Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • चालु आ.ब.मा नवलपरासी जिल्लामा स्वास्थ्य क्षेत्रमा ३५ करोड ९१ लाख वढी बजेट, गएको ९ महिनामा ४० प्रतिशत खर्च 
चालु आ.ब.मा नवलपरासी जिल्लामा स्वास्थ्य क्षेत्रमा ३५ करोड ९१ लाख वढी बजेट, गएको ९ महिनामा ४० प्रतिशत खर्च 
मेघराज गौतम
मेघराज गौतम
नेपाली चेली
नेपाली चेली
आइतबार, चैत १८, २०८०

नवलपरासी पश्चिम, आ.ब.२०८०।०८१ मा पश्चिम नवलपरासीमा स्वास्थ्य क्षेत्रमा ३५ करोड ९१ लाख ८२ हजार रुपैया बजेट रहेको छ । जिल्लाका सातै स्थानीय तह, स्वास्थ्य कार्यालय र जिल्लामा कार्यरत संघसंस्थाको कुल बजेटलाई यसमा समावेश गरिएको हो । विभिन्न निकायको स्वास्थ्य क्षेत्रको तथ्याङ्कलाई हेर्दा कार्यरत कर्मचारीको तलव र भत्ता वाहेकको रकम खर्च हुने बताइएको छ । 
स्वास्थ्य कार्यालयमा २ करोड ३७ लाखमात्र बजेट 
स्वास्थ्य कार्यालय नवलपरासीमा चालु आ.ब.२०८०।०८१ कालागि विभिन्न शीर्षकमा स्वास्थ्य सम्बन्धी गतिविधिका लागि २ करोड ३७ लाख बजेट रहेको छ । स्वास्थ्य कार्यालयले महामारी नियन्त्रण, पोषण, विभिन्न स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन तथा नियमित खोप सञ्चालनकालागि बजेट खर्च हुने बताएको छ । जसमध्ये गएको ९ महिनामा ४२ प्रतिशत बजेट खर्च भएको स्वास्थ्य कार्यालय नवलपरासीका लेखा अधिकृत नारायण भट्टराईले जानकारी दिनु भयो । 

जिल्लाका पालिकाहरुमा स्वास्थ्य क्षेत्रको बजेट कति छ ? 
सुनवल नगरपालिकामा स्वास्थ्य क्षेत्रको आन्तरिक १ करोड ३ लाख र संघीय ससर्त तर्फ ५८ लाख ५० हजार गरी एक करोड ६१ लाख ५० हजार मध्ये ४० प्रतिशत खर्च भएको छ  सुनवल सवास्थय शाखाले जनाएको छ ।  
यस्तै वर्दघाट नगरपालिकामा आन्तरिक र संघीय ससर्त गरी ५ करोड १ लाख ६१ हजार रहेकोमा गएको फागुन मसान्तसम्म ४९ प्रतिशत खर्च भएको बर्दघाट स्वास्थय शाखाको सूचना अधिकारी पुस्कर काफ्लेले जानकारी दिनु भयो । 
यसैबीच रामग्राम नगरपालिकामा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यकालागि चालु आ.ब.मा १ करोड ७७ लाख ८६ हजार र संघीय ससर्त बजेट ८२ लाख ८६ हजार गरी कुल २ करोड ६० लाख ७२ हजार गरी कुल ४२ प्रतिशत गएको फागुन मसान्तसम्म खर्च भएको स्वास्थ्य शाखाका अधिकृत सुरज हरिजनले जानकारी दिनु भयो । 
यस्तै जिल्लाका ४ वटा गाउँपालिका मध्ये प्रतापुरमा स्वास्थ्य क्षेत्रमा सवैभन्दा वढी बजेट राखिएको छ भने सबैभन्दा कम सुस्ता गाउँपालिकाम छुट्याइएको छ । 

galaxy parasi
सुस्ता गाउँपालिकामा स्वास्थ्य क्षेत्रका विभिन्न शीर्षकमा आन्तरिक तर्फ १ करोड ५ हजार र ससर्त तर्फ ७६ लाख १२ हजार गरी १ करोड ७६ लाख १७ हजार बजेट मध्ये गएको ९ महिनामा ४० प्रतिशत खर्च भएको सुस्ता शाखाले जनाएको छ ।  त्यसै गरि सरावल गाउँपालिकाले चालु आ.ब.मा स्वास्थ्य क्षेत्रमा आन्तरिक र ससर्त गरी ३ करोड ३८ लाख १३ हजार बराबरका विभिन्न योजना सम्पादन गर्ने गरी बजेट विनियोजन भएको थियो । जसमा आन्तरिक तर्फ १ करोड ४८ लाख एक हजार रहेको र गएको ९ महिनामा ४५ प्रतिशत खर्च गरिएको गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेले जानकारी दिनु भयो ।  
प्रतापपुर गाउँपालिकामा आन्तरिक तर्फ २ करोड ३४ हजार र ससर्त तर्फ ६ करोड ९ लाख गरी कुल ८ करोड ९ लाख ३४ हजार बजेट खर्च हुने गाउँपालिकाले जनाएको छ ।  
यस्तै पाल्हीनन्दन गाउँपालिकामा आन्तरिक तर्फ १ करोड ८० लाख ९९ हजार र ससर्त तर्फ ९६ लाख ३६ हजार बजेट गरी कुल २ करोड ७७ लाख ३५ हजार  रहेको र खर्च हुने गाउँपालिकाले जनाएको छ । 

जिल्लामा कार्यरत ११ संस्थाको ८ करोड ३० लाख वढी बजेट 
स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न ११ वटा संस्थाहरुले पश्चिम नवलपरासीमा चालु आ.ब २०८०।०८१ मा ८ करोड ३० लाख ७६ हजार ९२६ बराबरको काम गर्ने प्रतिवद्धता जनाएका छन् । 
जिल्लाका इन्द्रणी सामाजिक विकास मञ्च, सुनवल सामुदायिक विकास केन्द्र, बेस नेपाल, द ल्याप्रोसी मिसन नेपाल, ग्रिनतारा नेपाल, चौधरी फाउण्डेशन, किड्स कपिलवस्तु, लुम्बिनी प्लस, आस्था समूह, इमपावर नेपाल र सहभागी संस्था लगायत ११ वटा संस्थाहरुले जिल्लाका सातै पालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रतिवद्धता स्वरुप ८ करोड ३० लाख बढी रकम खर्च गर्न लागेका हुन् ।  

Deurali resurgent
जिल्लामा चौधरी फाउण्डेशनले स्वास्थ्य क्षेत्रको क्षमता अभिबृद्धिकोलागि सुस्ता, प्रतापुर, सरावल र बर्दघाटमा सवैभन्दा वढी २ करोड ६५ लाख ५८ हजार ५६० खर्च गर्ने योजना बनाएको छ । यस्तै इन्द्रेणी सामाजिक विकास मञ्चले सामुदायिक स्वास्थ्य परियोजना मार्फत महिला, बालबालिका र युवाहरुका लागि १ करोड ४५ लाख ८३ हजार खर्च गर्ने योजना बनाएको छ भने सुनवल सामुदायिक विकास केन्द्रले सबैभन्दा कम ६ लाख, अपाङ्गता समावेशी विकास परियोजना मार्फत खर्च गर्न लागेको हो । दुबै संस्थाहरुलाई युनाइटेड मिसन टु नेपाल र अट्रेलियन सरकारको सहयोग रहेको छ । 

 


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्