Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • रामग्राम स्तूप भारतले दाबि गर्न थालेपछि नवलपरासीका सरोकारवालाहरुद्वारा आपत्ति
रामग्राम स्तूप रामग्राम स्तूप भारतले दाबि गर्न थालेपछि नवलपरासीका सरोकारवालाहरुद्वारा आपत्ति
नेपाली चेली
नेपाली चेली शुक्रबार, कात्तिक १०, २०८०

परासी, मोहन पौडेल । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप भारतले नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

यस विषयमा तत्काल आवश्यक कदम चाल्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । भारतका अधिकारीहरु र भारतीय सञ्चारमाध्यमहरुले केही दिनदेखि रामग्रामको विषयमा भ्रमपूर्ण प्रचार गरिरहेकोले तत्काल खण्डन गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवारले जानकारी दिनुभयो ।

रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनी गाउँमा अवस्थित छ । भारतले उत्तर प्रदेशको महाराजगञ्ज जिल्लामा रामग्राम रहेको दाबी गरेको छ नेपाल सरकारको प्राथमिकतामा नपर्दा नवलपरासीमा रहेको रामग्राम स्तूप ओझेलमा पर्दै आएको अवस्थामा भारतले आफ्नो भूमिमा रहेको दाबी गर्नु चिन्ताको विषय बनेको अध्यक्ष सैथवारले बताउनुभयो । “विश्व सम्पदा सूचिमा सूचीकृतको प्रक्रियामा रहेको प्राचीन रामग्राम स्तुपको विकास, संरक्षण र प्रचारप्रसारमा सरकारको ध्यान नपुग्दा स्तुप ओझेलमा छ , स्तुपको विकास हुने पर्खाईमा रहैकै बेला पछिल्लो केही समयदेखि मित्र राष्ट्र भारतले नक्कली रामग्राम स्तुप खडा गरि रामग्राम स्तुप भारतीय भूमिमा रहेको प्रचारप्रसार गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,भारत सरकारको यस किसिमको दुष्प्रचारप्रति हाम्रो घोर आपत्ति रहेको छ”, उहाँले भन्नुभयो । रामग्राम स्तु्प, विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ अर्थात बुद्धको परिनिर्वाण पछि राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले चलाउन सकेको छैन । जिल्लाको सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडकको तीन किमि टाढा उजैनी गाउँबाट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने धाँसे थुम्कोे नै रामग्राम स्तुप हो । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नागरिक समाजले भारत सरकारसँग पहल गरि गलत प्रचार रोक्न माग गरेको हो । समाजले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)लाई समेत ध्यानाकर्षण गराउँदै यस विषयमा सम्बन्धीत निकायसँग समन्वय गरि पहल कदम लिन आग्रह गरेको अध्यक्ष सैथवारले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख यादवले लुम्बिनी विकास कोषका पदाधिकारी तथा भारत सरकारको उत्तर प्रदेश महाराजगन्जका अधिकारीहरुसँग आवश्यक समन्वय गर्ने बताउनुभयो ।

रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरु बताउँछन् । सन् १८९९मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डाक्टर डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन् १९६४मा यो नै रामग्राम स्तुप हो भन्ने प्रमाणित भयो । यहाँ जमिनको सतहमा सन् १९९७ तथा १९९९मा भूभौतिक सर्भेक्षण गरिएको थियो । यसबाट यस स्तुपको पूर्व र उत्तरमा चतुष्कोणीय विहारहरुको अवशेष भएको निक्र्यौल गरिएको थियो । पछि पुरातत्व विभागका शुक्रसागर श्रेष्ठले सन् १९९९ तथा २००४को बिचामा उत्खनन् पनि गरे । त्यसबाट यस क्षेत्र मौर्यकाल अर्थात् ईशा पूर्व ३२२ देखि १८५को बिचमा तथा गुप्तकाल अर्थात् ईशाको ३२० देखि ईशाको ५५० को वरिपरी विकसित भएको निष्कर्ष निकालिएको थियो । विश्वभरका बौद्धहरु यहाँ एकमात्र अस्थिधातु मौलिक रुपमा अस्थिधातु भएको पवित्र स्तुप भनेर पूजा आराधना गर्न आउने गरेका छन् । विदेशी तीर्थयात्रीहरु तथा काठमाडौंबाट तीर्थयात्रीहरु यहाँ आएर सामुहिक रुपमा बुद्धपूजा तथा परित्राण पाठ गर्ने गर्दछन् । स्तुपको रुपमा करिब १० फिट अग्लो तथा २३.५ मिटर ब्यास भएको घाँसले ढाकिएको एउटा ढिस्को मात्र देखिन्छ जसको छेउमा एउटा अजंगको रुख उम्रिएको छ । वरिपरी घुम्नलाई काठको फलेकको रयाम्प बनाइएको छ भने पूजा पाठ गर्ने एउटा ठाउँ पनि बनाइएको छ ।

यस बाहेक प्रवेश द्वारको दुबै तिर मेचहरु सहितको सानो बगैंचाहरु बनाइएको छ । दुई जना सुरक्षा गार्डले यस पुरातात्विक क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छन्। लुम्बिनीमा जन्मनुभएको भगवान बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उहाँको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो । बौद्ध ग्रन्थहरुको अनुसार उहाँको महापरिनिर्वाण भएपछि उनको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए । त्यसलाई तत्कालीन मगध, बैशाली, कपिलवस्तु, अलकप्प, कोलीयग्राम, वट्ठदिप, पावा र कुशिनगरका राजाहरुले लगे ।

उनीहरुले भगवानबुद्धप्रतिको श्रद्धाअनुरुप आआफ्नो स्थानमा ती अस्थिधातु लगेर विशाल स्तुप बनाएर बुद्धधर्मलाई निरन्तरता दिए । त्यसमध्ये कोलियग्रामका राजाले त्यस अस्थिधातुलाई राखेर बनाएको स्तुप नै रामग्राम स्तुप हो । पछि इशापूर्व २६८ देखि २३२सम्म शासन गरेका मौर्य सम्राट अशोकले बुद्धधर्मको महत्व बुझी यसलाई सबै देशहरुमा प्रचार गर्ने भनेर ती सबै स्तुपबाट अस्थिधातु निकाली त्यसबाट ८४ हजार स्तुप बनाउन लगाई सम्पूर्ण भारत वर्षमा स्थापना गर्ने योजना बनाए । बौद्ध ग्रन्थहरुमा उल्लेख भए अनुसार सम्राट अशोकका दुतहरुले यहाँ रामग्राममा अस्थि निकाल्न आउँदा यहाँका नागहरुले रक्षा गरेको कारण यहाँको अस्थि सुरक्षित भयो । पछि कालान्तरमा इशाको पाँचौं शताब्दीमा फाहियान र सातौं शताब्दीमा हुयेनसाङ जस्ता यात्रीहरुले यस तीर्थस्थलको भ्रमण गरेको ऐतिहासिक दृष्टान्त पाइन्छन् ।

 

 

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  २१:१६
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
तीजको दरः आडिलो र दरिलो खानेकुरा
तीजको दरः आडिलो र दरिलो खानेकुरा सोमबार, भदौ ९, २०८२
आज कृष्ण जन्माष्टमी: हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे
आज कृष्ण जन्माष्टमी: हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे शनिबार, साउन ३१, २०८२
नवलपरासी सुनवलमा देशकै पहिलो  ‘भजन घर’ स्थापना 
नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना  शनिबार, साउन १७, २०८२
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा  बिहीबार, साउन ८, २०८२
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता शनिबार, जेठ १०, २०८२
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै  
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै   मंगलबार, जेठ ६, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्