Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सर्पको टोकाइबाट कसरी बच्ने बच्ने उपाय ?
सर्पको टोकाइबाट कसरी बच्ने बच्ने उपाय ?
नेपाली चेली
नेपाली चेली मंगलबार, चैत २१, २०७९
फाईल फोटो

गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्छ । सर्पको टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न उपाय अपनाउन सकिन्छ ।

सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिन्छ । साथै घरआँगन सफासुग्घर राख्ने, घरमा लिपपोत गर्दा वा घाँस दाउरा गर्दा ध्यान पुर्‍याउने गर्दा सर्पको टोकाइबाट बच्न सकिन्छ ।

 

सर्पले कहाँ कहाँ टोक्न सक्छ ?

नेपालमा धेरैजसो शरीरको तल्लो भागमा टोकेको देखिन्छ । गाउँघरमा खेतबारीमा काम गर्दा अचानक सर्पले टोकेको हुन सक्छ । खुट्टा र हातमा टोकेको बढी भेटिन्छ । सर्पले शरीरको जुनसुकै ठाउँमा टोक्न सक्छ ।

कस्तो सर्पले टोक्न सक्छ ?

सबै प्रजातिका सर्पले टोक्छन् तर त्यसमध्ये विषालु र विषरहित भन्ने हुन्छ । विषरहित सर्पले टोके शरीरमा कुनै किसिमको हानि हुँदैन । तर सर्वसाधारणलाई थाहा नभएका कारण सबै सर्प विषालु नै सम्झिन्छन् ।

नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपर लगायत । तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु भएको पाइन्छ । त्यस्तै करेत सर्पले विशेषगरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइने विज्ञ बताउँछन् ।

सर्पले टोकेको कसरी थाहा हुन्छ ?

सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ ।

भाइपर सर्पको दाँत सानो हुने भएकाले त्यसले टोकेको ठाउँमा दुईवटा दाँतको डाम नदेखिन पनि सक्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ ।

सर्पले टोकेपछि देखिने लक्षण

-बान्ता हुने

-रिंगटा लाग्ने

-आँखा लटपटिने हुने

-आँखा धमिलो हुने

-सर्पले टोकेको ठाउँ सुन्निने, निलो डाम हुने

-जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने

प्राथमिक उपचार

गाउँघरमा हिजोआज पनि सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँभन्दा अलि माथि कपडाले वा अरु कुनै वस्तुले कसिलो गरी बाँध्ने, सर्पले टोकेको ठाउँमा मुखले चुसेर विष निकाल्ने, धारिलो चीजले काटेर विष मिसिएको रगत फाल्ने जस्ता घरेलु उपचार गर्ने गरिन्छ । जुन एकदमै गलत हो । यसले फाइदा भन्दा पनि हानि पुर्‍याउँछ ।

यसको प्राथमिक उपचारमा सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँमा ब्यान्डेज वा सफा कडाले बाँड्ने र त्यसपछि तुरुन्तै नजिकैको अस्पतालमा गएर उपचार गराइहाल्नुपर्छ ।

सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्‍याउने ?

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्‍याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ ।

सर्पले टोकेको व्यक्तिलाई के खान दिने, के नदिने ?

सर्पले टोकेको व्यक्तिले विष ननिकालेसम्म केही खान दिनु हुँदैन ।

सर्प टोकेको उपचारमा खर्च कति ?

एन्टी स्नेक भेनम नामक औषधिमार्फत सर्पले टोकेको उपचार हुन्छ । यो औषधि सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।

(देवकोटा सर्प विशेषज्ञ हुन् । उनीसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)


प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्