Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • अनावश्यक औषधिको प्रयोग नगरौँ, सामान्यतया रुघाखोकी आफैँ निको हुन्छ
अनावश्यक औषधिको प्रयोग नगरौँ, सामान्यतया रुघाखोकी आफैँ निको हुन्छ
नेपाली चेली
नेपाली चेली मंगलबार, माघ ९, २०८०
फाइल फोटो

रुघाखोकी जाडो मौसममा बढी हुने गर्छ । जाडो मौसममा नै किन रुघाखोकी धेरै हुन्छ भन्दा यो भाइरसबाट हुने रोग हो । भाइरसबाट हुने रोगहरु त्यो भाइरसलाई कुन तापक्रम मन पर्छ त्यस अनुसार निश्चित मौसममा तिनीहरुको फैलावट हुन्छ । अहिले रुघाखोकी भइरहेको भाइरस श्वासप्रश्वास सम्बन्धी भाइरसहरु हुन् । यसमा २० देखि ४०/५० थरी भाइरसहरु होलान् । जुन अहिले फैलिरहेका हुन्छन् । जसको हामी लेखाजोखा पनि गर्दैनौँ । जस्तो राइनो भाइरस, एडिनो भाइरस, विभिन्न थरी कोरोना भाइरसहरु । त्यसमध्ये हामी अहिले डराइरहेको सार्स कोरोना भाइरस–२ र अरु पुराना कोरोना भाइरसहरु तथा श्वास प्रश्वासको इन्फ्लुइन्जा भाइरस भने अलि कडा हुन्छ । आरएसभी भन्ने अर्को भाइरस छ । यस्ता विभिन्न भाइरसहरु फैलिरहेका छन् । यीमध्ये धेरैजसो भाइरसहरु जाडो महिनामा फैलने गर्छन् । यसकारण यी भाइरसहरुले जाडोमा धेरै रुघाखोकी लगाउँछ ।

कोरोना भाइरस भने जाडो, गर्मी जुनसुकै समयमा पनि हुनसक्छ । तर, अरु नै कारणले रुघाखोकी लागेको मान्छेले हाच्छ्युँ गर्दा, खोक्दा अरु व्यक्तिलाई कोरोना भाइरस सर्न सक्ने र उसले अरुलाई सार्ने सम्भावना पनि बढी हुन्छ । त्यसकारण कोरोना भाइरस जाडोमै सम्बन्धित नभए पनि यो जाडोको बेला फैलन सक्छ । तर, यो जाडो मौसममा यस्ता भाइरस तथा ब्याक्टेरिया जस्ले रुघाखोकी सार्छन तिनीहरु सक्रिय हुने कारणले पनि पनि रुघाखोकी बढी फैलन्छ ।

रुघाखोकी माथिल्लो श्वासप्रश्वास प्रणालीको समस्या

रुघाखोकी भन्नाले कसैलाई खोकी लाग्ला, कसैलाई घाँटी दुख्ला, कसैलाई नाक बन्द होला, कसैलाई टाउको दुख्ने, कसैलाई श्वासप्रश्वासमा समस्या होला, कसैको आवाजमा परिवर्तन आउला तर, यी सबैलाई हामी रुघाखोकी भन्छौँ । सामान्यतया माथिल्लो श्वासप्रश्वास प्रणालीको समस्या हो । रुघाखोकीमा सङ्क्रमण बाहेक एलर्जी पनि हुन्छ । वायु प्रदूषणले हुने श्वासप्रश्वास सम्बन्धी समस्यामा पनि उस्तै लक्षण हुन्छ । धेरैजसोमा ज्वरो आउँदैन । तर, घाँटी दुख्ने, सिँगान आउने, नाक बन्द हुने, खोकी लाग्ने जस्ता लक्षण प्रदूषण तथा अरु एलर्जीको कारणले पनि हुनसक्छ । खासगरी जाडोको बेलामा पानी नपर्ने मौसममा काठमाण्डौमा वायु प्रदूषण बढी हुन्छ । वायु प्रदूषण बढी भएका कारण कति मान्छेलाई रुघाखोकीको लक्षण देखिएको हुनसक्छ ।

रुघाखोकी निको हुन लामो समय लाग्ने भन्ने कुरा चाहिँ अनुमानको आधारमा मात्र भन्नुपर्ने हुन्छ । किनकि अहिले नेपालमा कस्ता भाइरस फैलिएका छन् त्यसको आँकडा छैन । यदि यी यी थरिका भाइरसहरु फैलिरहेका छन् र यो भाइरसको अनुपात यति प्रतिशत छ भन्ने आकडा भएको भए तथ्य पत्ता लाग्थ्यो । निश्चित भाइरसहरुको रिकभरी टाइम अलि बढी हुने हुन्थ्यो र त्यस अनुसार भन्न सकिन्थ्यो ।

युरोप, अमेरिका, दक्षिण पूर्व एसिया तथा भारतको लहर हेर्दा अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ । तर, हामीमा त्यस्तो सही परीक्षण गर्ने विधि नभएका कारण पनि यर्थार्थ कारण पत्ता लगाउन सकिँदैन । हामीकहाँ एन्टीजेन परीक्षणको मात्र व्यवस्था छ । एन्टीजेन परीक्षणमा कोरोना भाइरसको लक्षण शुरु भएको ३/४ दिनसम्म नेगेटिभ हुनसक्छ । अनि एक/दुई दिन पोजिटिभ भएर त्यसपछि फेरि नेगेटिभ भइहाल्छ । सही समयमा एन्टीजेन परीक्षण नगर्दा कोरोना भाइरस भएको मान्छेको पनि एन्टीजेन नेगेटिभ नै आउँछ । त्यस्तै, पीसीआरले अलि लामो समयसम्म पोजिटिभ देखाउँछ । तर, पीसीआर सबैतिर उपलब्ध छैन । अर्को कुरा भनेको हामीकहाँ परीक्षण नै कम हुने कारणले कोरोना भाइरस एकदमै कम पत्ता लगाइरहेका छौँ । 

अस्पतालमा जसरी मान्छेहरु भर्ना भइरहेका छन्, एक्सरेमा जस्तो परिवर्तनहरु देखिन्छ त्यसको आधारमा कोरोना भाइरस हुनुपर्छ भन्ने हामीलाई शङ्का हुन्छ । अनि उपचार पनि त्यसै अनुसार गर्छौँ । यदि समुदायमा कोरोना भाइरस बढी भइरहेको छ भने त्यस्तो मान्छेलाई अलि लामो समय रुघाखोकी लाग्ने, निको हुन पनि बढी समय लाग्ने हुनसक्छ । महामारीको लहर अलि तीव्र भएको बेलामा पनि कति मान्छेलाई ज्वरो त निको भयो । तर, कमजोरी, थकान, रिँगटा लाग्ने, घाँटी दुख्ने, हप्तौँसम्म खोकी लाग्ने भइरहेको पाइयो । कोरोना भाइरसको निको हुने समय अलि बढी हुन्छ । इन्फ्लुएन्जाको पनि निको हुने समय अलि बढी हुन्छ । अलि लामो समयसम्म रुघाखोकी लाग्छ ।

रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा धेरै रुघाखोकी

अर्को चाहिँ रुघाखोकी नै लागिरह्यो भने वा एलर्जीबाट नै भयो भने के हुन्छ भने माथिल्लो श्वासप्रश्वास प्रणालीमा सामान्य रोगहरु लाग्दा रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुन्छ । रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुँदा जीवाणु अर्थात् ब्याक्टेरियाहरुले पनि मौका छोप्छन् । यी ब्याक्टेरियाहरुले झनै सङ्क्रमण थप्ने काम गर्छन् । यस्तोमा ज्वरो, रुघाखोकी लागेर शुरुको चार/पाँच दिन सुधार हुनथाल्ने हुन्छ । तर, नौ/दश दिनपछि फेरि ज्वरो आउन थाल्ने, खोकी बढ्ने, सिँगान आउने, टाउको दुख्ने हुन्छ । त्यो भनेको ब्याक्टेरियाको सङ्क्रमणले पिनास हुने, निमोनिया भएर दोस्रो हप्तातिर फेरि लक्षण शुरु हुने हुन्छ । यस्तोमा पनि लामो समयसम्म लक्षण देखिन सक्छ । 

रुघाखोकी कति समयमा निको हुने भन्ने कुरा के कारणले लाग्यो भन्ने कुरामा भर पर्छ । किनकि रुघाखोकी विभिन्न थरी भाइरस, एलर्जी वा ब्याक्टेरियाको सङ्क्रमणको कारणले पनि हुनसक्छ । कसैको रोगसँग लड्ने क्षमता बलियो छ भने दुई/तीन दिनमा पनि निको हुनसक्छ । कसैलाई सात/आठ दिनदेखि १०/१२ दिनसम्म पनि लाग्न सक्छ । त्यो भनेको १०/१२ दिन ज्वरो आउने होइन एक/दुई दिन मात्र आउला, खोकी पनि बिस्तारै कम होला तर पुरै निको हुन भने दुई/तीन हप्तासम्म पनि लाग्न सक्छ । कसैलाई ब्याक्टेरियाको सङ्क्रमण भयो भने अझ एक/दुई हप्ता थप पनि हुनसक्छ।

अनावश्यक औषधि नखाने

यस्तो समस्यामा वा सङ्क्रमणको कुरा गर्दा धेरैजसो भाइरसको रोग आफैँ निको हुन्छ । कोरोना भाइरस पनि आफैँ निको हुन्छ । पटक पटक सङ्क्रमण भएका कारण रोगसँग लड्न सक्ने क्षमता बनिसकेको हुन्छ । तर, यस्तो बेलामा शरीरमा पानीको मात्रा कम हुन नदिनका लागि पानी बढी खाने, ज्वरो पनि आएको छ भने ज्वरोको औषधि खाने गर्नुपर्छ । त्यो भनेको लक्षण अनुसारको औषधि आवश्यक्ता अनुसार खाने गर्नुपर्छ । तर, अनावश्यकरुपमा एन्टीबायोटिक भने खानु हुँदेन । किनकि एन्टीबायोटिकले भाइरसहरु मर्न । त्यस्तै, एलर्जीको पनि उपचार एन्टीबायोटिक होइन । अर्को भनेको आफुबाट अरुलाई नसरोस भन्नका लागि मास्क लगाउने, दूरी कायम गर्ने गर्नुपर्छ । 

बिरामी भएपछि केही दिन यसै पनि दुःख पाइने हुनाले लाग्नै नदिनका लागि भने भिडमा नजाने, अस्पताल वा यस्तै ठाउँमा जाँदा मास्क लगाउने अनि केही चिज छोएपछि साबुनले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ । घरबाट बाहिर जाँदा सबैले मास्क लगाउने र घरमा आउँदा भने त्यसपछि मास्क खोल्दा पनि हुन्छ । यसो गर्दा बाहिरबाट घरमा सङ्क्रमण लिएर आउने सम्भावना एकदमै कम हुन्छ । यसरी आफू पनि जोगिने र अरुलाई पनि जोगाउन सकिन्छ ।

(डा. सुवेदीसँगको कुराकानीमा आधारित) 

#ujyalo

 


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्