Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • हरितालिका तिजको धार्मिक महत्व, गाइने गीत र वर्तमान चासो 
हरितालिका तिज हरितालिका तिजको धार्मिक महत्व, गाइने गीत र वर्तमान चासो 
नेपाली चेली
नेपाली चेली शुक्रबार, भदौ २१, २०८१

कहाँमा जान्छेउ रानीचरी बगाल? 
बरिलै भगवानलाई भेटन ।
भगवानलाई भेट्न के के पाहुर चाहिन्छ? 
बरीलै यति मलाई भन न । 

हिन्दु नारीहरुको महान पर्व तिज एक पवित्र पर्व हो । शिवपुराणमा हिमालय पर्वतकी छोरीलाई हिमालयले विष्णु भगवानलाई दिन लाग्नु भएको थियो । यो कुरा थाहा पाइसकेपछि पार्वती आफ्ना सखीहरूको साथ लिएर वनमा गइन् र आफ्ना मनका सम्पूर्ण कुराहरू सखीहरुलाई सुनाइसकेपछि पार्वतीलाई सखीहरूले त्यसै जंगलमा लुकाएर राखे । पार्वतीले शिवको तपस्या गरिन् तर शिवलाई प्राप्त गर्न सकिनन् किनकि शिवको शक्ति भयंकर थियो । पार्वती बल्ल तपस्यामा सुरुवात गर्दै थिइन् । अनि उनले विष्णु भगवानलाई पुकार गरिन् । विष्णु भगवानले व्रतको तपस्याको सम्पूर्ण तालिका पार्वतीलाई जानकारी दिनुभयो र त्यही अनुसार पार्वतीले भाद्र शुक्ल द्वितीयाको दिन संकल्प लिइ यस दिन एक अन्जुली पानी पिएर रातभरि शिवको भजन किर्तन गाएर जागृत बसेको कुरा उल्लेख भएको पाइन्छ । 

पार्वतीले विष्णु भगवानले दिएको तालिका अनुसार भाद्र शुक्ल तृतीयाका दिन कठोर तपस्या गरेर बालुवाको शिवलिङ्ग बनाइ एक चित्त भई तपस्या गरेको कारणले पार्वतीले शिवलाई आफ्नो पतिको रूपमा प्राप्त गर्न सफल भएको कुरा हामीले सुन्दै आएका छौ । यसरी भाद्र तृतीयाको दिनलाई एउटा परापूर्व कालदेखि नै विशेष पर्वको रूपमा मनाउँदै आइरहेको पाइन्छ । अहिले आएर यो हाम्रो समाजमा त यति झांगिएको छ कि यसले एक महिना अगाडिदेखि नै दर खाने कार्यक्रमको रुपमा विभिन्न संघ संस्था पार्टी प्यालेस सबै ठाउँलाई कब्जा गरिसकेको छ ।  यसले हाम्रो समाजमा सकारात्मक सन्देश पनि दिएको छ भने धेरै नकारात्मक सन्देश दिन थालेको छ । 

तिजका गीतका नाउँमा अहिले निस्किएका गीतहरुले समाजलाई उत्ताउलो र भड्किलो बनाइरहेका छन् परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न नसकिने खालका गीत र नृत्यहरु  प्रशस्त छन् । बिस्तारै यी गीतहरु र नृत्यहरूलाई नियमनकारी निकायहरूले रोक्नु जरुरी देखिन्छ ।

तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन नै मनाउने भएको कारणले यसलाई तीज पर्व भनिएको भन्ने उल्लेख पाइन्छ भने विष्णु भगवानले दिएको तालिका अनुसार पार्वती व्रत बसेको कारणले पनि यसलाई हरितालिका भनेर भनिएको हो । तिजको व्रत पति पत्नी दुवैले गर्नुपर्ने व्रतको रुपमा पनि लिइन्छ किनकि भगवान शिव सबैका आराध्यदेव भएको हुनाले श्रीमान श्रीमती दुवैले गर्नुपर्ने उल्लेख पनि छ । रामायणको राम चरित्र व्याख्या गर्ने क्रममा जब राम वनवासबाट फर्किनु भयो त्यसपछि उहाँले एउटा अश्वमेघ यज्ञको आयोजना गर्नुभयो । उक्त यज्ञमा सीता नभइसकेपछि रामलाई सबैले अर्को विवाह गर्नुपर्ने, पत्नी बिनाको यज्ञ पूर्ण नहुने कुरा यज्ञमा उपस्थित सबै ऋषिमुनिहरू लगायत सबैले रामलाई सुझाव सल्लाह दिए । तर भगवान रामले आफू एकमात्र विवाह गर्ने भएको र एक विवाह भन्दा अर्को विवाह नगर्ने निर्णय गरिसकेपछि सीताको प्रतिमा बनाएर यज्ञलाई सम्पन्न गर्नु भएको थियो ।

यसबाट के कुरा बुझ्न सकिन्छ भने यज्ञ व्रत सम्पन्न गर्नका लागि श्रीमतीले मात्रै गर्नु पर्छ अथवा महिलाले मात्रै गर्ने हो भन्ने कुरा उति बेलाको सत्ययुगदेखि नै यो चिजलाई चिरफार गरिएको रहेछ भन्ने तथ्यहरू हाम्रा धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
विशेषतः तीजलाई तीन किसिमले मनाएको पाईन्छ । एउटा पार्वतीले तपस्या गरेर भगवान शिवलाई प्राप्त गरेको दिनको रुपमा व्रत लिई नाचगान गरी मनाउने चलनको रुपमा दोस्रो श्री कृष्ण भगवानको न्वारनको दिन भएको कारणले मथुरामा सबै नाचगान तथा रमाइलो गर्ने गरेको दिनको स्मरणको रूपमा लिएको छ । भने अर्को शिवलाई पार्वतीले प्राप्त गरेको दिन भएको कारणले शिवका विभिन्न नाचहरूलाई स्मरण गरेर नाच्दै आएको र पछि आउँदै गर्दा हाम्रो समाजसँग जोडियो र समाजले तत्कालिन भगवानका गीतहरू मात्रै गाउने गर्थे 
जस्तैः कहाँमा जान्छेउ रानीचरी बगाल? 
         बरिलै भगवानलाई भेटन ।
         भगवानलाई भेट्न के के पाहुर चाहिन्छ? 
          बरीलै यति मलाई भन न । 
         एकुमा चाहिन्छ श्रीखण्ड चन्दन, दुसरी बेलपत्र।
         हो नि बरिलै दुषरी बेलपत्र.................................

पछि बिस्तारै जब जब तिजमा वर्ष दिनको एकपटक भेट हुन्थ्यो । दिदीबीनीहरू आफूले धरमा दुःख पाएका दुःख वेदना पीडाका गीतहरु गाएर संगी साथी रमाएर त्यसलाई रातभरि प्रहरको रुपमा दर खाने र अर्को दिन निराहार व्रत बस्ने चलन चल्दै आयो । त्यसपछि फेरि घटना विशेष गीतहरू पनि गाउन थालियो । जसमा पहिरोले बगाएका गीत, विभिन्न कारणले दुर्घटनामा परेकालाई गीतमा जोडेर गाउन थालियो । यही क्रम विकास हुँदै हामी अहिलेको यो अवस्थासम्म आइपुगेका छौं ।

त्यस्तैगरी तिजमा रातो कपडाको पनि व्याख्या गरिएको पाइन्छ । रातो वस्त्रलाई यो पर्वमा सौभाग्यको रूपमा लिएर व्याख्या गरिएको छ । रातोलाई समय परिस्थिति अनुसार कहिले सौभाग्यको रुपमा लिइन्छ भने कहिले यसलाई शक्तिको रुपमा पनि लिने गरिएको छ । यसरी यो पर्व हाम्रो समाजसँग समाजको चालचलन रीतिथिति र अवस्था अनुसार हिजोभन्दा आज झन् झांगिदै गएको अवस्था छ । 

अब समस्या कहाँ निर भयो भने यो सामान्य र सरल रुपमा माइती, दाजुभाइ, बुवाआमा र साथीहरुसँगको जुन आत्मीयता छ त्यो आत्मीयता साटासाट गर्ने पर्व । आफ्ना पीडा पोख्ने अरुका पीडा सुन्ने पर्व संगिसाथी र माइतीसँग सँगै व्रत बस्ने नाचगान गर्ने रमाइलो पर्व, अहिले आएर यसको विकृत अवस्था भएको छ । सबै संघसंस्था स्कुल क्याम्पस सबैले दरखाने कार्यक्रम राख्नुपर्ने, यदि संस्थासँग पैसा छैन भने पनि व्यक्ति स्वयं आफूले उठाएर पनि त्यो संस्थाबाट दर खानैपर्ने प्रत्येक संघ संस्था सहकारी आदिका युनिफर्महरू आफ्नै किसिमका हुनुपर्ने दर कार्यक्रमको खानपिन पनि त्यही किसिमको हुनुपर्ने । यसले हाम्रो समाजलाई कतातिर लादैछ, हामी कतातिर बहकिदैछौ, यसलाई रोक्ने कसले यसको नियमनकारी निकाय को ? हामी हरेक विकृति र विसंगतिलाई जरैबाट तोड्न र एउटा सुन्दर समाजको सिर्जना गर्नु पर्ने छ । 

आफ्नो कला, संस्कृति, धर्म र संस्कारलाई सँगसँगै अगाडि बढाउँदै जानु पश्चिमा संस्कृतिले हाम्रो समाज हाम्रा बालबच्चा हाम्रो विद्यालय चिलचिलो पारिसकेको अवस्थामा अब परिवर्तन हामीबाट सुरु गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले जन्मदिन मनाउन छोड्यौ । हामीले बर्थडे मनाउँछौं हामीले अष्ट चिरञ्जीवी भुल्यौ । केक काटेर पश्चिमा टोपी लगाउँछौ र बर्थडेको माला लगाउँछौ अनि हामी नेपाली भनेर गौरव गर्छौ ।

हामीलाई संस्कार सिकाउने हाम्रा हजुरबा हजुरआमाहरू आज हाम्रो माझ हुनुहुन्न । हामीलाई संस्कार सिकाउने हामा बुवाआमाहरू पनि कति हुनुहुन्न र कति बुद्ध भइसक्नु भो । हामीले उहाँहरूलाई टेर्दैनौं र सुन्दैनौं पनि । हामीलाई अहिलेको सामाजिक सञ्जाल युट्युब ट्विटर टिकटक आदिमा देखिएका कुरा सत्य लाग्छ हामीले पनि त्यही खालका टिकटक बनाउँछौं । हामीले आफ्ना छोराछोरीलाई कस्तो संस्कार दिदैछौं? दिएका छौ हामी त्यतातिर फर्किन चाहन्नौ । केही कलाकार यस्ता हुनुहुन्छ बजारले जे माग्छ त्यही दिने भन्नुहुन्छ र केही पश्चिमाहरुले हाम्रो बजारलाई भत्काउन चाहन्छन् हाम्रा कला संस्कृति संगीतलाई भड्काउन चाहन्छन् र यस्तैमा रमाउन चाहन्छन्।

तिजका गीतमा बियरका बोतल खाएर नाच्ने कतै पश्चिमा संस्कृतिमा प्रभावित भएका व्यक्ति होइनन् शंका यहाँनिर पनि लाग्छ । हिन्दु नारीहरूको बदनामी गर्नका निम्ति पनि यी र यस्ता प्रवृत्तिहरू भित्रिएका पनि हुन सक्छन् । हामी धार्मिक हिसाबले कुनै धर्मलाई गाली गर्न चाहदैनौ तर पर्वहरू आफ्नो संस्कार संस्कृति अनुसार मनाउनु पर्छ पर्वलाई उत्ताउलो भड्किलो किसिमले मनाउनु हुँदैन भन्ने चाहना हो । =

Hand Wash


प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्