Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ताजा र स्वादिलो माछा यसरी चिन्ने
ताजा र स्वादिलो माछा यसरी चिन्ने
नेपाली चेली
नेपाली चेली बिहीबार, फागुन ११, २०७९
फाइल फोटो

माछा कम्ता स्वादिलो हुन्न । त्यसमाथि यसका अनेक परिकार बनाउन सकिन्छ । तारेर, उसिनेर, झोल हालेर, साँधेर । तपाईंले आफ्नो मर्जीअनुसार स्वाद फेर्न सक्नुहुन्छ ।

बजारमा माछा पनि थरीथरीका पाइन्छन् । सहरी क्षेत्रमा जिउँदो तथा मरेको (बिक्रीयोग्य) माछा राखिएको हुन्छ । त्यसमध्ये कुन माछा ताजा हो ? कुन जातको माछा स्वादिलो हो ? हेक्का नहुन सक्छ ।

हामीकहाँ व्यावसायिक माछा पालन गरिएको छ, जहाँबाट बजारमा माछा आपूर्ति हुन्छ । तर नेपालमा हुने व्यावसायिक माछापालनले मात्र नेपालमा हुने माछाको मागलाई पूरा गर्न सक्दैन । त्यसैले भारतलगायत विभिन्न देशबाट पनि माछा आयात गरिन्छ ।

ताजा माछा चिन्ने तरिका

 

लामो समयदेखि मरेको वा मारेको माछा हामी बजारमा पाउँछौं । यस्तोमा ताजा राम्रो माछा पहिचान गर्न मुख्य तीन कुरामा ध्यान दिनुपर्छ ।

१. ताजा माछा पहिचान गर्न त्यसलाई नजिकबाट हेर्दा नियाल्नुपर्छ । त्यसको आँखा चम्किलो छ र शरीर पनि चिल्लो हुन्छ । लामो समयदेखि मरेको माछाको आँखा सेतो र भित्र गढेको हुन्छ ।

२. गन्धबाट पनि ताजा माछा पहिचान गर्न सकिन्छ । निकै समयअघि मरेको माछाको गन्ध एकदमै नराम्रो कुहिएको हुन्छ ।

३. माछाको गिल्सबाट पनि ताजा हो कि होइन पत्ता लगाउन सकिन्छ । ताजा माछाको गिल्सको रंग रातो हुन्छ भने पुरानो माछाको गिल्स सेतो हुन्छ ।

फर्मालिन जस्तो रसायन मिसाएको पो छ कि ?

मरेको माछालाई ताजा राख्न हानिकारक रसायन मिसाइएको छ कि छैन भन्ने कुरा प्रयोगशालामा परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ  । आम उपभोक्ताले भने यो कुरा थाहा पाउन सक्दैनन् । तर त्यस्तो हानिकारक रसायन नै राखिएको भने पाइएको छैन ।

यसरी लामो समय भण्डारण गरिन्छ

मरेका माछालाई विदेशबाट आयात गर्दा ‘फ्रोजन’ चिसो ठाउँमा राखेर र ‘थर्माकोल’ आइस नपग्लिने कार्टुनमा राखेर ल्याएको हुन्छ । माछालाई भण्डारण गर्दा आइस तथा चिसो फ्रिजमा राखिएको हुन्छ । जसले गर्दा माछा ताजा रहन्छ र खानयोग्य हुन्छ ।

बजारमा पाइन्छन् यस्ता माछा

बजारमा पाइने माछा मुख्यतः सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, कमन कार्पलगायत हुन् । साथै रहु, नैनी, भ्याकुर, रेन्बोट्राउट, भोटी बाम सिद्रा आदि जातका पनि माछा पाइन्छन् ।

सिल्भर कार्प, विगहेड कार्प, कमन कार्प, भ्याकुर, रहु, नैनी र रेन्बोट्राउट नेपालमै उत्पादन हुन्छन् ।

काँडा कम भएको माछा कुन हो ?

पंगास माछा र रेन्बोट्राउट शरीरमा कम काँडा भएको र व्यावसायिक रूपमा धेरै उत्पादन हुने माछा हुन् । तुलनात्मक रूपमा कम काँडा हुने माछा कमन कार्प र विगहेड कार्प पनि हुन् ।

सानो कि ठूलो माछा किन्नु उचित ?

पोषणको हिसाबले हेर्दा साना माछा खानु उचित हुन्छ । साना माछामा टाउकोदेखि पुच्छरसम्म पोषक तत्त्व रहेको हुन्छ । मासुको मात्रा बढी रुचाउनेहरूको लागि भने ठूलो माछा किन्नु राम्रो हो ।

माछामा पाइने पोषक तत्त्व

माछा ओमेगा-३ फ्याटी एसिडको एकदमै राम्रो स्रोत हो । माछा प्रोटिनयुक्त हुनुका साथै यसमा चिल्लोपन कम हुन्छ । स्वस्थ शरीरको लागि आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व माछामा पाइन्छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:५४
#माछा
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्