Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • प्रकृतिका पुजारी थारु र माघी (खिचडी) पर्वको महत्व
प्रकृतिका पुजारी थारु र माघी (खिचडी) पर्वको महत्व
नेपाली चेली
नेपाली चेली सोमबार, माघ १, २०८०

थारुहरु प्रकृति पुजारी हुन्। किन भने थारुहरु परापुर्वकाल देखिनै प्रकृतिलाई पुजा गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। जस्तै वन जंगल , सूर्य ,चन्द्रमा, आकाश, पहाड, माटो, आगो, पानीलाई पुजागर्ने र जंगली जनावरहरु हात्ती, घोडा आदीलाई पुजा गर्दै आएको हुनाले थारुहरुलाई प्रकृति पुजारी भनिएको हो।

थारुहरु गुम्बा बनाएर गुम्बा र ढिस्कालाई पुजा गर्ने र गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। अहिले पनि थारुहरु प्रकृतिलाई नै पुजा गर्दै आएकाछन्। जस्तै कोटही, दहर चंडी , डिउहार , ब्रम्हथान ( डिउहार), सातो वहिनवार, ब्रम्ह , मलङ्ग , महावीर , अस्थुल ,चंडी (डहर चंडी), चमरही, कालिका, ललिता, फुलमती, बाइसी, ओवहीया र सहिजदवा(ललमनवा), सवधिर, करताल, कुवरवर्ती, बघेसरी, विअही, म्कारुबहारु, सपहेरीया, रेघवाभण्डार, टीकधारी, गुन्नी आदि। थारुहरुको विवाह हुदा , बच्चाहरुको जन्म हुदा ईनारलाई पुजा गर्ने गर्दछन्। त्यसतै पहिले थारुहरुलाई कुनै रोग लाग्दा विरामी पर्दा सोखा, गुरुवाहरुलाई बोलाएर झारफुक गरेर उपचार गर्ने गर्दथे अनि आौषधीको रुपमा खानलाई प्रकृतिक जडिबुटीहरु प्रयोग गर्ने गर्दथे।

त्यस कारण प्रकृति माथि विश्वास गरी प्रकृतिलाई नै पुजा गर्ने भएकोले थारुहरु प्रकृति पुजारी हुन्। थारुहरु थेरवादी बुद्धिष्ठ भएको हुनाले थेरवाद बाट थारु भएको हो। थेरवाद भनेको बुद्धको जीवनकाल देखि नै बौद्ध धर्मावलम्विहरुले गौतम बुद्धका सुरुका उपदेशहरुलाई यथावत संरक्षण एवं अनुसरण गरेर त्यहि नै थेरवाद बुद्ध धर्मको रुपमा विकसित हुनगयो। यीनीहरुले पाली भाषामा नै उनका उपदेशहरु संरक्षण गरे। जसलाई थेरवाद वा हिनयानको रुपमा मानियो। यसलाई स्थविरवाद को रुपमा पनि नामाकरण गरियो। यी थेरवाद बौद्धहरुले हेतुवादी र आश्रमिक स्वरुपलाई नबदलि बुद्धका ज्ञानहरु अगाडि बढाए।अर्को कुरा थार बाट थारु भएको हो थार भनेको समतल भूभाग भन्ने बुझिन्छ।

थारु जाती समतल भूभागमा बस्न मन पराउने र समतल भूभागमा बस्दै आईरहेको हुनाले थार बाट थारु भएको हो। त्यस कारण तराईका धरतिपुत्र थारुहरुको नाम थारु राखिएको हो। थारुहरु बौद्धि धर्मावलम्बी हो। किन भने थारुहरु बौद्ध धर्म मान्ने गरेको र बौद्ध धर्म अनुसार कर्मकाण्ड , विवाह इत्यादिमा गर्ने गरेको हुनाले थारुहरु बौद्ध धर्मावलम्बी हुन्। साथै थारुहरु हत्या हिंसा नगर्ने , झुठो नबोल्ने र सत्यमा बिश्वास गर्ने अहिंसाको पुजारी भएको हुनाले थारुहरु बौद्ध धर्मावलम्वी हुन्। गौतम बुद्ध थारुका सन्तान हुन। किन भने थारुहरु थरुहट तराईमा बसोवास गर्ने पहिलो जाति भएको हुनाले र थारु जातीले प्रयोग गर्ने विभिन्न सरसामानहरु , भाडाकुडाहरु र थारु महिलाले प्रयोग गर्ने गरगहनाहरु भगवान गौतम बुद्ध जन्मेको ठाउमा उत्खनन गर्दा भगनावशेषहरु भेटिएको हुनाले बुद्धकालिन युगमा प्रयोग हुने समाग्रीहरु अहिले सम्म थारुहरुको घरमा प्रयोग गरिन्छ। अनि अर्को कुरा गौतम बुद्धको आमाको नाम मायावती भएको हुनाले यो मायावती, कलावती, ईन्द्रावती आदि नाम प्राय थारु जातीहरुमा मात्र हुने भएकोले यी बिभिन्न प्रमाणहरुले प्रमाणीत हुन्छ की थारुहरुको सन्तान गौतम बुद्ध थिए ।

थारुहरु तराईको सुरक्षित र समतल भूभागमा आदिमकाल देखि बस्दै आएका हुनाले थारुहरु लाई आदिवासी भनिने गरिन्छ। थारुहरु यस तराईको समतल भूभागमा बस्न किन मनपराए भने यस तराईमा उनिहरु आफुलाई सुरक्षित महसुस गरे साथै यहां खाना र पानि सजिलै उपलब्ध हुनसक्ने भएको हुनाले यस तराईमा उनिहरु बस्न मनपराए। त्यस बेला यो तराई घना जंगल थियो यहां खतरनाक जंगलि जनावरहरु हुन्थे यहा थुप्रै ताल तलाउ र खोलानालाहरु थिए जसले गर्दा थारुहरु आफ्ना जिउकोपार्जन गर्न खानाको लागि जंगली जनावरहरुको शिकार गर्थे , माछा, गंगटा, घोंङ्गी , र जंगली कन्दमूल आदी खाने गर्दथे । थारुहरु प्रकृतिलाई पुजा गर्दथे जंगललाई पुजा गर्ने, रुखलाई पुजा गर्ने, खोलानालालाई पुजा गर्ने , जंगलि जनावरहरुलाई पुजा गर्ने, माटोलाई पुजा गर्ने, आगोलाई पुजा गर्ने, पानीलाई पुजा गर्ने, हावालाई पुजा गर्ने खाने अन्नलाई पुजा गर्ने आदि प्रकृतिकलाई पुजा गर्ने भएकोले थारुहरुलाई प्रकृति पुजारी भनिन्छ। भगवान गौतम बुद्ध जन्मनु भन्दा पहिला देखि नै थारुहरु यस तराईमा बस्दै आएका थिए उनका पिता कपिलमुनि थिए र उनका माता मायावती थिईन।

कपिलमुनि थारु थिए र उनका माता पनि थारु नै थिईन त्यसकारण भन्न सकिन्छकी गौतम बुद्ध थारुका सन्तान थिए। यस बुद्धकालिन युगमा तराईमा दुईवटा गणराज्यहरु थिए। कोलिया गणराज्य र शाक्य गणराज्य। कोलिया गणराज्यको राजधानी देवदह पंडितपुर थियो। यस गणराज्यको सिमाना पश्चिम रोहिणी नदी , पूर्व नारायणी नदी , उत्तर चुरे पर्वत र दक्षिण तितली बन थियो। भने शाक्य गणराज्यको राजधानी तिलौराकोट थियो। अनि यसको सिमाना पूर्व रोहिणी नदी, पश्चिम राप्ती नदी, उत्तर चुरे पर्वत र दक्षिण प्राबस्ती सम्म थियो। त्यती बेला थारु हरुमा गोदना प्रथा पनि थियो। यो गोदना प्रथा रुपवन्तीहरुले आफ्नो रुप बिगार्न कुरुप बन्नको लागी यो गोदना गोदाउने गर्दथे। केहि बिद्धानहरुको भनाई अनुसार कुनै समयमा आदिवासी थारुहरु माथी मुगल बादशाहले आक्रमण गरेका थिए। र थारु चेलीहरु माथी गलत दृश्टी हेर्ने गरेको हुनाले यो गोदना गोदाएर आफ्नो रुप बिगारी कुरुप बन्थे। थारु जातीको आफ्नो छुट्टै पहिचान बोकेको महान राष्ट्रिय पर्वलाई माघी (माघी संक्रान्ति) खिचडी भन्ने गरिन्छ।

थारुहरुको सबै भन्दा ठूलो पर्व रहेकोले यसलाई थारुहरुले धुमधामका साथ परापूर्वकाल देखि मनाउने गर्दछन्। यस पर्व पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका थारु समुदायले फरक फरक ढंगले मनाउने गरेतापनि बडो महत्व दिएर मनाउने गर्दछन्। यस पर्वलाई थारुहरुले बिभिन्न रुपमा मनाउने गर्दछन्। जस्तै नयाँ वर्षको रुपमा ,उन्मुक्ति दिवसको रुपमा , एकता दिवसको रुपमा , सदभाव र मेलमिलाप को रुपमा तथा खुशियाली मनाई दिदि बहिनि लाई कोशेली उपहार प्रदान गर्ने अदि विविध रुपमा मनाउने चलन छ। साथै माघ १

देखि नयाँ बर्ष थालनी भएको मान्दछन्। यसैले पौष मसान्तमा गत सालको सबै कारोबारको अन्त्य। माघ १ गते देखि नयाँ कारोबारको थालनी गर्ने चलन छ। जस्तै घरधुरीया चयन गर्ने , छारा गर्ने कि नगर्ने , घर फुट्ने कि नफुट्ने , विवाह गर्ने कि नगर्ने ,खेत जोत्ने वा छोड्ने। खेत लगाउन दिने वा नदिने , जग्गा धनि र जोतहाको शर्त बारे छलफल गर्ने ,घरमा काम गर्ने मानिस राख्ने वा नराख्ने , घरको लेनदेन बारे छलफल , साहुमहाजनको संग ब्यवहार गर्ने ,अगामी बर्षको लागी योजना बनाउने , गाउको साम्का कुल्वा,भरवा,बेठबेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने, गाउको साम्का देवी देवता तथा विभिन्न पुजापाठ गर्न भुईह्यार ,गुरुवा(धामि),केसौका,चिरक्या राख्ने ,महतावा,बरघर,भलमन्सा,चौकिदार,कामी,कोहार,लोहार,नाउ राख्ने, जिउका(तिहाई) कसरी दिने र उठाउने सम्बन्धमा(गुरुवा,कसौका,चौकिदार,कामी,कुमहार को लागी), छारा गर्ने कि नगर्ने सम्बन्धमा। यस पर्वको महत्व थारु समाजमा धेरै रहेको छ। जस्तै सामाजिक सहिष्णुता तथा समम्कदारी पूर्ण सम्बन्धको विकास गराउने।सबल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्ने। एकै समयमा नियमित तरिकाले गाँऊ विकासको योजना छलफल प्रणाली बाट निधो गरिने। बिभिन्न देवी बाट बचाउन र सामाजिक परम्परा तथा संस्कार लाई जीवन्त राख्न गुरुवाहरुको ब्यवस्था गर्ने। नयाँ काम कारोबारको थालनी गरि ब्यक्तिगत तथा सामुहिक विकास का पूर्वाधारहरु तयार गर्ने। दाजुभाई तथा दिदिबहिनि बिचको सम्बन्ध प्रगाढ बनाउने।

राधेश्याम चौधरी (थारु) (उहां नवलपरासी जिल्लाको सरावल गाउंपालिकाका पुर्व अध्यक्ष हुनुहुन्छ)

 

 


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १३:४५
#माघी
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्