Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पृथ्वीचन्द्र अस्पतालले पहिलो पटक सामाजिक परीक्षण गर्‍यो
पृथ्वीचन्द्र अस्पतालले पहिलो पटक सामाजिक परीक्षण गर्‍यो
मेघराज गौतम
मेघराज गौतम आइतबार, माघ ६, २०८१


परासी । पृथ्वीचन्द्र अस्पताल परासीले पहिलो पटक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। अस्पतालको सेवा प्रवाह बारे जानकारी दिने तथा भए गरेका सेवा प्रवाहको गुणस्तरमापन गर्ने उद्देश्यले सामाजिक परीक्षण कार्यक्रम गरिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालले आर्थिक वर्ष २०८०। २०८१ को अवधिमा भएका सेवा प्रवाह र प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रप्रसाद गुप्ताको अध्यक्षता र लुम्बिनी प्रदेश सभाका सांसद बैजनाथ कलवारको प्रमुख आतिथ्यमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको बताइएको हो । सो अवसरमा सांसद कलवारले अस्पतालको सामाजिक, भौतिक तथा स्वास्थ्य उपकरण के के आवश्यक हो सोको सूची बनाएर दिन अस्पताल व्यवस्थापन समितिलाई अनुरोध गर्नुभएको छ। उहाँले प्रदेश आगामी आर्थिक वर्षको बजेटमा पूर्ण रुपमा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सामाजिक परीक्षण कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका सरोकारवालाहरूले अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक स्रोत, साधन र समन्वय आवश्यक रहेको औल्याएका छन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले जिल्ला अस्पतालको विकासका लागि आफूले जिल्ला प्रदेश र सङ्घ लगायतका सरकार र विभिन्न पक्षसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सो अवसरमा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकाल, नेपाल पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष केशव पराजुली, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, भ्रष्टाचार विरुद्धको नागरिक निगरानी समूहका अध्यक्ष रामजी ज्ञवाली, रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुनिल कसोधन, अर्जुनबहादुर क्षेत्री लगायतले बोल्दै अस्पताल सञ्चालन र व्यवस्थापनका लागि सहयोग गर्ने तथा अस्पतालको व्यवस्थापन सुधारमा दर्जनौं सुझावहरू दिनुभएको छ ।

कार्यक्रममा प्राप्त सुझाव र सल्लाहहरूलाई क्रमैसँग सम्बोधन गर्ने र आगामी दिनमा विभिन्न पक्षसँग सहकार्य गरेर अस्पतालको विकासमा काम गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अस्पतालको सामाजिक परीक्षण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक मेघराज गौतमले गर्नुभएको अस्पतालका प्रशासकीय अधिकृत गोविन्दबहादुर ज्ञवालीले जानकारी दिनुभयो । 


प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ०६:३८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ बिहीबार, असोज ९, २०८२
रामग्रामका २९ जना थारूहरूको सिकलसेल एनिमिया परिक्षण
रामग्रामका २९ जना थारूहरूको सिकलसेल एनिमिया परिक्षण बिहीबार, भदौ १९, २०८२
पूर्वी नवलपरासीमा आँखा शिविर: ६१ जनाको निःशुल्क शल्यक्रिया गरिने
पूर्वी नवलपरासीमा आँखा शिविर: ६१ जनाको निःशुल्क शल्यक्रिया गरिने बिहीबार, भदौ १९, २०८२
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं सोमबार, भदौ ९, २०८२
रामग्राम नगरपालिकाले स्वास्थ्य क्षेत्रको भौतिक निर्माण र सेवालाई प्रभावकारी बनाउँदै 
रामग्राम नगरपालिकाले स्वास्थ्य क्षेत्रको भौतिक निर्माण र सेवालाई प्रभावकारी बनाउँदै  सोमबार, भदौ २, २०८२
निःशुल्क आँखा शिविरमा १ सय २३ जना मोतियाबिन्दुका बिरामी भेटिए
निःशुल्क आँखा शिविरमा १ सय २३ जना मोतियाबिन्दुका बिरामी भेटिए बुधबार, साउन २८, २०८२
लोकप्रीय
  • Week
  • Month
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्