Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अन्तर्राष्ट्रिय स्तरमै नाम परिचित गराउने खेलाडी जन्माएको थलोमा खेलकूदका गतिविधि र बजेट न्यून
अन्तर्राष्ट्रिय स्तरमै नाम परिचित गराउने खेलाडी जन्माएको थलोमा खेलकूदका गतिविधि र बजेट न्यून
नेपाली चेली
नेपाली चेली मंगलबार, असोज ९, २०८०

प्रमोद अर्याल । बर्दघाट, ९ असोज 

वर्षमा हुने एकाध प्रतियोगिता बाहेक क्षमतावान खेलाडी छनौटकालागि बर्दघाट नगरपालिकामा कुनै विशेष कार्यक्रम हुने गरेका छैनन् । जिल्लाको प्रतिनिधित्व गर्दै अन्यत्र हुने प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न मुख्य भूमिका स्थानीय पालिकाको हो तर पालिकाले आफ्नो पालिका भित्रका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरुलाई उचित तालिमको ब्यवस्था र खेलेरै पनि सहज जीवनयापन गर्न सकिन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नु पर्छ । 

स्थानीयस्तरमा खेलकुदको विकास गर्ने उद्देश्यले बर्दघाट नगरपालिकाले करिव १ वर्ष पहिले दिपक थापाको अध्यक्षतामा बर्दघाट नगर खेलकुद विकास समिति गठन गरेको थियो । लामो समयको रस्साकस्सीपछि अध्यक्ष बन्नु भएका थापाले १३ सदस्यीय समितिको नेतृत्व गरिरहनु भएको छ । 

तर समितिको सक्रियतामा नगरस्तरीय फूटवल प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनु बाहेक अन्य खेलकुद गतिविधि भने हुन सकेका छैनन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका खेलाडीहरु फूटवलका बिमल घर्ती मगर र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, विश्वकप क्रिकेट अण्डर १९ का दिपक डुम्रे बर्दघाट नगरबासी हुन् । आफ्नै बलबुतामा खेलक्षेत्रको शिखरमा पुगेका यी खेलाडीहरुले स्थानीय सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको कुरा केही समयअघि पँक्तिकारसँग भएको कुराकानीका क्रममा बताउनुले पनि खेलक्षेत्र स्थानीय तहमा उपेक्षित रहेको दर्शाउँछ ।

बर्दघाट नगरपालिकामा खेलकूदको विकास गर्ने उद्देश्यले खेल मैदानहरुलाई ब्यवस्थित र सरक्षित गरी रङ्गशालाको रुपमा परिणत गर्दै लैजानु पर्छ भन्ने मान्यता राखेपनि सो अनुरुप काम अघि बढ्न सकेको छैन । अहिले इन्डोर खेलको लागि वडा नम्बर ४ र १२ मा २ वटा कभर्डहल सञ्चालनमा रहेका छन् । बर्दघाटमा निकै लोकप्रिय रहेको फूटवल खेलको लागि वडा नम्बर १६ मा रहेको खेल मैदानलाई सूर्यनगर रङ्गशाला नामाकरण गरी स्तरोन्नती भएपनि न्युन बजेटका कारण मैदान ब्यवस्थित हुन सकेको छैन । वडा नम्बर ४ मा रहेको क्याम्पाचौर खेल मैदानको डिपिआर तयार पारी रङ्गशाला निर्माण गर्ने यसअघिको स्थानीय सरकारको योजनाले निरन्तरता पाउन सकेको छैन ।

स्थानीय सरकारले खेलकुुदको विकासको लागि न्यून बजेट विनियोजन गर्दा प्रतियोगिता सञ्चालन गरी क्षमतावान खेलाडी पहिचान गर्न गाह्रो भएको नगर अध्यक्ष थापाको भनाई छ । बर्दघाट नगरपालिकाले यस आर्थिक वर्षका लागि खेलकूदका सबै क्षेत्र समेट्न २५ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ ।
बर्दघाट नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले कार्यविधि तयार पारेको र सोही कार्यविधि अनुसार खेलकूदका समेत काम अघि बढेको शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो । शिक्षा शाखा स्वंयले कार्यक्रम गर्ने भन्दा पनि नगरमा गठीत नगर खेलकूद विकास समिति मार्फत कार्यक्रमहरु सञ्चालन हुँदै आएको शाखा प्रमुख पन्थीको भनाई छ ।

नगर खेलकूद विकास समितिका अध्यक्ष थापाले नगरमा रहेका क्षमतावान कुनै पनि विधाको खेलाडी पहिचान गरी उनीहरुलाई तालिमको ब्यवस्था गर्ने र नियमित अभ्यासको वातावरण मिलाउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनु भयो । पालिका बाहिर वा जिल्ला बाहिर हुने प्रतियोगिताको लागि खेलाडी छनौट, उनीहरुलाई प्रतियोगितामा सहभागिता गराउँदा लाग्ने खर्च नगरले छुट्याएको बजेटले नपुग्ने अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार “जिल्ला बाहिर खेल खेलाउन लैजाँदा यातायात, जर्सि र खानबस्नमा ठूलो खर्च लाग्छ तर नगरले न्यून बजेट मात्र निकासा गरिदिँदा आर्थिक समस्या पर्ने गरेको छ ।” खेलक्षेत्रमा बजेट विनियोजन गर्न कन्ज्युस्याँइ गर्ने, कुनै पनि खेल क्लव वा सँगठनहरुले आयोजना गर्दछौँ भनेर नगरमा पुग्दा बजेट अभाव देखाइनु सामान्य भएपनि नगरका खेलाडीले कुनै ठूलो सफलता हात पार्दा हाम्रो नगरका खेलाडी भनेर गर्विलो बन्न स्थानीय सरकार भने अग्रसर रहेको देखिन्छ । 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:५३
#BardhghatMUN
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो आइतबार, जेठ १७, २०८३
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै   बुधबार, जेठ ६, २०८३
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा मंगलबार, वैशाख ८, २०८३
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित) 
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित)  बुधबार, फागुन १३, २०८२
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्