Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • आज आमाको मुख हेर्ने दिन
आज आमाको मुख हेर्ने दिन
नेपाली चेली
नेपाली चेली बिहीबार, वैशाख ७, २०८०
प्रतिकरात्मक फोटो

आज वैशाख कृष्ण पक्षको औँसी ,आमाको मुख हेर्ने दिन अर्थात् माता तीर्थ औँसी देशभर मनाइदैं छ ।

तीर्थ औँसीलाई देवलोक, पितृ लोक र पृथ्वी लोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।


 शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

कसरी मनाइन्छ माता तीर्थ औँसी 
आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

आजको दिन किन लाग्दछ थानकोटको माता तीर्थमा मेला 
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले माता तीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए ।

गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेक मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धा स्वरूप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ११:१६
#कृष्ण पक्षऔँसी
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
तीजको दरः आडिलो र दरिलो खानेकुरा
तीजको दरः आडिलो र दरिलो खानेकुरा सोमबार, भदौ ९, २०८२
आज कृष्ण जन्माष्टमी: हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे
आज कृष्ण जन्माष्टमी: हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे शनिबार, साउन ३१, २०८२
नवलपरासी सुनवलमा देशकै पहिलो  ‘भजन घर’ स्थापना 
नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना  शनिबार, साउन १७, २०८२
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा  बिहीबार, साउन ८, २०८२
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता शनिबार, जेठ १०, २०८२
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै  
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै   मंगलबार, जेठ ६, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्