Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भैरहवा मेडिकल कलेजमा विद्यार्थी आन्दोलन
भैरहवा मेडिकल कलेजमा विद्यार्थी आन्दोलन
नेपाली चेली
नेपाली चेली शुक्रबार, असोज २६, २०८०
फाइल फोटो

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले उत्पन्न विद्यार्थी आन्दोलन अझै रोकिएको छैन ।

विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनका कारण विद्यार्थीहरुले आफूलाई पाँच दिनदेखि बन्धक बनाएर शौचालय जान र खाना खानसमेत नदिएको आरोप उनको छ । रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्नसमेत नदिएर अमानवीय व्यवहार गरेको पाठकको गुनासो छ ।

डा. पाठकले आफूलाई ट्रयाप गरेर राखेको र पिसाबले च्याप्दासमेत शौचालय जान नदिएको उनको गुनासो छ । उनले कसैले पकेटमा लुकाएर ल्याइदिएको खानेकुरा मात्र खान पाएको भन्दै आफ्नो स्वास्थ्यमा तलमाथि भए विद्यार्थीहरु नै जिम्मेवार हुनुपर्ने तर्क गरेकी छन् । ‘पाँच दिनदेखि एउटै कपडामा छु, पिरियड भएकै कपडामा छु, दिनमा तीनपटक मात्र बाथरुम जान दिएका छन्, कसैले पकेटमा लुकाएर ल्याएको खाएको छु,’ उनले भनिन्, ‘दिउँसोमा मलाई कसैलाई भेट्न दिएका छैनन्, पिसाब पनि च्यापेर बसेको छु, २४ घण्टामा तीनपल्ट मात्र जानुपरेको छ ।’

विद्यार्थीहरुलाई दुई पटक वार्तामा आउन लिखित अनुरोध गर्दा पनि नआएको र अराजकताको पराकाष्ठा देखाएको भन्दै कुनै हालतमा राजीनामा नदिने उनले बताएकी छन् । विद्यार्थीहरुले माफी नमागेसम्म माग सम्बोधन गर्न नसकिने उनको अडान छ । आफू केही गर्छु र गुणस्तर राम्रो बनाउन कोसिस गर्ने आंटिलो मान्छे भएको र राम्रो रिजल्टका लागि कडाइ (टाइट) गर्ने भएकाले व्यक्तिगत इगो सांधेर राजीनामा मागेको पाठकले दाबी गरिन् ।

विद्यार्थीहरु भीड जम्मा गरेर अराजकता गर्नु नसुहाउने भन्दै उनले विद्यार्थीहरुले सीमा नाघ्न लागेको बताइन् । उनले आफू विद्यार्थीको पढाइ र आउँदो काउन्सिलको इन्टर्नसीप को बारेमा चिन्तित भए पनि आफूलाई बन्धक बनाएर काम गर्न नदिएकाले यसको जिम्मेवार विद्यार्थीहरु नै हुने बताएकी छन् ।

विद्यार्थीलाई आन्दोलनमा कुनै राजनीतिक दल वा नेताले गाइड गरेजस्तो हिसाबले विद्यार्थीहरु प्रस्तुत भएको डा. पाठकको आरोप छ । ‘म कुनै हालतमा राजीनामा दिन्न र उनीहरुले सरी नभनेसम्म एड्रेस पनि गर्दिन’-उनले भनिन्, ‘उनीहरुको पढाइ लेखाइ र आउँदै गरेको काउन्सिलको इन्टर्नसिपप्रति मलाई एकदमै चिन्ता छ तर उनीहरुले मलाई काम गर्न दिएका छैनन्, मलाई रिलिज (रिहा) गरेका छैनन् र यसको जिम्मेवारी उनीहरु स्वयंले भोग्नुपर्छ यसमा कुनै शंका छैन ।’

कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग राखेर विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि पाठकले एबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेकी थिइन् । तर यो ड्रेस कोड आफूहरुलाई मान्य नहुने विद्यार्थीहरुको अडान छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रिन्सिपल पाठकलाई बन्धक बनाएर राखिएको सूचना आफूकहाँ आएपछि वार्ताबाट समाधान खोज्न दुवै पक्षलाई सुझाव दिएको र प्रिन्सिपलको मानवअधिकार हनन् नगर्न सचेत गराएको बताए ।


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्