Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नेपाली समाजमा दशैंको महत्व के छ? 
बडा दशैं २०८२ नेपाली समाजमा दशैंको महत्व के छ? 
नेपाली चेली
नेपाली चेली मंगलबार, असोज १४, २०८२
फाइल फाेटाे

नवलपरासी सहित देशभर बडा दशैं २०८२ को रौनक बढेर गएको छ । गाउँघर टोलछिमेकमा टाढा स्वदेश र पारी बिदेशमा भएका आफन्तजनहरूको आगमनसँगै दशैको खुसियाली र रौनक बढेर गएको हो । नेपाली समाजमा साँस्कृतिक एकताको प्रतिकको रुपमा रहेको बडा दशै असत्यमाथि सत्यको जीत भएको क्षणको रुपमा पनि लिने गरिन्छ । दुर्गा भवानी अर्थात शक्तिको प्रतिक दुर्गालाई नवरात्रि भर पुजाआराधना गर्ने प्रचलन छ । 

यस बर्षको बडा दशैं असोज ६ गते घटस्थापना अर्थात शैलपुत्रीको पुजा आराधना गरी शुरु गरिएको हो । दोश्रो दिन ब्रम्हचारिणी, तेश्रो दिन चन्द्रघण्टा, चौथोदिन कष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्यायनी, सातौ दिन कालरात्रि, आठौ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरी मनाउने प्रचलन छ । यसरी नवरात्र भर नवदुर्गाको पूजा आराधना विधिपूर्वक गर्ने परम्परा रहिआएको छ, जसले शक्ति, भक्ति, करुणा र सफलता वा विजयको सन्देश दिएको छ । 

नवलपरासी लगायत देशभर नवरात्रिको पुजापाठका लागि माटोको मुर्ति बनाएर पूजाआराधान गर्ने गरिन्छ । पछिल्लो समय गाउँ,ँ टोल र बस्तीहरूमा माटोबाट निर्मित भवानी दुर्गाको मुर्ति स्थापना गरी नौ दिनसम्म पूजा आराधना गर्ने र एघारौ दिनको दिन नजिकको नदि वा तलावमा भव्य मेलाको आयोजना गरी मूर्ति बिसर्जन गर्ने गरिन्छ । 

बडा दशैंले धार्मिक, सामाजिक र साँस्कृतिक महत्व बोकेको छ । धार्मिक महत्वको हिसावले हेर्दा दशैंलाई देवी दुर्गा भवानीले महिषासुर नामक दैत्यलाई पराजित गरेको दिनको स्मरण गरिन्छ । 

यस्तै सामाजिक महत्वको हिसावले परिवार, आफन्त र नातेदारसँगको सुमधुर मिलन, विधिपूर्वक राखिएका टिका, जमरा र मान्यजनको आशीर्वाद लिने प्रचलन पनि छ । परिवारमा एकता, सद्भाव र माया साटासाट गर्ने गरिन्छ भने दशैंको अवसरमा शहरबजार र परदेशमा रहेका आफन्तजनहरू घर फर्किने र घरपरिवारमा रमाउने सुनौलो मौका पनि मिल्दछ । 

बडा दशैंलाई राष्ट्रिय एकताको पर्वको रुपमा पनि मनाइन्छ । गाँउघरमा नाचगान, साँस्कृतिक कार्यक्रम र पिंङ खेल्ने गरिन्छ । समाजका विभिन्न संघसंगठनहरूले एकआपसमा शुभकामना साटासाट गर्ने प्रचलन पनि बढेको छ । 

दशैंकै बेला कृषि पेशाकर्मीहरूलाई भने भ्याइनभ्याई हुन्छ । खेतवारीमा अहिले धानपाक्ने बेला पनि भएको छ । नयाँ अन्न भित्र्याउने, फलफूल र पशुपक्षीको बलि चढाएर समृद्धि र धनधान्यको कामना गर्ने परम्परा पनि छ । 
 


प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १२:३०
#बडा दशैं २०८२
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्