Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • सनातन संस्कृति महिलाद्वेषी छैन 
संक्षिप्त सांस्कृतिक विमर्श  सनातन संस्कृति महिलाद्वेषी छैन 
नेपाली चेली
नेपाली चेली बुधबार, असोज १६, २०८१

अहिले सोह्रश्राद्ध भनिने पितृपक्ष सकिनै लागेको छ । प्रसङ्ग सोह्रश्राद्धको थियोे । मैले श्राद्ध र सोह्रश्राद्धका बारेमा संक्षेपमा बताउँदै थिएँ । कुरै कुरामा एकजना महिला साथीले फ्याट्ट सोधिहाल्नुभयो, ‘यो सोह्रश्राद्ध महिलाका लागि  किन नभएको होला ?’ कुरा गम्भीर थियोे । यसरी हेर्दा मरेपछि पनि महिलाप्रति विभेद र अपमान हो । तर के संसारका यति धेरै हिन्दु सनातनीहरूको संस्कृति महिलाद्वेषि नै छ त ?

हाम्रो श्राद्धबारे बहस छोटोमै टुङ्गियो, तर समाजमा त यो कुरा सन्सनी छ । समाजमा त यो विषय बहसमा नै छ । त्यसलाई बुझ्न सजिलो हुने गरी प्रस्तुत हुन आवश्यक छ । बहसमा उठेका विषय यस टिपोटमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

केही वर्ष पहिले मेरो मनमा पनि हिन्दु सनातन संस्कृति कतै महिलाद्वेषी नै पो छ कि भन्ने लागेको थियो । तर, अहिले मेरो निष्कर्षमा परिवर्तन आएको छ ।  समाज कस्तो छ, मैले भनिरहन परेन । समाजमा महिलाहरूको अवस्थाबारे मैले केही लेख्न आवश्यक छैन, किनभने त्यो हामी सबैका सामु छर्लङ्ग छ । यसका लागि केही पुराना धार्मिक पुस्तकहरूको सहारा लिएँ । समाजशास्त्री÷मानवशास्त्रीहरूका विश्लेषण पढेँ । तिनीहरूलाई समयसापेक्ष भएर बुझ्न प्रयत्न गरेँ । यसो गर्दा अहिलेको अवस्थामा नमिलेका सकारात्मक र नकारात्मक दुबै कुरा देखा परे । मेरो निष्कर्ष के हो भने उतिबेलालाई उतिबेलाकै आँखाले र अहिलेकालाई अहिलेकै आँखाले हेर्ने र मस्तिष्कले विश्लेषण गर्दा मात्र उचित निष्कर्षमा पुग्न सकिन्छ । 

समाज अहिलेजस्तो पक्कै थिएन । यहाँ मानिसलाई सत्ताबारे जानकारी हुनुअघि आदिम साम्यवादी समाज (सामुदायिक समाज) थियोे । यहाँ कहिले मातृसत्ता थियोे र समाज मातृसत्तात्मक थियो । अहिले हामी जे जस्तो सामाजिक अवस्था देखिभोगिरहेका छौँ, प्रायः युद्ध, सड्घर्ष, जित, हारका पूर्वप्रसड्गसँग जोडिएका छन् । यसमा पुरुष पितृहरूको श्राद्ध गर्ने विषय मात्र छैन, यसमा मातृशक्तिको सम्मानको विषय पनि छ । 

मानव समाजको इतिहास सङ्घर्षै सङ्घर्षको इतिहास हो । मानव जातिले प्रकृतिसँग सङ्घर्ष गरेको छ, प्रकृतिको महत्व बुझेको छ । पशुप्राणीहरूको भोजन गरेको छ र यिनीहरूको महत्व पनि बुझेको छ । महत्त्व बुझेर नै पूजा गरेको छ । बुझेर नै लडाइँ गरेको छ र जय पराजय भोगेको छ । वास्तवमा विभेदको कारण शक्ति, जय, पराजय नै हो । जित्ने पूजित भए, पराजित पूजक भए । तर, सधै यस्तो रहेन, जय पराजयभन्दा पर समन्वय र प्रवन्धहरू पनि विकास भए । कुनै कुरा छोडिन्छ भने त्यका नकारात्मक कारणले छोडिन्छ र कुनै कुरा अपनाइन्छ भने त्यसको सबलताका कारणले अपनाइन्छ । कहिलेकाँहिँ सहजताका कारणले पनि यसो गरिएको हुन सक्दछ । 

जसरी वसन्त ऋतुको भन्नका लागि ‘वासन्ती’ भनिन्छ, प्रसङ्गसँग मिलेको भन्नका लागि ‘प्रासङ्गीक’ भनिन्छ, गृहस्थसँग सम्बन्धितलाई ‘गार्हस्थ’ भनिन्छ, त्यसैगरी श्रद्धापूर्वक गरिनु÷नेलाई ‘श्राद्ध’ भनिन्छ । तर, पछिल्लो समयमा यो शब्द मृत्यु भइसकेका व्यक्तिहरूका नाममा गरिने आयोजनलाई बुझाउने गरी प्रयोग र प्रचलनमा छ । 

विधि र प्रक्रिया भिन्नभिन्न छन्, तर निष्कर्ष एउटै हो— जीवित छँदा गरिने सेवा र सम्मान मरेपछि सम्मानमा मात्र सीमित रहन्छ अर्थात् आफ्नो पूर्वजहरूप्रतिको सम्मान उनीहरू मरेपछि पनि गर्नु पर्दछ । यसो गर्नाले कृतज्ञताको भाव जीवित रहन्छ, विगतप्रति सम्मान गर्ने संस्कृति कायम रहन्छ । कसरी गर्ने, कति गर्ने, के के गर्ने भन्ने विषय समयसापेक्ष हुन् । एकरूपताका लागि केही नीति, विधि, प्रक्रिया बनाइयो, त्यसलाई प्रचलनमा ल्याइयो । मूल पक्ष नमासेर सच्याउन सकिन्छ, सक्नुपर्दछ । नयाँ नगर्ने, नयाँ विकल्प ल्याउन र स्थापित गर्न नसक्ने, पुरानाको दोहोलो काड्ने प्रवृत्ति नकारात्मक र कायर प्रवृत्ति हो । 

जहाँसम्म महिलाको सोह्रश्राद्धको विषय छ, यसको प्रवन्ध गरिँदै नगरिएको होइन रहेछ, गरिएको रहेछ । यस दिनलाई अविधवा नवमी वा मातृनवमी भनिदोरहेछ । 
धर्मसिन्धुसारमा लेखिएको छः जीवत्पितृकेण मृतमातृकेणानुपनीतेनापि मात्रादित्रितयमात्रोद्देशेनैकपार्वकं पुरूरवार्द्रवदेवसहितं सपिण्डकं श्राद्धं कार्यम् ......अर्थात् बाबु जीवित रहेका तर आमा मरेका व्रतबन्ध नभएका समेत सबै व्यक्तिले आमा, हजुरआमा र जिजुहजुरआमा (बुढी हजुरआमा) मात्रलाई लक्षित गरेर पिण्डसहितको एउटा पार्वण श्राद्ध पितृपक्षको नवमी (मातृनवमी) का दिन गर्नुपर्छ । यस श्राद्धमा पुरूरवा, आद्रव नामक देवता(विश्वेदेव) हुन्छन् । 

थप भनिएको छ- स्वमातरि जीवित्यां मृतसापत्नमात्रादित्रयोद्देशेन कार्यम्...अर्थात् आफ्नी आमा जीवित छन् र सौतेनी आमा बाबु जीवित छँदै मरेका छन् भने ती सौताने आमा, हजुरआमा र जिजुहजुरआमा लक्षित गरी श्राद्ध गर्नुपर्छ । 

यसमा अरु उल्लेख छ- अत्राविधवा नवमीश्राद्धे सुवासिनीनां प्रतिसाम्वत्सरिकश्राद्धादौ च सुवासिनीभोजनमपि कार्यम् अर्थात् यस अविधवा नवमीमा गरिने श्राद्धमा र सधवा नारीहरूको वार्षिक श्राद्धमा समेत सधवा युवतीलाई भोजन गराउनुपर्छ । मार्ककण्डेय ऋषिको वचनको रूपमा उल्लेख गरिएको छ- भर्तुरग्रे मृता नारी सहदाहेन वा मृता । तस्याः स्थाने नियुञ्जीत विप्रैः सह सुवासिनीम् अर्थात् पतिभन्दा पहिले मृत्यु भएकी र पतिसँगै सती गएर (डढेर—लेखक) मृत्यु भएकी नारीको श्राद्ध कर्ममा ब्राह्मणहरूसँगै एउटी सधवा युवतीलाई पनि सामेल गराउनुपर्छ इत्यादि । 

आ-आफ्ना संस्कृति अवलम्बन गरौँ, अरुकोलाई सम्मान गरौँ, सम्मान गर्न नसके गालीगलोज नगरौँ । आफ्नो संस्कृति, परम्परा, पद्धतिमा फेरबदल गर्न परे आफ्नै घरपरिवारबाट सुरु गरौँ ।

यी सबै विषय आजका मानिसहरूले बनाएनन्, प्राचीन प्रवन्ध नै हुन् । यी प्रवन्धहरूबारे मानिसहरूले जान्न प्रयत्न गरेनन् वा त्यस्तो वातावरण मिलेन । तर, जान्दै नजानी, बुझ्दै नबुझी कुनै प्रवन्ध, कुनै धर्म, कुनै संस्कृति, कुनै दर्शन, कुनै विचार, कुनै पद्धतिका बारेमा टिप्पणी गर्नु राम्रो हुँदैन । यही प्रवत्ति बढेर त हो कसैले कसैलाई नटेर्ने(अस्वीकार गर्ने), जे मनपरि बोल्ने, लेख्ने भएको, यसै भएर त हो सामाजिक अराजकता बढेको । 

माथि नै उल्लेख भएको कि श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । श्रद्धा, सम्मान, आदर गर्ने तरिका भिन्नाभिन्नै छन् । सम्मानको उच्चतम रूप पूजा हो । श्राद्ध पनि पूजा नै हो । पूजाका विधिका भिन्नतामा पञ्चोपचार, दशोपचार, शोडषोपचार आदि छन् । पत्र, पुष्प, फल, जल प्रदान गरेर गरिने पूजा पनि हुन्छ, भनिएको छ— पत्रं, पुष्पं, फलं, तोयं आदि लेखिएकै छ । यसो नगरेर सामान्य ढोगभेट गरेर पनि सम्मान व्यक्त गर्न सकिन्छ । 

सनातन संस्कृतिमा र सनातन संस्कृतिमा मात्र मातृशक्तिको सम्मानका लागि लामो समय र विधि प्रचलनमा छ, त्यो हो— सोह्रश्राद्धको लगत्तै आउने नवदुर्गा— नवरथा । यसलाई नवरात्रि पनि भनिन्छ । नवरत्न, नवरस, नवरन्ध्र आदि हामी सबैले सुन्दैआएका छौँ । नवदुर्गा भनेको नौवटी देवीहरूको समूह हो । यी नौ देवी हुन्— शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री । यिनीहरूका नामसँग श्रीमती, कुमारी, सुश्री जोडिएको छैन । यिनका फरकफरक विशेषता छन् । सबैका स्वरूप, परिधान, वाहन, आसन फरक फरक छन् । यी नौ देवीका कथाका क्रममा ठूलो युद्ध र विजयको कुरा थाहा पाइन्छ । 

दुर्गा शब्दको एउटा अर्थ दुर्गति नाश गर्ने हो भने अर्को अर्थ हो— दुर्गमा बस्ने । दुर्ग भनेको अत्यन्त कष्टसाथ पुग्न सकिने (सहजै पुग्न नसकिने) ठाउँ हो । दुर्ग भनेको युद्धको किल्ला हो । यसलाई अहिले कोट(कोत)का रूपमा बुझिन्छ । यसबाट दुर्गा भयङ्कर योद्धा थिइन् भन्ने बुझिन्छ । देवीभागवत कथामा यसबारे विस्तृत विवरण पढ्न पाइन्छ । यस्तो महिलामैत्री सांस्कृतिक परम्परालाई महिलाद्वेषी भएको आशङ्का नगरौँ, लाञ्छना नलगाऔँ । बरु संस्कृतिबारे बुझ्ने प्रयत्न गरौँ । 

यी नौ दिन जोडेर नै हो नि हाम्रो दसैँ बडादसैँ भएको । हामीले दसैँ मान्ने गरेका छौँ । तर, यसमा पनि कुन जातको, कुन समुदायको, कुन धर्मको आदि कुतर्कहरू गर्ने गरिएको पाइन्छ । देवी, देवता, ऋषिमुनि यी सबैका साझा हुन् । यिनीहरूका नामको अगाडि डाक्टर, इञ्जिनीयर, अधिवक्ता, पण्डित, स्वर्णकार, चर्मकार आदि केही लेखिएको छैन । यिनीहरूका नामको पछाडि शर्मा, वर्मा, विश्वकर्मा, घले, सुनुवार, बल, शाही, बस्नेत, श्रेष्ठ, महर्जन, उपाध्याय, गुप्ता, यादव, चौधरी, थापा, राना, शेर्पा, शेरचन आदि केही पनि लेखिएको छैन । यिनीहरूले आफूलाई हिन्दु, बौद्ध, इस्लाम, क्रिश्चियन आदि पनि भनाएनन् । 

त्यसैले हाम्रो सनातन संस्कृति लैङ्गिक, जातीय, क्षेत्रीय, धार्मिक आदि कुनै हिसाबले पनि विभेदकारी भएको देखिँदैन । मानिस मानिस बिचको लडाइँ झगडा र शक्ति सङ्घर्षबाट उब्जेका विभेदलाई संस्कृतिसँग हेर्नु बुद्धिमानी हुँदैन । 

आ-आफ्ना संस्कृति अवलम्बन गरौँ, अरुकोलाई सम्मान गरौँ, सम्मान गर्न नसके गालीगलोज नगरौँ । आफ्नो संस्कृति, परम्परा, पद्धतिमा फेरबदल गर्न परे आफ्नै घरपरिवारबाट सुरु गरौँ । जानेर, बुझेर गरे विज्ञान र नजानी नजानी लहैलहैमा लागेर गरे अन्धविश्वास ! सबैमा चेतना होस् !
                                                                         — घनश्याम कोइराला, संस्कृति अध्येता तथा अभियन्ता, काठमाडौँ 

Raju Arts new


प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्