नेपालीचेली संवाददाता भैरहवा । लुम्बिनी प्रदेशका ४ जिल्ला अन्तर्गतका ८ पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापक र महिला शिक्षकहरुलाई शिक्षण सिकाई तालिम सञ्चालन गरिएको छ ।
३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवहारिक सीप, लैङ्गिक दृष्टिकोण र समावेशीताका बिषयबस्तुमा जोड दिइएको छ । तालिममा ५६ जना महिला शिक्षकहरुको सहभागी रहेको थियो । तालिममा सामुदायिक विद्यालयका ३१ जना महिला प्रधानाध्यापक र २५ जना महिला शिक्षकहरुको सहभागीता रहेको बताइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको समन्वय, युनिसेफ नेपाल र एजुकेशनल पेजेजको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालय भैरहवामा तालिम संचालन गरिएको हो ।
तीन दिनसम्म सञ्चालित तालिममा विद्यालयको नेतृत्व, शैक्षिक योजना निर्माण, समन्वयात्मक क्षमता, सिकाइ वातावरण सुदृढीकरण, व्यवहारिक नेतृत्व विकास तथा निर्णय प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएको बताइएको छ । सहभागी महिला प्रधानाध्यापकहरूले यस प्रकारका तालिमले महिला शिक्षकहरुलाई शैक्षिक क्षेत्रमै सीमित नराखी सामुदायिक नेतृत्वमा पनि अग्रणी भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
सो अवसरमा एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले तालिमले व्यवहारिक सीप, लैंगिक दृष्टिकोण र समावेशितालाई केन्द्रमा राखी सञ्चालन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “महिला नेतृत्व सबल हुँदा विद्यालयमा निर्णय प्रक्रिया सहज र परिणाममुखी बन्छ । उहाँका अनुसार तालिमले महिला प्रधानाध्यापक तथा शिक्षकलाई विद्यालय नेतृत्वका क्रममा देखिने चुनौती समाधान गर्न र समुदायमा सशक्त नेतृत्व भूमिकामा आउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा तालिम केन्द्र भैरहवाका प्रमुख दिवाकर भण्डारीले महिला प्रधानाध्यापक र शिक्षकको बढ्दो सहभागिताले शिक्षाको सशक्तीकरणको सूचकपूरा भएको नेपालीचेली अनलाईनलाई जानकारी दिनुभयो ।
तालिममा सहभागी कपिलवस्तु शिवराज १ की शान्तिकुमारी केसी, शुद्धोधन ६ की तेजकुमारी पन्थीले तालिमले महिलाको आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पु¥याएको बताउनु भयो । उहाँले यस्ता तालिमहरूले महिला शिक्षकहरुलाई सिकाइ वातावरण सुधार्न र विद्यालय सञ्चालनमा दक्षता बढाउन मद्दत गर्छ त्यसैले आगामी दिनमा अभिभावक शिक्षा सम्बन्धी तालिम पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।