाउँसभाको प्रशिक्षण रअभ्यासको अवधीमा नेपालमा संघीयताको अवधारणा र अभ्यास, संघीय संसद बनौट र यसकोनिर्वाचन, प्रदेशको संरचना र निर्वाचन, स्थानीय तहको निर्वाचन, कार्यपालिका निर्वाचन,गाउँसभा सञ्चालनका कार्यविधि लगायतका बारेमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षार्थीहरुलाईस्थानीय तहको नमुना संसद सञ्चालन बारे नेपाल सरकारबाट प्रशिक्षक प्रशिक्षण तालिम लिएकार स्नातक तहमा कानुन अध्ययनरत मोहम्मद ईजहार शेष, रञ्जीत शर्मा सुजन अधिकारी, मनिषखनाल, रविन भुर्तेल र सन्दीप यादवले प्रशिक्षण प्रदान गरेका थिए । सरावल गाउँपालिकाले सञ्चालन गरेको नमुना गाउँसभा अभ्यास स्थानीय तहको नमुनासंसद हो । युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले यस प्रकारको नमुना युवा संसदअभ्यास गर्ने गरिन्छ । युवा संसद्को अभ्यास सबैभन्दा पहिले सन् १९६३ मा अष्ट्रेलियामासञ्चालन गरिएको थियो ।

नेपालमा नमुना युवा संसद्को अभ्यास गैर–सरकारी संथाहरुलेसन् २००४ बाट सुरू गरेको पाइन्छ । विभिन्न समयमा बालअधिकार लगाएतका वभिन्न मुद्दालाईउठाएर संघ तथा प्रदेश तहको नमुना युवा संसद्को अभ्यास हुने गरेका छन् । सरकारीस्तरबाट नेपालमा राष्ट्रिय युवा परिषदले वि.स.२०७५ सालबाट नमुना युवा संसदअभ्यासको कार्यक्रम सुरुवात गरी प्रत्येक बर्ष यो अभ्यास स्थानिय, प्रदेश र संघिय तिनैतहमा सञ्चान गर्दै आएको छ भने यसका प्रभावकारितालाई महत्व दिदै स्थानीय तहले पनिआफै यो प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने गरेका छन् ।  

 


प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १२:४७
#सरावल गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्