Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गर्भपतन र गर्भपतनको वर्तमान अवस्था: अन्जनी श्रेष्ठ
गर्भपतन र गर्भपतनको वर्तमान अवस्था: अन्जनी श्रेष्ठ
नेपाली चेली
नेपाली चेली सोमबार, जेठ २२, २०८०

गर्भपतन भनेको के हो ? 

  • गर्भमा रहेको भु्रर्ण वा बच्चा विभिन्न कारणले गर्दा गर्भाशयबाट बाहिर निस्कनुलाई नै गर्भपतन भनिन्छ ।
  • विश्व स्वास्थ्य संगठनले (WHO) दिएको परिभाषा अनुसार “महिनावारी रोकिएको पहिलो दिनदेखि गर्भरहेकाे २२ हप्ता भित्र गर्भ खेर गएमा वा तुहिएमा गर्भपतन भएको मानिन्छ ।
  • नेपालमा विभिन्न भागमा गर्भपतनलाई गर्भपात हुनु, गर्भ तुहिनु, अधिग्रो जानु, अधकल्चो जानु आदि शब्द प्रयोग गरिन्छ ।

गर्भपतनका किसिम वा प्रकारः–
१. प्राकृतिक गर्भपतन
      गर्भवती महिलालाई स्वास्थ्य सम्बन्धी कुनै समस्या वा रोग भएमा अथवा भु्रणमा कुनै किसिमको खराबी भएर गर्भखेर जानुलाई प्राकृतिक गर्भपतन भनिन्छ । कुल गर्भवती महिलामध्ये करिब १५ प्रतिशत महिलाको गर्भ आफै खेर जाने गरेको पाइएको छ ।

प्राकृतिक गर्भपतनका कारणहरुः

  • गर्भमा नै रोगले भ्रुण या बच्चा बिग्रनु वा मर्नु ।
  • प्रजनन मार्गमा संक्रमण तथा यौन रोग लाग्नु ।
  • दुर्घटनामा परी पाठेघरमा चोचपटक लाग्नु ।
  • मानसिक तनाव वा चिन्ता हुनु ।
  • लामो समयको यात्रा गर्नु ।
  • दम्पतीबीच रक्त समुह नमिल्नु ।
  • कुनै रोग उपचारको लागि औषधी सेवन गर्नु ।

२. कृत्रिम गर्भपतन
गर्भवती महिलाको आफ्नो इच्छा वा कसैको दवाबबाट अन्य औषधी वा औजार प्रयोग गरेर गरिने गर्भपतनलाई कृतिम गर्भपतन भनिन्छ । अथवा अनिच्छित गर्भ रहन गएमा जानाजानी गर्भ तुहाउनेलाई पनि कृत्रिम गर्भपतन भनिन्छ ।

कृत्रिम गर्भपतनका कारणहरु

  • अनिच्छित गर्भ भएमा ।
  • परिवार नियोजन साधनको अनियमित प्रयोग र साधन असफल भएमा ।
  • अविवाहित युवतीहरुमा साधनको बारेमा राम्ररी थाहा नभएर गर्भ रहेमा ।
  • असामान्य अवस्थाको गर्भ रहेमा ।
  • गर्भ रहेको कारणले आमाको स्वास्थ्यमा जोखिम अवस्था आएमा ।

कृत्रिम गर्भपतनका प्रकारहरु
१. असुरक्षित गर्भपतन
      तालिम नलिएका र मान्यता प्राप्त नगरेका स्वास्थ्य केन्द्रबाट अदक्ष स्वास्थ्यकर्मी वा अन्य व्यक्तिबाट गर्भपतन गराइन्छ भने त्यसलाई असुरक्षित गर्भपतन भनिन्छ । जुन गर्भपतनले महिलाको स्वास्थ्यमा हानी पु¥याउने हुने हुन्छ । कुल मातृमृत्युको १३% महिला असुरक्षित गर्भपतनको कारणले मर्ने गर्दछन् ।

असुरक्षित गर्भपतनबाट देखिन सक्ने असरहरु

तत्कालिन असरहरु

  • पूर्ण रुपमा गर्भपतन नहुनु ।
  • अत्यधिक रक्त श्राव
  • पाठेघरमा प्वाल पर्ने र सक्रमण 
  • बेहोस हुने, मानसिक तनाव बढ्ने ।
  • उपचारमा बढी खर्च हुने ।
  • मृत्यु हुने ।

दीर्घकालीन असरहरु

  • जीवनभर तल्लो पेट दुखि रहने ।
  • बाँझोपन आउने ।
  • गर्भ तुहि रहने ।
  • डिम्बबाहीनी नलीमा गर्भ रहने ।
  • उपचारमा बढी खर्च हुने ।
  • महिलाको ज्यान जाने ।
  • असुरक्षित गर्भपतनले मातृमृत्यु दर बढाउने । 

२. सुरक्षित गर्भपतन
      सुचिकृत स्वास्थ्य संस्थामा सुचिकृत वा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।
सुरक्षित गर्भपतन २ तरीकाबाट गर्न सकिन्छ ।
१. औषधिबाट १० हप्तासम्म
२. औजारबाट १२ हप्तासम्म

सुरक्षित गर्भपतन सम्बन्धित विधमान कानुनी व्यवस्था ।
       मुलुकी ऐन ज्यान सम्बन्धी महलको २८ ख अनुसार देहायको अवस्थामा नेपाल सरकारले तोके बमोजिमको प्रक्रिया अपनाई निर्धारित योग्यता पूरा गरेका सूचिकृत स्वास्थ्य संस्थाबाट सूचीकृत स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन गराउन पाइने व्यवस्था गरेको छ ।

गर्भपतन गर्न पाइने कानुनी व्यवस्था 

  • महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गर्न मिल्ने ।
  • जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भपतन गर्न मिल्ने ।
  • गर्भको कारणले महिलाको ज्यान जोखिममा पर्ने अवस्था भएमा वा गर्भमा रहेको भ्रुण कलाङ्ग (असामान्य) भएमा जुनसुकै समयमा मान्यता प्राप्त डाक्टरको राय अनुसार गर्भपतन गर्न पाइने ।

 

गर्भपतन गर्न नपाइने अवस्थाहरु

  • गर्भवती महिलाको मञ्जुरी बिना गर्भपतन गर्न नपाईने ।  
  • भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गराउन नपाईने । त्यसकारण सूचिकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट दिएको गर्भपतन सेवा गैरकानुनी हुने हुँदा सेवा प्रदायक नै संजायको भागिदार बन्न सक्छन् ।

गर्भपतनको वर्तमान अवस्थाः–

  • नेपाल सरकारले मान्यता प्राप्त सूचिकृत स्वास्थ्य संस्थामा १२ हप्ता भित्रको गर्भपतन गर्न हाल हेल्थपोष्ट, सरकारी अस्पताल, नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्स सेन्टरबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ । 
  • नेपाल परिवार नियोजन संघ पश्चिम नवलपरासीबाट चालु आर्थिक बर्ष २०७९।२०८० को बैशाख मसान्तसम्म सुरक्षित गर्भपतन सेवा लिनेको संख्या ५८० जना रहेको छ । जस मध्ये ५०२ जनाले औषधीबाट गर्भपतन र ७८ जनाले औजारबाट सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ्ग रहेको छ भने पूर्ण गोपनियता व्यवस्था गरिएको छ । 
  • अहिले औषधीबाट पनि गर्भपतनको सुविधा लिन सकिन्छ तर दर्ता नभएका औषधी पसलबाट औषधी किनेर खाँदा जटिलता देखिएको छ तसर्थ सुचिकृत नभएका पसलबाट औषधी लिनु हुदैन । साथै औषधीबाट गरिने गर्भपतनको समय १० हप्ताभित्रसम्म दिन सकिने व्यवस्था रहेको छ । 
  • उमेरको हदबन्दीमा १८ वर्ष भन्दा कम उमेरको महिला वा केटीहरुमा गर्भपतनकोलागि १ जना साक्षी अनिवार्य गरिएको छ । नेपाल परिवार नियोजन संघमा पहिलाको तुलनामा गर्भपतन गराउने महिलाको संख्या घटेको छ र औषधिबाटे गर्भपतन रोज्नेको संख्या भने बढेको छ ।

                                                                        — अन्जनी श्रेष्ठ, कार्यरत नेपाल परिवार नियाेजन स‌घ परासी 


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:४४
#गर्भपतन के हाे?
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्