Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नवलपरासीको बुद्धशान्ति साझेदारी वनको साधारण सभा सम्पन्न, शनिवार आजै नयाँ नेतृत्व चयन हुने
नवलपरासीको बुद्धशान्ति साझेदारी वनको साधारण सभा सम्पन्न, शनिवार आजै नयाँ नेतृत्व चयन हुने
मेघराज गौतम
मेघराज गौतम शनिबार, असार ३०, २०८०

नवलपरासीको बुद्धशान्ति साझेदारी वन व्यवस्थापन समूहको साधारण सभा शनिवार परासीमा सम्पन्न भएको छ । रामग्राम नगरपालिका वडा नं. १८ मा मूख्य कार्यालय राखेर संचालन भएको समूहले आज साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका कार्यवाहक संयोजक चन्द्रमणी चौधरीको अध्यक्षता र प्रतिनिधि सभा सदस्य एवं पूर्व कानून, न्याय तथा संसदीय मन्त्री धु्रववहादुर प्रधानको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको हो । सो अवसरमा बोल्दै पूर्व मन्त्रि प्रधानले “नवलपरासी जिल्लाको विकासकालागि जो जहाँ छ, त्यहीबाट कुशलतापूर्वक कामको शुरुवात गरौ, मिलेर काम गरौ विकास सम्भव छ” भन्नु भयो । उहाँले बुद्धशान्ति साझेदारी वन व्यवस्थापन समूहलाई नै इंकित गर्दै वन समुहबाटै राम्रो कामको थालनी गर्न आग्रह गर्नु भयो ।

सो अवसरमा कार्यवाहक संयोजक चौधरीले संस्थाको कार्यप्रगति विवरण साधारण सभामा प्रस्तुत गर्नु भएको थियो भने सदस्य विरेन्द्र प्रसाद चौधरीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नु भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल, लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले शुभकामना व्यक्त गर्दै साझेदारी वन व्यवस्थापापनमा तीनै तहको सरकारको जिम्मेवारी रहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, डिभिजन वन कार्यालयका प्रमुख महेन्द्र वाग्लेले डिभिजन वन कार्यालय, साझेदारी वन समूह र स्थानीय सरकारको सहकार्यमा वन क्षेत्रको विकासमा थुप्रै काम गर्न सकिने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक जिल्ला सभापती विक्रम यादव, नेकपा एमालेका कार्यवाहक अध्यक्ष डोलराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सन्तोष पाण्डे, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, लोकतान्त्रीक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी, जनमत पार्टीका बाल गोविन्द चौधरी, नेपाल समाजवादी पाटीका अध्यक्ष चन्द्रभुषण पाठक, खानेपानी तथा सरसफाई लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरे लगायतले साझेदारी वनको साधारण सभामा शुभकामना व्यक्त गर्नु भएको छ ।

बुद्धशान्ति साझेदारी वनले जिल्लाको तीन वटा पालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । सुनवल र रामग्राम नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिकालाई कार्यक्षेत्र बनाएको छ । जसअन्तर्गत सुनवलका ३ वटा वडा, रामग्रामका ७ वटा वडा र पाल्हीनन्दनका ३ वटा वडाका १ हजार २ सय घरधुरीका झण्डै ७० हजार जनसंख्यामा वन समूहले सेवा प्रदान गर्दै आएको छ ।
यसैबीच शनिवार आजै वन समूहको नयाँ नेतृत्वकालागि निर्वाचन हुने निर्वाचन समितिका सदस्य अमजद अलि अन्सारीले जानकारी दिनु भयो ।


प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १४:१२
#वन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्