Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बिश्व दृष्टि दिवस: कार्यस्थलमा आँखालाई माया गरौं
बिश्व दृष्टि दिवस: कार्यस्थलमा आँखालाई माया गरौं
नेपाली चेली
नेपाली चेली बिहीबार, असोज २५, २०८०

galaxy parasi

वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनेर हामीले बुझेकै छौ । यसै अनुसार आफ्नो स्वास्थ्य अनि जीवनशैली पनि दीर्घ दृष्टिका हेतुले अगाडि बढाउनु पर्ने छ । दृष्टि अनि त्यसको उपचार आजको बिश्वकको लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरुको बारे जनजागरण फैलाउने, पैरवी गर्ने, नेत्रदान जस्ता महान अनि पुन्यदानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले बिश्वदृष्टि दिवश मनाइन्छ ।

बिश्व दृष्टि दिवस अंग्रेजी अक्टोबर महिनाको दोस्रो बिहिबार मनाउने गरिन्छ । यस दिवसको इतिहासलाई हेर्दा यो दिवसलाई शुरुमा लायन्स क्लब इन्टरनेसनल साईट फस्ट (LCIFS) ले आँखा स्वास्थ्यलाई बिशेष महत्वदिने उदेश्यले सन २००० मा मनाउन शुरु गरेको हो । पछि यसको दायित्व इन्टरनेशनल एजेन्सी फर प्रिभेन्सन अफ ब्याइ्डनेस  (IAPB) ले वल्र्ड हेल्थ ओरगानाईजेसन (WHO) संग समन्वय गरी  नियमित रुपमा बिशेष महत्वका साथ मनाउँदै आईरहेको छ । यसरी यसको करिव दुई दशक लामो इतिहास रहेको छ ।

बिश्व दृष्टि दिवसलाई बिभिन्न बर्षमा बिभिन्न नारा दिंदै मनाउँदै आईरहेको र सन २०३० सम्म सबैको पहुँचमा आँखा उपचार सेवा पुर्याउने मुल उदेश्यका साथ यो दिवसले प्राथामिकता पाएको छ । यसै सन्दर्भमा १७ वटा दिगो बिकासको लक्ष्य (Sustainable Development Goal) मध्ये ८ वटा मा आँखा स्वास्थ्य सम्बन्धमा महत्व राखेको छ । जसलाई सरकारले महत्व दिनुपर्ने बाध्यता रहन्छ । जुन एउटा महत्वपूर्ण उपलब्धी हो । 

१. गरीबीको अन्त्य
समुदायमा दृष्टि विहिनताले गर्दागरीबी बढाउँछ । ९०% आँखा नदेख्नेहरू निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्छन् । त्यस मध्ये पनि गरीब र अति गरीबहरूअझै पछि परेका छन् । 

२. सुुन्य भोकमरी
आँखा स्वास्थ्य राम्रो भएमा पारिवारिकआम्दानी वृद्धिमा मद्दत गर्दछ जसबाटभोकमरी घटदछ । 
निःशुल्क उच्च गुणस्तरीय मोतिबिन्दुको अपरेशनलेपरिवारको आम्दानी बढाउन सक्छ ।

३. आरोग्यता तथा सम्पूर्ण स्वस्थता
आँखा स्वास्थ्यले मानसिक स्वास्थ्यतथा सम्पूर्ण स्वस्थता एवं आरोग्यताको सुनिश्चितता गर्दछ आँखा स्वास्थ्य राम्रो नहुनाले २.६ गुणा सम्ममृत्यू दर बढ्न सक्छ । 

४. गुणस्तरीय शिक्षा
आँखा स्वास्थ्यले विद्यालय भर्ना,शिक्षा प्राप्ती र सिकाइमा सकारात्मक असर पार्दछ । निम्न र मध्यम आय भएका देशहरुमा दृष्टि कम भएका बालबालिकाहरूऔपचारिक शिक्षामा पुग्ने सम्भावना  २ देखि ५ गुणा कम रहन्छ ।चश्माले कक्षामा अनुतीर्ण हुने संख्यामा ४४% कमी ल्याउँदछ ।

५. लैङ्गिक समानता
महिला तथा केटीहरूमा दृष्टिको समस्या ज्यादा भएको र आँखा स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित भएको देखिएको छ ।समग्रमा हेर्दा पुरुषको दाँजोमा महिलाहरूमा १२% ले न्युन दृष्टि हुने सम्भावना  बढी देखिन्छ । 

६. नवदित काम तथाआर्थिक वृद्धि
राम्रो आँखा स्वास्थ्य र दृष्टिले समावेशी आर्थिक वृद्धि, रोजगारी र जीवन स्तरलाई प्रवर्धन गर्दछ । चश्माको प्रयोगले उत्पादकत्वमा २२% ले बढोत्तरी गराउछ। मोतिबिन्दुको शल्यकृयाले घरपरिवारको खर्चमा ८८% ले बढोत्तरी गर्न सक्छ । 

७. न्यून असमानता
आँखा स्वास्थ्य राम्रो नहुँदा असमानता बढछ ।महिला,बृद्धबृद्धा फरक क्षमता भएका, जनजाती, आप्रवाशी र बसाइ सराई भई आउनेहरू ज्यादा प्रभावित भएका हुन्छन ।दृष्टि कम भएका व्यक्तिहरू मध्ये ७३५ ब्यक्तीहरु ५० वर्ष भन्दा माथी उमेरका हुन्छन् । 

८.सडक दुर्घटना
सडक दुर्घटनामा हुने मृत्यू र चोटपटकहरू कम गर्नमा आँखा स्वास्थ्यले महत्वपूर्ण भूमिका खेल्दछ । उपचार नगरिएको मोतिबिन्दुका कारण सवारी दुर्घटना निम्त्याउने सम्भावना २५ गुणा वृद्धि गराउंदछ । 

बिश्व दृष्टि दिवस २०२३ को नारा "कार्यस्थलमा आफ्नो आँखालाई माया गर्नु " (love your eyes at work) रहेको छ । बिशेष गरेर कार्यस्थलमा आफ्नो आँखालाई माया गर्नु भनि कामको शिलसिलामा कामदार, कर्मचारी लगायत मालिक बर्गसम्म यो सन्देश पुर्याई काम गर्दा हुने शारीरिक र आँखा सम्बन्धी जोखिम न्यूनिकरण गरी शारीरिक सुरक्षासंगै आँखा सुरक्षालाई समेत महत्व दिन सबैसंग समन्वय गर्ने यसको उदेश्य रहेको छ ।

बिश्वदृष्टि दिवस २०२३ ले निम्न उदेश्यलाई कार्यान्वयन गर्न बिश्वब्यापी रुपमा अनुरोध गरेको छ ।

  • आँखा उपचार सेवा सबैको पहँचमा हुनुपर्ने ।
  • आँखा उपचार सेवा सबैले उपभोग गर्न पाउन पर्ने ।
  • आँखा उपचार  सेवा सबैलाई सुलभ र सस्तो हुनुपर्ने ।
  • आँखा उपचार सेवा सबै ब्यक्तीको लागी सबै ठाँउमा हुनुपर्ने ।

बिश्वमा अहिले १ करोड ३० लाख मानिसहरु आँखाको उपचारको पर्खाईमा रहेको अनुमान छ । जुन आँकडा आफैमा भयानक छ । नेपालमा रहेका आँखा सेवा प्रदायक संस्थाहरु र नेपाल नेत्रज्योति संघले यस दिवसलाई बिशेष रुपमा लिई दिवसका उदेश्य प्रति बिशेष रुपमा सक्रिय रहँदै आएको छ । नेपालमा पनि हाल करिव १ लाख जना उपचारको पर्खाईमा रहेको अनुमान छ । 

नेपाल नेत्रज्योति संघले आफ्ना ४४ जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र १५२ वटा आँखा उपचार केन्द्र मार्फत यस दिवसलाई भब्य रुपमा मनाउँदै छ  । नेपाल नेत्र उपचारको हिसाबले दक्षिण एसियाली क्षेत्रमा एउटा उदाहरणीय देश हो । जसले आँखाको क्षेत्रमा ठुलै उपलब्धी हासिल गरेको छ । यसले सन १९८१ को दृष्टिबिहिनताको आंकडामा २०२० सम्म आईपुग्दा ठुलै दरमा दृष्टि बिहिनता घटाउन सफल भएको छ । साथै नेपालले खस्रे रोग (Trachoma) निर्मुल पार्ने काम गरेको र अन्तर्राष्ट्रिय थुर्पै पुरस्कारहरु प्राप्त गर्न सफल भएको छ ।

आफ्नो आँखाको ख्याल गर्नुहोस अनि आँखा नहुनेलाई माया गर्नुहोस र सदासयता देखाउनुहोस । सबैको जय होस । जय नेत्रज्योति ।

लेखकः नेपाल नेत्र ज्योति संघ, डा‍‍. विनोदनिता कण्डेल आँखा अस्पताल, परासीका व्यवस्थापक हुनुहुन्छ ।

Damkal Sewa


प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:४०
#बिश्व दृष्टि दिवस
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्