Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नक्कली भुटानी शरणार्थी अपराधका १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
नक्कली भुटानी शरणार्थी अपराधका १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
नेपाली चेली
नेपाली चेली शुक्रबार, असार १, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइएको हो । यो मुद्दामा १२ जना भने अझै फरार छन् 

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा बहालवाला सचिव (निलम्बित) सहित १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउनेगरी आदेश दिएको हो ।

 

 

यो आदेशसँगै पक्राउ परेका १६ अभियुक्तहरू अब न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् भने यो कसुरमा अरू १२ जना फरार छन् ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । २०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए ।

 

 

रायमाझी, खाण, पाण्डे, राई र रिजालसहित गिरोहका नाइके दुलाल, भण्डारी‚ गुरुङ‚ कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका नरेन्द्र केसी र गोविन्द चौधरी अनुसन्धानकै क्रममा पक्राउ परेका थिए ।

प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि प्रतिवादीमध्येका थप २ जना लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए । महर्जनद्वय दम्पती हुन् ।

पक्राउ परेका १६ र थप १७ जनालाई फरार सूचीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ८ मा राज्यविरुद्ध अपराधसहितका ३ कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसको २ दिनपछि जेठ १० मा सरकारी वकिल कार्यालयले प्रहरीले दिएको रायबाहेक किर्तेको थप दफा लगाएर ३० जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

प्रहरीले प्रतिवादी बनाएका ३ जनाको विस्तृत हुलिया नखुलेका कारण उनीहरू प्रतिवादीको सूचीमा समेटिएनन् । उनीहरूलाई पछि कसुर खुलेबमोजिम हुने गरी बाँकीको हकमा चारवटा कसुरमा २८ करोड ८१ लाख रुपैयाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो । मुद्दा दायर भएको २ दिनपछि जेठ १२ बाट अदालतले अभियुक्तहरूसँग थुनछेक बहसअघिको बयान लिएको थियो । जेठ १९ मा टुंग्याएकोमा त्यसको दुई दिनपछि २१ गतेबाट थुनछेक बहसका लागि इजलास बसेको थियो । त्यसको भोलिपल्ट २२ गतेबाट ३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेकामा भोलिपल्टदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका कानुन व्यवसायीहरूको बहस बिहीबार टुंगिएको थियो ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्त अच्युतमणि न्यौपानेसहितका सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।

सम्बन्धित समाचार

  • अमेरिकी सपना देखाएर गिरोहले उडायो पैसा
  • पैसा असुल्ने शक्तिशालीलाई कानुनी फन्दा
  • तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
  • नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ
  • भुटानी शरणार्थी बनाउने धन्दामा सुरक्षाविद् राई पक्राउ
  • मुद्दा कमजोर बनाउने खेलमा प्रहरी
  • अमेरिका उडाउने भन्दै ८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा ‘राजनीतिक संलग्नता’
  • भुटानी शरणार्थी सूचीका ४२९ जना पनि सन्देहमा
  • नक्कली शरणार्थी बनाउने गिरोहमाथिको अनुसन्धान रोकिन्न : गृहसचिव
  • नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहका अर्का नाइके राई समातिए
  • अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली
  • नक्कली शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका नाइके दुलालसहित ३ पक्राउ
  • भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै करोडौं असुली
  • नेपालीलाई 'भुटानी शरणार्थी' बनाउने खेल
  • अनुसन्धान सामसुम पार्न शीर्षहरूको दौडधुप
  • गृहको फाइल झिकेर गिरोहको फाइल
  • छायाशक्तिमाथि अनुसन्धान छायामा
  • राज्यविरुद्धको अपराधका दफा पनि आकर्षित
  • लज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदा
  • #kantipur


प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्