Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • बर्दघाट खानेपानीको २२ बर्षे यात्राः एक घर एक धारा पुरा गरी पूर्ण सरसफाई क्षेत्र अभियान अगाडि बढाउँदै
बर्दघाट खानेपानीको २२ बर्षे यात्राः एक घर एक धारा पुरा गरी पूर्ण सरसफाई क्षेत्र अभियान अगाडि बढाउँदै
नेपाली चेली
नेपाली चेली मंगलबार, साउन ९, २०८०

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विगत २२ वर्षदेखि नगरको वडा नम्बर ४ का जनतालाई शुद्ध पिउनेपानी उपलब्ध गराउँदै आएको संस्था हो । २०५५ सालमा स्थापित संस्थाले पहिलो चरणमा ५० वटा सामुदायिक धाराबाट बिहान र बेलुका गरी दैनिक ४ घण्टामात्र पिउने पानी उपलब्ध गराउँदै आफ्नो सेवाको सुरुवात गरेको थियो । २ वटा जँगल मुहान श्रोतबाट २ लाख ५० हजार लिटरको टँकीमा पानी सँचित गरी पानी वितरण सुरुवात गरेको संस्थाले २०६६ सालमा साना शहरी खानेपानी परियोजना सम्पन्न गरेसँगै वडा नम्बर ४ का जनतालाई यथेष्ट पानी उपलब्ध गराउन सुरु गरेको थियो ।

साना शहरी आयोजना सम्पन्न भएपश्चात संस्थाले २४ सै घण्टा पिउने पानी उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय आयोजना क्षेत्रकै बाढिपिडित क्षेत्रमा थप आयोजना समेत सम्पन्न गरेपछि संस्थाले अहिले २ वटा जंगल मुहान श्रोत, ५ वटा डिपवेल, २ वटा ओभरहेड टंकी, १ वटा रिजर्ववायर टंकी र करिव ९२ किलोमिटर पाइपलाईन मार्फत करिव ४ हजार १ सय घरधुरीका १८ हजार बढि जनसंख्या बर्दघाट खानेपानी संस्थाकै नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसारको पानीमा निर्भर छन ।

बर्दघाट खानेपानी संस्थाले शुद्ध पिउने पानी वितरणलाई प्रमुख प्राथमिकतामा राखेर सरसफाईको क्षेत्रलाई समेत सँगसँगै हिंडाएको छ । आयोजना क्षेत्रभित्रका २२ वटा टोलमा खानेपानी र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गर्ने, सरसफाईको महत्वको बारेमा जागरण गराउनेसँगै संस्थाकै अभिन्न अंगको रुपमा रहेको खानेपानी सुरक्षा योजना टोलीलाई परिचालन गरी टोलको सरसफाईमा समेत हातेमालो गदैै अघि बढेको छ । संस्थाले सरसफाईको लागि आवश्यक औजारहरु प्रदान गरेर आयोजना क्षेत्रभित्रको सरसफाईमा समेत योगदान पु¥याएको छ । संस्था मार्गदर्शक हुने र स्थानिय जनता स्वंयलाई सरसफाईको बारेमा सचेत गराउन सकियो भने मात्र सरसफाईको पाटोमा सफलता पाउन सकिन्छ भन्ने ध्येय संस्थाको रहेकोले सचेतनाका काममा विशेष पहलकदमी गरेको छ ।

शुद्ध पिउने पानी हरेक नागरिकको नैसर्गिक अधिकार हो । स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले खानेपानी आयोजनाहरुलाई सफल बनाइ हरेक नागरिकको पहुँचमा शुद्ध पिउनेपानी पु¥याउने कर्तब्य पनि हो । सँस्थाले पानीको गुणस्तरियता कायम राख्नको लागि नियमित प्रयोगशाला परिक्षण गरी पानीको गुणस्तरलाई जनस्तरसम्म पु¥याएको छ जसले गर्दा उपभोक्तामा विश्वासको वातावरण सिर्जना गरेको छ ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको पिउने पानीको गुणस्तरको बारेमा स्वयं उपभोक्तालाई ‘उपभोक्ता सन्तुष्टि पहिचान फारम’ भराइ उपभोक्ताकै प्रतिक्रियाको आधारमा गुणस्तरियता कायम राख्दै संस्था अघि बढिरहेको छ । संस्थाले वितरण गरेको पानी ९९ प्रतिशत उपभोक्ताले राम्रो रहेको प्रतिक्रिया दिएका छन । सिधै धाराबाट ७२ प्रतिशत, उमालेर १६.८ प्रतिशत, अन्य प्रविधिबाट ११.२ प्रतिशत उपभोक्ताले पानी उपभोग गरेका छन ।  

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको पिउने पानीको गुणस्तरको बारेमा स्वयं उपभोक्तालाई ‘उपभोक्ता सन्तुष्टि पहिचान फारम’ भराइ उपभोक्ताकै प्रतिक्रियाको आधारमा गुणस्तरियता कायम राख्दै संस्था अघि बढिरहेको छ ।

नेपाल सरकारले २०३० सम्ममा सबैलाई आधारभूत शुद्ध पानी उपलब्ध गराउने लक्ष्य लिएको छ तर बर्दघाट खानेपानीले आफ्नो आयोजना क्षेत्रभित्र सबै घरमा धारा जडान गर्ने लक्ष्य पुरा गरिसकेको छ । संस्थाले २०७९ चैत्र २५ गते एक घर एक धारा को लक्ष्य पुरा गरेको संस्था अव आयोजना क्षेत्र पूर्ण सरसफाई क्षेत्र अभियानमा अघि बढेको छ ।
संस्थाले १८ विपन्न परिवारलाई निशुल्क खानेपानी जडान गरेको छ । वडा नम्बर ४ र नगरपालिकाको सहयोगमा ४८ विपन्न र अशक्त परिवारलाई सहुलियतमा धारा जडान गरेको छ । न्युन आयश्रोत भएकाहरुलाई किस्तावन्दि सेवामा धारा जडान गरेको छ । यस क्षेत्र भित्र रहेका ३ सामुदायिक विद्यालय, १ क्याम्पस एवं हरियालीपार्कहरुलाई ५० प्रतिशत महशुलमा छुट समेत गरेको छ । नगरभित्र रहेका सबै खानेपानी संस्थाहरुको पानी निशुल्क जाँचको ब्यवस्था समेत मिलाएको छ ।

पृथ्वीको तीन भागमध्ये २ भाग पानीले ओगटेको छ । उपलब्ध पानीमध्ये ९७ प्रतिशत पानी पिउन योग्य मानिदैन । ३ प्रतिशत पानी मात्र पिउन योग्य मानिन्छ । यस संस्थाले वितरण गरेको पानी अटोमेटिक डोजिङ्ग सिस्टम अनुसार क्लोरिनेशन गरिएको छ । खानेपानी शुद्धता र गुणस्तर प्रमाणित गर्न यसै संस्थाको आफ्नै प्रयोगशाला छ जसबाट उपभोक्ताको घरबाट पानी संकलन गरि परिक्षण गरिएको छ ।

खानेपानी र सरसफाई सबैका लागि सधैका लागि भन्ने महाअभियानमा हामी छौँ । नेपालको सँविधानमा ब्यवस्था भए बमोजिम खानेपानीलाई मौलिक हकको रुपमा ब्यवस्था गरेको छ । तसर्थ शुद्ध गुणस्तर खानेपानी उपलब्ध गराउने दायित्व खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुको हो यसमा सरोकारवाला निकायको पनि उत्तिकै भूमिका रहन्छ तसर्थ आऔँ यो अभियानमा हातेमालो गरौँ ।

अध्यक्ष, दिपक लम्साल, बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १३:३५
#बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान 
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान  शनिबार, वैशाख १२, २०८३
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी 
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी  बुधबार, वैशाख ९, २०८३
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण बिहीबार, जेठ २२, २०८२
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो 
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो  बिहीबार, असार २०, २०८१
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने शनिबार, असार १, २०८१
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या बुधबार, जेठ ९, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्