Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एक वर्षमा ३४ हजारभन्दा बढी महिलाले सेवा लिए
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एक वर्षमा ३४ हजारभन्दा बढी महिलाले सेवा लिए
नेपाली चेली
नेपाली चेली बिहीबार, भदौ २१, २०८०

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट एक वर्षमा ३४ हजारभन्दा बढी महिलाले सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७९-८० मा प्रसूतितर्फ २६ हजार ९ सय ४७ र स्त्री रोगतर्फ ५ हजार ४६ जनाले सेवा लिएको अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले जनाए । त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ २ हजार १ सय ९२ र मातृ सघन उपचारतर्फ ४ सय ८३ ले सेवा लिएका छन् । बहिरंग सेवातर्फ १ लाख ८० हजार ८ सय ९० जना महिलाले सेवा लिएको अधिकारीले बताए ।

प्रसूतितर्फ भर्ना भएका २६ हजार ९४७  मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति भएको थियो । जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको थियो । जसमा ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात् सिजरियन सेक्सनबाट डेलिभरी गराएको उनले बताए ।

यस्तै, स्त्री रोग गाईनोकोलोजी शल्यक्रिया तर्फ ०७९-८० मा २ हजार ९४६ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दुरविन प्रविधि र २ हजार ७२३ जनाको चिरफार प्रविधि बाट शल्यक्रिया गरिएको उनले बताए ।

आईभीएफ सेवा 
नेपालमा सरकारी अस्पतालमध्ये प्रसूति तथा स्त्री रोग अस्पतालमा ०६८ सालमा   पहिलो आईभीएफ सेवा सुरु भएको थियो । ०७२ सालको भूकम्पपछि स्थगन गरिएको यो सेवा ०७८÷०७९ देखि स्तरोन्नति गरी पुनः नियमित रुपमा सञ्चालनमा ल्याएको अधिकारीले जानकारी दिए ।

हालसम्म ३८ जनाले आईभीएफ प्रविधिबाट सेवा लिएको उनको भनाइ छ । गत आर्थिक वर्ष जम्मा ८ हजार ३०९ जनाले निसन्तान सम्बन्धी ओपीडीबाट सेवा लिएका थिए । जसमध्ये २५४ जना महिलाले आईयूआई सेवा र २७ जना निसन्तानले आईभीएफ सेवा लिएको डा. अधिकारीले बताए ।

यस्तै, स्त्री रोग उपचार गराउन आउने गरिब, विपन्न तथा असहाय महिलाको उपचारका लागि अस्पतालमा स्थापित सामाजिक सुरक्षा इकाई (एसएसयु) बाट सेवा दिएको निर्देशक अधिकारीले बताए ।  उनले आर्थिक अभावका कारण गत आर्थिक वर्षमा १ हजार ११५ जना महिलाले सेवा लिएको जानकारीसमेत दिए ।

यस्तै, राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क हवाइ उद्धार सेवामार्फत गत वर्ष ३९ जना महिलाको उपचार गरिएको थियो ।

कतिले गरे सुरक्षिग गर्भपतन ?
लैंगिक हिंसाबाट पीडित महिलाहरूको लागि अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओ.सी.एम.सी.) बाट गत आर्थिक वर्ष ४०३ जनाले सेवा लिएका छन् । ओसीएमसीबाट विभिन्न लैंगिक तथा यौन हिंसाबाट पीडित महिलाले सेवा लिएको उनले बताए ।

यस्तै, गत आर्थिक वर्ष १ हजार ७७९  जना महिलाले यो अस्पतालबाट निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

प्रसूति अस्पतालमा पूर्ण स्तनपान नीति लागु गरी बट्टाको दुध पूर्णतः निषेधित छ । ‘ह्युमन मिल्क बैंक’ अर्थात् अमृत कोषले दाता आमाहरुबाट संकलन गरेको दुधलाई संक्रमणमुुक्त गरी ६ महिनासम्म भण्डारण गर्न सकिने भएकाले आवश्यकता अनुसार आमाको दुधबाट वञ्चित शिशुहरूलाई दिइने उनले बताए ।

विगत तीन महिनामा सुधार गरिएका कार्य
प्रसूति गृहमा निर्देशकका रुपमा डा. अधिकारी आएपछि गरिब विपन्न महिलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा प्रसूति अस्पतालमा जनरलतर्फका ४५० शय्या निःशुल्क गरिएको छ । अधिकारीका अनुसार १० बेड एनआईसीयूमा थप गरी २० बेड सञ्चालन गरिएको छ । यस्तै अस्पतालमा अनलाइन टिकट सेवा सुरुवातसमेत गरिएको छ ।

अस्पतालको मुख्य फार्मेसीमा औषधि उपलब्ध गराउन काउण्टर थप गरिएको उनले बताए । महिला स्वास्थ्य सम्बन्धी प्रसूति गृह केन्द्रीय विशिष्टीकृत अस्पतालका रुपमा स्वीकृत शय्या संख्या ४१५ भए पनि बिरामीको चापलाई मध्यनजर गरी ४८९ शय्या सञ्चालन गरिरहेको निर्देशक डा. अधिकारीको जिकीर छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्