Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजा, कथा
दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजा, कथा
नेपाली चेली
नेपाली चेली सोमबार, मंसिर १८, २०८०

जब कार दक्षिण दिल्लीको व्यस्त सडकमा एउटा उज्बेक पसलबाट गुज्रिरहेको हुन्छ, उज्बेकिस्तानकी अन्दिजानकी अफरोजाले आफूलाई बन्धक बनाएको फ्ल्याटसम्म पुग्ने सडकहरूको सम्झना गर्न थाल्छिन्।

अफरोजा जनवरी २०२२ मा दिल्ली पुगेकी थिइन्। उनलाई मानव तस्करले दुबई–नेपाल हुँदै दिल्ली ल्याएका थिए ।त्यहाँ उनलाई विभिन्न फ्ल्याट र होटलमा राखेर यौनजन्य काम गराउन बाध्य पारिएको थियो । दिल्ली पुलिस र गैरसरकारी संस्था ‘मानवता सशक्तिकरण’को एक अभियानपछि अगस्त २०२२ मा उनी त्यो दलदलबाट बाहिरिएकी थिइन् ।

अफरोजा त्यसबेलादेखि एनजीओको हेरचाहमा बस्दै आएकी छिन् र उज्वेकिस्तानबाट उनलाई दिल्ली ल्याएका मानव तस्करहरूविरुद्ध कानुनी लडाइँ लडिरहेकी छिन्। अफरोजालाई घरको नम्बर याद थिएन । तर उनको दिमागमा हिँडेको बाटो र बसेको घरको सम्झना थियो । आफूलाई पहिलो पटक दिल्लीमा राखिएको घरको खोलीमा उनी निकै भौतारिइन् । अन्नतः तिनै सम्झनाले उनलाई विभिन्न गल्ली हुँदै दिल्लीको नेब सरायस्थित एक अग्लो घर अघि पुर्‍यायो ।

हो, यही घर थियो जहाँ उनलाई पहिलोपटक नेपालबाट ल्याएपछि राखिएको थियो । उनका आँखा रसाए । उनको मुटुको धड्कन बढ्यो । उनी दौड्न थालिन् । तीव्र गतिमा भर्‍याङ्गका खुड्किला उनी चढ्दै थिइन् । उनको पाइला त्यहीं ढोका बाहिर गएर रोकियो, जुन ढोकाभित्रको कोठामा उनीमाथि अत्याचार भएको थियो ।

जब मलाई यहाँ ल्याइएको थियो त्यसअघि नै यहाँ पाँच जना युवती थिए । मलाई उज्बेकिस्तानबाट सुरुमा दुवई लगिएको थियो । त्यहाँबाट नेपाल र नेपालबाट सडकको बाटो दिल्ली ल्याइएको थियो । दिल्ली आइपुग्दा म एकदम गलेकी थिएँ । मलाई दुई दिन आराम गर्न दिइएको थियो,ुढोका अगाडि उभिएकी अफरोजाले मुख खोलिन् ।

दिल्ली आइपुगेपछिका सुरुवाती दृश्य उनको आँखा अगाडि घुमिरहेका थिए, मलाई शपिङ गर्न लगियो । गिफ्ट भनेर छोटा पोशाक दिइयो । दुई दिनपछि मलाई जबर्जस्ती यौनधन्दामा लाग्न बाध्य बनाइयो । गर्न नमान्दा मलाई कुटपिट गरियो ।ुउनी स्वास पनि नफेरी बोलिरहेकी थिइन्, ुदिल्ली आइपुगेपछिको केवल दुई दिनमात्र मैले आराम गर्न पाएँ । त्यसपछि एक दिन पनि मलाई आनन्दले बस्न दिइएन । कहिले कुनै फ्लाइटमा र कहिले कुनै होटलमा राखियो ।

मानव तस्करहरुले मध्य एसियाबाट हरेक वर्ष आकर्षक रोजजारीको प्रलोभन देखाई सयौं युवतीलाई नेपाल हुँदै भारत ल्याउने गर्छन् । र, भारतमा पुर्‍याएपछि उनीहरुलाई जबर्जस्ती यौनधन्दामा लगाउने गर्छन् । धेरैजसो युवतीलाई मेडिकल भिसा तथा टुरिस्ट भिसामा भारत लग्ने गरिन्छ ।अदालतमा दिएको बयानअनुसार अफरोजासँग सामाजिक सञ्जालमार्फत् सुरुमा मानव तस्करले सम्पर्क गरेका थिए । सुरुमा उनलाई दुवईमा रोजगारीको प्रस्ताव गरिएको थियो । त्यसअघि मानव तस्करले अफरोजाको बिरामी आमा र परिवारको खराब आर्थिक अवस्थाको बारेमा जानकारी लिइसकेका थिए ।

दुवईमा रोजगारीको प्रस्तावलाई मैले स्वीकारेको थिएँ । दिल्ली पुर्‍याउँदासम्म मलाई यस काम (यौनधन्दा)को लागि ल्याइएको भन्ने थाहा थिएन । यदि थोरै मात्र भेउ भाएको हुन्थें भने पनि म आउने थिइन, अफरोजा भन्छिन् । यौनधन्दा जस्तो गैरकानूनी काम अफरोजा जस्ता शोषित महिलाहरुको नियति सप्लाई, शोषण गर्ने दलाल र मानव तस्करको संगठित नेटवर्कबाट चल्ने गर्छ ।

मानव तस्करीका विरुद्ध काम गर्ने इम्पावरिङ्ग ह्युम्यानिटीका अध्यक्ष हेमन्त शर्माको प्रश्न छ, भारतमा अवैध तरिकाले प्रवेश गर्ने, भिसाको समय सकिएपछि पनि बस्नेहरु प्रहरी तथा जाँच एजेन्सीको नजरबाट कसरी जोगिन्छन् तस्करको फन्दामा परी मध्य एसियाबाट भारत आउने युवतीहरुको लागि ठूलो चुनौती यो छ कि उनीहरु एक त स्थानीय भाषा जान्दैनन् अर्को उनीहरुले चिनेको मान्छे यहाँ कोही पनि हुँदैन ।

मानव तस्करीको शिकार बनेका युवतिहरुसँगको कुराकानीपछि यो स्पष्ट हुन्छ( भारत ल्याएपछि उनीहरुको पासपोर्ट खोसिन्छ । उनीहरुलाई जेल पठाउनेसम्मको धम्की दिइन्छ । अनेक त्रास देखाइन्छ । अनि यौनधन्दामा लाग्न बाध्य पारिन्छ । अगष्ट २०२२ मा दिल्ली प्रहरीको कारवाहीपछि अफरोजालाई भारत ल्याउने मानव तस्कर अजीजा शेर फरार भएकी थिइन् । लामो प्रयासपछि दिल्ली प्रहरीले तुर्कमेनिस्तानमा बस्दै आएकी अजीजा शेर र उनको अफगानिस्तान मूलका पति शेरगेत अफगानलाई गोवाबाट पक्राउ गरेको थियो ।

प्रहरीको जाँचपछि खुल्यो– अजीजाको अन्य नाममा पनि भारतको पहिचान पत्र र बैंक खाता थियो । पूर्वी दिल्लीका डीसीपी अमृता गुलुगोथ भन्छन्, अजीजा घोषित अपराधी हुन् । उनलाई पक्राउ गर्न दिल्ली प्रहरीले एक वर्षदेखि प्रयास गरिरहेको थियो । विशेष अपरेसनपछि उनलाई गोवाबाट पक्राउ गर्न सफल भइयो ।

यो अभियानमा सहभागी रहेका मयूर विहार प्रहरी चौकीका सहायक एसएचओ प्रमोद कुमार र उनको टीमले २०० भन्दा बढी फोन नम्बर ट्रयाक गरेको थियो । अनि मात्र प्रहरी अजीजा शेरसम्म पुग्न सफल भएको थियो । उनीहरुलाई पक्राउ गर्न प्रहरीले गुप्तचर नेटवर्कको सहयोग पनि लिएको थियो । अफरोजा अजीजाको एक्लो शिकार थिइनन् । उनीजस्ता कयौं युवतीलाई अजीजाको जालबाट छुटाइएको थियो । तहमीमान यिनैमध्ये एक हुन् । सन् २०२० मा तहमीना दिल्ली आइपुगेकी थिइन् । उनलाई पनि आकर्षक रोजगारीको प्रलोभन देखाइएको थियो । दिल्ली ल्याएपछि उनलाई पनि जबर्जस्ती यौनधन्दामा लगाइएको थियो ।

तहमीनाको एक भिडियोको दिल्ली प्रहरीले जाँच गरिरहेको छ । भिडियोमा तहमीनामाथि नराम्रोसँग कुटपिट गरिएको छ । यो अगष्ट २०२२ भन्दा अगाडिको भिडियो हो । प्रहरीले अनुसन्धान गर्दा भेटिएको थियो । उक्त भिडियोको पुष्टि गर्दै तहमीना भन्छिन्, म बोस अजीजाको जालमा नराम्रोसँग फसेको थिएँ । एक पटक एक जना भलाद्मी ग्राहक म कहाँ आएका थिए र उनलाई मैलै यो जालबाट बाहिर निकाल्न गुहार मागेको थिएँ । उनी मलाई मद्दत गर्न अजीजा शेरसम्म पुगे । त्यसपछि मलाई एकदमै नराम्रोसँग कुटियो र भिडियो बनाइएको थियो । यो भिडियो बाँकी युवतीहरुलाई देखाइएको थियो ताकी उनीहरु डराउन्, उनी भन्छिन् ।

तहमीना विरुद्ध अहिले गुरुग्रामको अदालतमा मुद्दा चलिरहेको छ । उनीमाथि ओभर स्टे ९भिसाको समयभन्दा बढी बसेको० गरेको आरोप छ । मानव तस्करहरुले नै आफूमाथि मुद्दा लगाएको आरोप तहमीनाको छ । भारतबाट बाहिर जान नसकोस् भनेर उनीहरुले मुद्दा चलाएको बुझाई उनको छ । अजीजा शेर पक्राउ परेपछि तहमीनालाई थोरै भने पनि राहत मिलेको छ । यसअघि उनी हरेक पल डराएकी हुन्थिन् । “उनी (अजीजा) मलाई सधै डर देखाउँथिइन् । यति धेरै डर देखाइन् कि म अहिले पनि तर्सिन्छु । मलाई पिटेर भिडियो भाइरल बनाइयो ।” जबर्जस्ती यौनधन्दामा लाग्नुपर्दा तहमीनको स्वास्थ्य खराब भएको छ ।

उनले युटरसको अपरेसन गर्नुपर्‍यो । अस्पतालमा हुँदा उनलाई एक्लै छोडिएको थियो । जब उनी ठिक भइन् त्यसपछि फेरी उनलाई जबर्जस्ती यौनधन्दामा लाग्न बाध्य बनाइयो । तहमीना र अफरोजा जस्ता युवतीलाई कयौं पटक एकै दिन ६ देखि ९ जना ग्राहककहाँ जबर्जस्ती पठाउने गरिन्थ्यो ।दलाल र तस्करले उनीहरुलाई धन्दामा लगाए बापत दैनिक लाखौं रकम कमाउँथे । उक्त रकम पीडित युवतीलाई दिइदैनथ्यो, बरु तस्कर र दलालहरुले उनीहरुको नाममा ऋण भने थपिरहन्थे ।

मेरो आमा बिरामी हुनुहुन्छ । मलाई पैसाको एकदमै आवश्यकता थियो । तर मलाई एक रुपैयाँ पनि दिइएन । म नौ महिनासम्म बोसको कब्जामा रहें र उक्त समयमा मलाई पैसा दिइएन । सधैँ यही भनियो कि– तिमीमाथि अझै ऋण बाँकी छ,अफरोजाले भनिन् । अफरोजाले अगष्ट २०२२ मा भागेर उज्बेकिस्तानको दूतावास गई मद्दत माग्ने प्रयास गरेकी थिइन् । बन्दुक देखाई उनलाई दूतावास बाहिरबाट उठाएर ल्याइएको थियो । प्रहरीले अहिले यस घटनाको पनि छानबिन गरिरहेको छ ।
“जब म उनीहरुसँग पैसा माग्थें, तब यस्ता निसानाहरु पाउँथें,” अफरोजाले शरीरमा ब्लेडले काटेका र चुरोटले पोलेको दाग देखाइन् । अफरोजलाई मानव तस्करले जब नेपालको बाटो हुँदै ल्याएका थिए त्योभन्दा अघि नै तहमीना तस्करहरुको जामा परिसकेकी थिइन् ।

ुमेरो बोसले अलग अलग स्थानमा रोजगारीको प्रलोभन देखाउँदै युवतीहरुलाई सम्पर्क गर्थिन् । मैले चाहेर पनि अफरोजा जस्ता युवतीलाई सावधान गराउन सकिन । किनकी मेरो सामु यस्तो बाटो थिएन । पुराना युवतीलाई नयाँ युवतिबाट टाढा राखिन्छ,ु अन्य युवतीलाई सहयोग गर्न नसकेकोमा तहमीनालाई पछुतो छ ।मानव तस्करीका विरुद्ध काम गरिरहेका संस्थाहरुलाई लाग्छ भारतमा चुनौतीहरु धेरै छन् ।

पहिलो चुनौती नेपालसँगको सीमामा छ, जहाँबाट युवतीहरुलाई भारतमा प्रवेश गराइन्छ । यस्ता युवतीहरु बिना भिसा बिहार हुँदै दिल्लीसम्म आइपुग्छन्, हेमन्त शर्मा भन्छन्, त्यसपछि उनीहरुलाई दिल्ली तथा अन्य ठूला सहरमा जबर्जस्ती यौनधन्दामा लगाइन्छ । प्रश्न यो छ कि– यो सबै दृश्य प्रहरीले देख्न किन सक्दैन शर्माका अनुसार दोस्रो चुनौती यस्ता युवतीहरुको पुनर्वास हो । तहमीना आफ्नो देश फर्कने पर्खाइमा छन् । तर उनको मुद्दा किनारा लागिसकेको छैन । भारतमै रोकिराख्नको लागि उनीमाथि मुद्दा चलाईको भनाई उनको छ ।

बीबीसीले मध्य एसियाबाट ल्याइएका युवतीहरूलाई यौन कार्यमा लगाइने क्षेत्रको भ्रमण गरेको थियो। यी गतिविधिहरू अहिले घटेका छन् तर अझै पनि जारी छन्। भारतीय कानून अनुसार विदेशी नागरिकहरु मुद्दा किनारा नलागेसम्म भारत छोड्न पाउँदैनन् । अफरोजाको अवस्था पनि उस्तै छ । उनी मानव तस्करी विरुद्धको मुद्दाको गवाह हुन् । तर यसमुद्दासँग जोडिएका वकील जुबैर हाशमी भने पीडित युवतीहरु आफ्नो देश फर्कन पाउने बताउँछन् ।

यस मुद्दामा पीडित युवतीहरु आफ्नो देश फर्कन नदेउ भनेर आदेश मागिएको छैन । उनीहरुलाई रोकिएको छैन वकील हाशमीले भने ।अफरोजा र तहमीना दुवै आफ्नो देश फर्कने दिनको पर्खाइमा छन् । तहमीना भन्छिन्, म आफ्नो देश पुग्ने वित्तिकै सबैभन्दा पहिला देशको माटोलाई चुम्छु र कहिल्यै देश नछोड्ने प्रतिज्ञा गर्छ ।

म आमाको अँगालोमा बेरिएर धेरैबेर रुनेछ । मैले हरेक दिन उहाँलाई धेरै मिस गरेको छु । मेरो जीवनको सबैभन्दा ठूलो सपना नै आमालाई अँगालोमा लिनु हो, अफरोजाले भनिन् । मध्य एसियाबाट कति केटी भारतमा बेचबिखन भएका छन् भन्ने ठोस तथ्यांक छैन । तर यो संख्या हजारौंमा हुन सक्छ। ( बीबीसीको सहयोगमा) नोट ( यौन कार्यमा जबरजस्ती लगाइने युवतीहरूको नाम उनीहरूको पहिचान जोगाउन परिवर्तन गरिएको छ।)

#jantaparti


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्