नेपाल क्रिकेट संघ क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय आईसीसी महिला टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणाको घोषण गरेको छ ।
आगामी माघ २२ देखि फागुन ९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको कार्यक्रम अनुसार छनोट प्रतियोगिता हुँदैछ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको नेपाल क्रिकेट संघले जनाएको छ ।
टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी छन् ।
यस्तै, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनीषा उपाध्याय समावेश छन् ।
यसअघि एसिया छनोट खेलेका रुबि पोदार, सबनम राई र इश्वरी विष्ट भने ग्लोबल छनोट खेल्ने टिममा छैनन् । महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्ने भएकाछन् ।