Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • रामग्राम पूर्ण संस्थागत प्रसुती र पूर्ण खोप सुनिश्चित नगर घोषणा, दिगोपन हुनेमा विश्वास 
रामग्राम पूर्ण संस्थागत प्रसुती र पूर्ण खोप सुनिश्चित नगर घोषणा, दिगोपन हुनेमा विश्वास 
नेपाली चेली
नेपाली चेली शनिबार, जेठ १९, २०८१

परासी । रामग्राम नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त र पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । रामग्राममा शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा भएको हो । पूर्ण संस्थागत सेवायुक्त पालिका घोषणाका लागि ४ पटक गर्भ जाँच, ३ पटक प्रसुती जाँच र दक्ष स्वास्थ्यकर्मीबाट ९५ प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराएपछि प्रोटोकल पूरा हुने र घोषणाकालागि स्वीकृती दिन सकिने व्यवस्था रहेको छ । रामग्राम नगरपालिकाले सवै प्रोटोकल पूरा गरेकाले पूर्ण प्रसुती सेवायुक्त नगरपालिका घोषणा गरिएको जिल्ला प्रजनन स्वास्थ्य समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले बताउनु भयो । 

यसअघि रामग्राम नगरपालिकाले पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणाकालागि मातृशिशु कार्यक्रमलाई प्रभावकारी बनाएको थियो । नगरपालिकाले साप्ताहिक रुपमा ८ वटा स्वास्थ्य संस्थामा भिडियो एक्स रे सेवा प्रदान गरेको, १७ वटा स्वास्थ्य संस्थाबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको,  स्वास्थ्यकर्मीद्वारा घरदैलो कार्यक्रम सञ्चालन, नियमित खोप सञ्चालन निशुल्क एम्बुलेन्स सेवा सहित गर्भवती तथा सुत्केरीलाई पोषकतत्व वितरण गरिएको बताइएको छ । 

कार्यक्रममा रामग्राम नगरपालिका देशकै चौथो पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका भएको रामग्राम नगरपालिकाले जनाएको छ । रामग्राममा चालु आर्थिक बर्ष ०८०।०८१ मा १ हजार २२ जना सुत्केरी भएका छन् । 

यस्तै रामग्राम नगरपालिकाले नगरलाई पूर्ण खोप र दिगोपना भएको नगर घोषणा गरेको छ । लक्षित बालबालिकाहरुले १५ महिनासम्मको उमेरमा लगाउनु पर्ने सबै खोपहरु लगाएको र खोप लगाउन छुटेका २६ बालबालिकाले पनि पूर्ण खोप पूरा गरेका छन् । यसरी १०० प्रतिशत खोप पुरा भएकाले दिगोपन भएको नगर घोषणा सम्भव भएको स्वास्थ्य शाखाका अधिकृत सुरज हरिजनले जानकारी दिनु भयो । 

Diraj Tredersकार्यक्रम रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा भएको हो । सो क्रममा साँसद प्रधानले आफूले २०४३ सालमै पृथ्वीचन्द्र अस्पतालमा प्रसुती गृह बनाएर सुरक्षित प्रसुतीको अभियान शुरु गरेको स्मरण गर्नु भयो । उहाँले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका सुधारले आफूलाई सन्तुष्टी मिलेको बताउनु भयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोद गिरी, रामग्राम नगर उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थी, नेपाल पत्रकार महासंघका सचिव एवं सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी लगायतले घोषणा सभामा शुभकामना व्यक्त गर्नु भएको थियो । शुभकामना व्यक्त गर्ने सबै बक्ताहरुले दिगोपनामा जोड दिनुपर्ने आग्रह गरेका छन् । नगरपालिकाले घोषणामा सहकार्य गर्ने स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, विभिन्न सरकारी तथा गैरसकारी संघ संस्थालाई सम्मान गरेको छ । 

यसअघि रामग्राम नगरपालिका सबै वडा गत चैत्र २० गते नै घोषणा भएका थिए । नगरपालिकाले वडा घोषणा लगत्तै नगर घोषणाकालागि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिलाई चैत्र २० गते नै पत्राचार गरेको थियो । जिल्लाले अध्ययन गरी २०८१ जेष्ठ ११ गते अनुमति दिएको हो । सोहि अनुसार शनिवार रामग्राम नगरपालिकाले पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेको छ । 

nepli cheli


प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्