Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सरकारसँग छैन कोरोना संक्रमण परीक्षण किट, जोखिम बढ्दो
सरकारसँग छैन कोरोना संक्रमण परीक्षण किट, जोखिम बढ्दो
नेपाली चेली
नेपाली चेली सोमबार, पुस २३, २०८०
फाइल फोटो

विश्वका विभिन्न मुलुकसँगै छिमेकी भारत र चीनमा समेत कोरोना संक्रमण बढिरहेका बेला नेपालमा भने इमर्जेन्सी परीक्षणका लागि समेत पीसीआर र एन्टिजेन किट छैनन् । पछिल्लो समय भारतका विभिन्न क्षेत्रबाट घर फर्किने ९ जना नेपाली र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिले बढ्दो संक्रमणलाई मध्यनजर गरेर सरकारले भारतबाट नेपाल प्रवेश बिन्दुका सम्पूर्ण १४ वटा हेल्थ डेक्समा निगरानी थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सबभेरिएन्ट जेएन.१ नेपालमा पुष्टि भइनसके पनि छिमेकमा संक्रमण फैलिरहेकाले सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।

यस्तो अवस्थामा नेपाल सरकारसँग परीक्षण किटसमेत छैन । टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारमा किट नभएपछि इमर्जेन्सी केसका लागि आवश्यक पर्ने पीसीआर र एन्टिजेन्ट किट खरिद गर्न स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई पत्राचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाले बताए । ‘प्रदेशको आपूर्ति केन्द्रहरूलाई पनि आपत्कालीन अवस्थालाई मध्यनजर गरेर खरिद गर्न अनुरोध गरिसकेका छौं,’ उनले भने ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले इमर्जेन्सी केसका लागि पुग्ने मात्रामा खरिद गर्न छलफल भइसकेको दाबी गरे । ‘खरिद गरेर मात्र पनि हुँदैन । धेरै स्टक भएमा पछि महालेखा नियन्त्रकको कार्यालयले प्रश्न गर्छ,’ उनले भने, ‘एन्टिजेन किटहरू आवश्यक परेमा पालिकाहरूले पनि खरिद गर्न सक्छन् ।’

 

डब्लूएचओले कोरोना संकटकाल अन्त्य भएको घोषणा गरे पनि जोखिम भने रहिरहेको जनाएको र कोरोनाको निरन्तरतालाई ध्यान दिएर सरकार जहिले पनि यस विषयमा गम्भीर हुनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिले रुघाखोकी र ज्वरोको सिजन छ । बेलैमा परीक्षण गर्न पाएमा रोग पत्ता लगाई समाजमा फैलिन सक्ने खतराबाट बचाउन र रोग निदान गर्न सकिन्छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभागले पीसीआर र एन्टिजेन किट २०७७ मा खरिद गरेको थियो । विभागले पछिल्लो समय माग भएबमोजिम स्टकमा रहेको ५ हजार पीसीआर किट नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, हेटौंडा अस्पताल, मकवानपुर, प्रादेशिक अस्पताल, सिराहा र जनकपुरमा पठाएको थियो । विभागका अनुसार किटको म्याद दुई वर्ष हुने गरेको छ ।

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

वैदेशिक रोजगारीमा जाने मजदुरले कोरोना परीक्षण गर्ने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र देशैभरिबाट रेफर गरेर पठाउने केन्द्रीय ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पीसीआर किटको स्टक सकिन लागेको छ । दुवै निकायका अनुसार दुई सातालाई मात्र पुग्ने स्टक छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले स्वास्थ्य सेवा विभागलाई पीसीआर किट अभाव भएको बारेमा मौखिक जानकारी गराइसकेको बताए । ‘अहिले एक सयदेखि डेढ सय जनासम्मलाई परीक्षण गर्न समस्या भएन,’ उनले भने, ‘३/४ हजारको परीक्षण गर्नुपर्‍यो भने सकिँदैन ।’

#kantipur khabar


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्