Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय समाचार
  • Home
  • राष्ट्रिय समाचार
  • जिएमएमपी २०२५ को प्रतिवेदन सार्वजनिकः गएको ३० वर्षमा नेपालका संचार माध्यममा महिलाको उपस्थिति न्यून
जिएमएमपी २०२५ जिएमएमपी २०२५ को प्रतिवेदन सार्वजनिकः गएको ३० वर्षमा नेपालका संचार माध्यममा महिलाको उपस्थिति न्यून
नेपाली चेली
नेपाली चेली आइतबार, फागुन ३, २०८२

काठमाडौं ।  अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्थाले काठमाडौंमा ग्लोबल मिडिया मनिटरिङ प्रोजेक्ट (जिएमएमपी) २०२५,  को सातौं संस्करण, नेपालको राष्ट्रिय प्रतिवेदन सार्वजनिक गरेको छ । बेइजिङ घोषणापत्र तथा कार्ययोजना पारित भएको तीन दशक बिति सक्दापनि नेपाली सञ्चार माध्यममा अझै पनि पुरुष प्रधान रहेको र महिलाको आवाज र महिलासँग प्रत्यक्ष जोडिएका मुद्धाहरूलाई सिमान्तकृत गरिएको तथ्य सार्वजनिक भएको छ । 

जिएमएमपी, क्यानडामा प्रधान कार्यालय रहेको सञ्चार सम्बन्धमा पैरवी गर्ने संस्था, World Association for Christian Communication WACC_ द्वारा युएन विमेनको सहयोगमा सञ्चालित परियोजना हो । समाचार माध्यममा लैङ्गिकतासम्बन्धी, यस किसिमको अध्ययन पहिलो पटक सन् १९९५ मा भएको थियो । हरेक पाँच–पाँच वर्षमा हुने जिएएमपी, सञ्चार माध्यम र समाचारमार्फत, लैङ्गिक समानता सम्बन्धि गरिने विश्वमै सबैभन्दा ठूलो अनुसन्धान एवं वकालती पहल हो । विश्वका १६० वटा देशहरुले यस अनुसन्धानमा सहभागिता जनाएका छन् । 

जिएमएमपी २०२५ को राष्ट्रिय प्रतिवेदनले  छापा, रेडियो, टेलिभिजन र अनलाईन पोर्टलहरुमा लैङ्गिक प्रतिनिधित्वको अवस्था चिन्ताजनक रहेको तथ्यलाई उजागर गरेको छ । नेपालको संविधानले लैङ्गिक समानताको सुनिश्चित गरेको अवस्थामा, राजनीतिमा महिलाको सहभागिता उल्लेख्य रुपमा बढेको भएपनि, समाचारभित्र महिलाको उपस्थिति केवल २६ प्रतिशत पुगेको छ । जुन जिएमएमपी २०२० को  प्रतिशतले अत्यन्त न्यून हो । जुन तथ्याङ्क र निष्कर्षहरूलाई विभिन्न १५ बुँदामा समेटिएको अस्मिता महिला प्रकाशन गृहकी सरीता थापाले नेपालीचेली अनलाईनलाई जानकारीदिनुभयो । 

यस्तै नेपालको संविधान २०७२ ले दिएको अधिकार बमोजिम संचामाध्यमले मानव अधिकार र लैंगिक समानताका पक्षमा सशक्त कलम चलाउन पर्ने प्रतिवेदनले देखाएको छ । राजनीति र सरकारसँग केन्द्रित समाचारबाट बाहिर निस्किएर महिलाको जीवनसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण मुद्धाहरूलाई समाचारले प्राथमिकता दिनुपर्ने देखिएको छ । 

जिएमएमपी प्रतिवेदन २०२५ ले समाचारभित्र देखिएका महिलाहरुलाई केवल पीडित र अनुभव सेयर गर्ने मात्र नभएर विज्ञ र उसको नेतृत्वदायी भूमिकालाई पनि स्थान दिने नीति बनाउनुपर्ने साथै, संचार गृहहरूले महिलालाई केवल रिपोर्टरहरूका रुपमा मात्र नभई विज्ञ र निर्णय प्रकिृयामा नेतृत्व दिने नीति बनाउनुपर्ने देखाएको प्रशासन गृहकी कार्यकारी निर्देशक एवं जिएमएमपी २०२५ की राष्ट्रिय संयोजक थापाले बताउनु भयो । 

अन्य प्रमुख तथ्याङ्क र निष्कर्षहरू:  

राष्ट्रिय संयोजक सरिता श्रेष्ठको नेतृत्वमा भएको यस अध्ययनले नेपालको सञ्चार माध्यममा देखिएका केही प्रमुख निष्कर्ष यस प्रकार रहेका छन्M

  • नेपाली सञ्चार माध्यमहरुको प्रमुख प्राथमिकतामा राजनीति र सरकारसँग सम्बन्धित समाचारहरु पर्ने गरेका छन् । सबैभन्दा बढी अनलाईनमा ४७%प्रतिशत  अन्य पिछडावर्गसँग सम्बन्धित अन्य महत्वपूर्ण मुद्धाहरु समाचार माध्यमको प्राथमिकतामा पर्न सकेनन् ।          
  • राजनीति र सरकारसँग जोडिएर आएका समाचारभित्र, समाचारको विषय बन्ने कुरामा पुरुषकै वर्चस्व रहेको तथ्यांकले देखिएको छ । परम्परागत सञ्चार माध्यम (छापा, रेडियो र टेलिभिजन) मा आएका ती समाचारहरुमा महिलाको उपस्थिति केवल १३ प्रतिशत  रहेको छ, भने ८७ प्रतिशत  भाग पुरुष ले ओगटेका छन् ।
  • अनलाईन समाचारमा महिलाको उपस्थिति अझ कम्जोर पाइएको छ । अर्थतन्त्र, विज्ञान तथा स्वास्थ्य, खेलकुद आदि जस्ता महिलाको विषयसँग जोडिएको गम्भीर विषयका समाचारहरुमा महिलाको उपस्थिति लगभग 0 प्रतिशत  -शून्य_ रहेको तथ्यांकले देखाएको छ ।
  • महिला रिपोर्टरहरुको उपस्थिति संख्यात्मक रुपमा बढेर करिव ४० प्रतिशत  भएको भएपनि उनीहरु निर्णय गर्ने अवस्थामा पुगेका छैनन् । अधिकांश महिला रिपोर्टरहरु स्थानीय समाचारमा सीमित रहेको यो प्रतिवेदनले देखाएको छ ।
  • नेपालका परम्परागत सञ्चार माध्यममा, समाचारका विषय वा स्रोतका रूपमा महिलाको उपस्थिति केवल २६प्रतिशत पुगेको  छ। यो सन् २०२० को तुलनामा केवल १ प्रतिशतले बढेको हो, यसले मिडियामा लैंगिक समानताको प्रगति कछुवाको गतिमा रहेको देखाउछ ।
  • अनलाइन न्यूज पोर्टलहरूमा महिलाको उपस्थिति केही राम्रो देखिए पनि यो केवल २९ प्रतिशतमा सीमित छ।
  • निर्णायक भूमिकामा जस्तो विज्ञ, प्रवक्ता र मुख्य स्रोतका रुपमा भने सँधैको जस्तै पुरुषहरुकै बाहुल्यता छ । महिलाहरुलाई प्रायः सामान्य नागरिक वा पीडितको रुपमा बढी प्रस्तुत गर्ने गरिएको यस रिपोर्टले देखाएको छ ।
  • राजनीति र अर्थतन्त्र जस्ता गम्भीर मानिने समाचारहरूमा अझै पनि पुरुष विशेषज्ञहरूको वर्चस्व छ भने महिलाहरूलाई सामाजिक र घरेलु विषयका समाचारहरूमा बढी केन्द्रित गरिएको छ।
  • लैङ्गिक हिंसाका समाचारहरूले कुल समाचारको २ प्रतिशतभन्दा कम स्थान पाएका छन्, जसमध्ये धेरैले हिंसालाई चुनौती दिनुको सट्टा परम्परागत रूढिवादलाई नै टेवा पुर्‍याइरहेका छन्। अझ चिन्ताको विषय त के छ भने डिजिटल माध्यममा हुने गरेका हिंसासम्बन्धी समाचारहरुले स्थान नै पाएका छैनन् ।
  • लैंगिक हिंसा सम्बन्धी समाचारको स्रोत सतप्रतिशत १०० प्रतिशत महिला छन, तर अर्थतन्त्र, विज्ञान र कानुनी मुद्धामा अनलाईन मिडियामा महिलाको उपस्थिति 0 प्रतिशत छ । मिडियाले महिलालाई केवल पीडितको रुपमा चित्रण गरिरहेको देखिएको छ । नेपालमा महिलाहरु अर्थशास्त्री, नीति निर्माता, वैज्ञानिक आदि पनि छन तर यी गम्भीर विषयहरुमा उनीहरुलाई बोल्न वा आफ्नो विचार  राख्नबाट वन्चित राखिएको छ । महिलाको बद्लिदो भूमिकालाई नकारेर केवल हिंसा र पारिवारिक भूमिकामा मात्र प्रस्तुत गरिनु अन्यायपूर्ण छ । र यसले महिलालाई धेरैजसो पीडितको आखाँले हेर्ने गरेको तथ्यालाई अगाडि सारेको छ ।
  • विगतमाझैं यसपटक पनि नेपाली मिडिया पुरुष प्रधान राजनीतिक शक्ति वरिपरि नै घुमिरहेको देखियो । ८० प्रतिशत भन्दा बढी स्थान राजनीतिसँग सम्बन्धित समाचारले ओगटेको छ । महिलाका जीवनसँग प्रतक्ष्य जोडिएको विषयहरु जस्तो शिक्षा, स्वास्थ्य, सामाजिक न्याय आदिले राजनीतिको तुलनामा प्राथमिकतामा नै परेका छैनन ।
  • प्रतिवेदनले एउटा गम्भीर निष्कर्ष के निकालेको छ,  नेपाली समाजमा लैंगिक हिंसा एउटा प्रमुख समस्याको रुपमा भएपनि, अनुगमन गरिएको दिन कुनै पनि संचारमाध्यमले यस विषयलाई प्राथमिकता दिएनन् । चाहे त्यो छापा, रेडियो, टिभीमा समेत यस विषयले स्थान पाएन । जब हिंसाको समाचार आउछन्, महिलाहरुलाई विज्ञ वा नेतृत्वकर्ताको रुपमा नभएर केवल पीडितको रुपमा मात्र प्रस्तुत गर्ने गरेको तथ्यलाई अगाडी सारेको छ ।
  • सञ्चार माध्यममा महिला रिपोर्टरहरूको संख्या बढेर ४१ प्रतिशत पुगेको भएपनि समाचारको मुख्य स्रोतका रूपमा महिलालाई उभ्याउने प्रयास अझै पर्याप्त छैन।
  • रेडियो, टेलिभिजन र पत्रपत्रिकामा लैंगिक संवेदनशील रिपोर्टिगको अवस्था पनि त्यति राम्रो छैन । टेलिभिजन २५ प्रतिशत का साथ अगाडि देखिएको छ भने पत्रपत्रिका २० प्रतिशत र रेडियो केवल १५ प्रतिशत मा खुम्चिएको छ ।
  • त्यस्तै गरेर नेपाली संचारमाध्यमले समाचारमा महिला र पुरुषको भूमिकालाई लिएर गरिने रुढिवादी चित्रण Gender Stereotypes परिवर्तन हुन सकेको छैन । देशभरका केवल ३-४ प्रतिशत समाचारले मात्र यस्ता रुढिवादी सोँचलाई चुनौती दिएको पाईएको छ ।

पुरा रिपोर्ट हेर्न यो लिंक खोल्नुहोस् ।

https://whomakesthenews.org/wp-content/uploads/2026/01/GMMP2025-NationalReport-Nepal.pdf


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय समाचार
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता  
भोटेकोशी बाढीः ४ हजार बढी अझै बेपत्ता   सोमबार, भदौ २९, २०८३
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित
जसपा नेपाल लुम्बिनीका चारजना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित शनिबार, भदौ २०, २०८३
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट)
भोटेकोशी बाढीपछि खोजी–उद्धार तीव्र, ९७४ शव फेला (अपडेट) मंगलबार, भदौ १६, २०८३
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान
बाढीमा ज्यान गुमाउनेको संख्या ५९७ पुग्यो, करिव २ हजार सम्पर्कबिहिन, करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला बिहीबार, भदौ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्