Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • बा सङ्गको अन्तिम रात !
बा सङ्गको अन्तिम रात ! बा सङ्गको अन्तिम रात !
नेपाली चेली
नेपाली चेली शुक्रबार, माघ ५, २०८०

डा. शिवशंकर बस्याल

मधेसलाई चीसो शीतलहरले थला पारिरहेजस्तै बाको जिन्दगीलाई पनि कठोर अर्बुद रोगले थला पारिरहेको थियो। त्यो चिसो मौसममा घामको नामोनिशान थिएन । बा जिन्दगीसँग मृत्युको लडाई लड्दालड्दै पराजित अवस्थामा हुनुहुन्थ्यो ।

त्यो दुखद क्षणमा पनि बाको चेहरामा दुखान्त अवस्था कहिले देखिएन । पीडाले भित्रभित्रै कोपरिरहेको व्यथा थिचेर सधैं हाँस्ने यत्नमा देखिनुहुन्थ्यो। काचो उमेरको म, मनको भाव मात्र मेरा सुकेका ओठ र लोलाएका नजरमा बा सङग संवाद पुरा गर्थे। २०६१ साल माघ ४ गतेको बिहान । त्यो दिन नेपाल बन्द थियो। संकटकालको समय मैले किनेको बाइकको किस्ता बुझाउनुपर्ने बाध्यताले खाना खाइसकेपछि सुनवल गए । साइकलमा फर्किनुपर्दा अबेर भयो । सवारी साधन चलेको थिएन । मलाई फर्किनअलि समय लागिकाले बा मेरो प्रतिक्षामा अलि ब्यग्र हुनुभएको थियो । मान्छेले अन्तिम सास मा सन्तान को काख खोज्छ । शायद त्यसैले होला। म आइसकेपछि बाले धेरै कुरा वा गुनासो गर्नुभएन । आफूले जीवनभर आर्जन गरेका ज्ञानको सारांश र मैले हिँड्नुपर्ने बाटोलाई निर्देशनात्मक रुपमा बताउनुभयो। मृत्यु को बोध भएपछि मान्छे जो कसैले पनि सत्य र जिवनकै सार बोल्छ। बाले जीवनको त्यो अन्तिम पलमा दिएको ज्ञान मलाई आजसम्म विश्वविद्यालयले पनि दिएको थिएन ।

आज लाग्छ, तिनै खजानाले मेरो केही नहुदापनि आफूलाई संसारकै अमीर महसुस गरिरहन्छु। सन्तान कुरेर लास बसिरहने यो विचित्रको दुनिया भन्दा बा कुरेर बाको सास बिदाई गर्ने सौभाग्य जो कोहि सन्तानले कहा पाउछन र ? कहिलेकाहि सोच्छु, शायद म संसारकै भाग्यमानी छोरा मध्य एक हु । त्यो दिन बाले आफुलाई पिसाब पोलेको जानकारी दिनुभएको थियो। नियमित औषधि खुवाइसकेपछि अङ्गुरका केही दाना खाँदा खाँदै बाका आँखा तेजिला बन्दै थिए। मान्छेको मृत्युमा अन्तिम पलमा आँखा तेजिला हुँदा रहेछन् । मलाई बाका यी तेजीला आँखा देख्दा ठिक भएजस्तो मानेको थिए । तर बाले एकाएक हातले बेस्सरी मेरा हात समात्नुभयो । यतिबेला बाको अन्तिम शब्द थियो - ल अब म जान्छु ! तिमीहरुको रमाइलो संसार हेर्ने रहर अधुरै रह्यो ! मेरो पिर नगर्नु ! तिमीहरुलाई पनि सबै राम्रो हुन्छ ! सबैको ख्याल गरेस ! बाको आवाज सासमा बदलिँदै थियो। आँखा लोलिए । क्रमश बाको गला र सास अवरुद्ध हुँदै गयो। दुखको कुरा,पाँचवटा सन्तान र उनीहरूका पनि सन्तान दर्जनौं पुगेका हामी बाको त्यो महाप्रस्थानका साक्षी बाकै दुःख सुखको साक्षी बन्दै आएकी मात्र आमा र म थियौ ! आमा भुइमा लडबडिदै हुनुहुन्थ्यो । बा मेरा काखमा अन्तिम स्वास तोड्दै हुनुहुन्थ्यो त्यो विचित्रको संयोग थियो। दाइ दिदी भिनाजुहरू र आफन्तहरु लामो समय बाको सेवामा खटिनुभएको थियो। त्यतिबेलासम्म बाको सेवा सायद म कान्छो भएकोले सबैले भन्दा कम गर्नुपर्थ्यो ।

केही दिनअघि मात्र सबैजना फर्किसक्नु भएको थियो । दाजु पनि नयाँ जागिरको सिलसिलाले काठमाडौँ जानुपर्ने भयो। जब घर खाली र रित्तो भयो बाले त्यही सन्नाटा र एकान्त बीच मात्र मेरो काख र आमाको रोहबर रोज्नुभयो । सायद त्यो पीडा थेग्ने आँट र साहस हामीसँग मात्र छ भनेर नै होला बाले यस्तो परिवेश रोज्नुभएको । त्यो रात साँझमा केही मानिसहरु जम्मा भएपनि संकटकालको समयका कारण धेरै मानिस जम्मा हुने अवस्था थिएन । सास नरहेपछि मान्छे लास हुँदो रहेछ। बालाई यतिबेला सबैले लास भनेर सम्बोधन गरिरहेका थिए ! यस्तो सम्बोधन गर्दा कताकता मन कुडिन्थ्यो । बाको सास नभएको देह आँगनमा थियो। बालाई रातभर अङालो हालेर सुते । सास नबचेको देहलाई सुमसुम्याएर बेसरी बेसरी अंगालो हालेर जीवनका बाँकी रहेका रहर र यादहरु पूरा गर्ने यत्न गरे । यादका ती पलहरू प्यासहरू अरु जाग्दै गए तर मेटिएनन ।

यहि रात नै मेरो बा सङको अन्तिम रात थियो । त्रिवेणीघाटमा बाको अन्तिम चिता तयार हुँदै थियो। अब बाको शरीरलाई समग्र यस पृथ्वीबाट नष्ट गर्ने तयारी हुँदै थियो। त्यो नष्ट पार्ने आगो यतिबेला मेरो हातमा थियो। त्यो गर्नुपर्ने मेरो भाग्य हो वा दुर्भाग्य थाहा छैन, थियो त मेरै हातमा थियो । मेरा हात कापिरहेका थिए। एकातिर त्रिवेणी धामको नदी सुस्साईरहेको थियो । अर्कोतर्फ अग्नि पर्खिरहेको बाको नाङ्गो शरीर । हिम्मत बटुलेर म अग्नि बोकेर चितातर्फ अघि बढे। बाको अनुहार र सिङ्गो शरीर सर्लक्क नियाले ।गम खाए । यतिबेला बाले भनेजस्तो लाग्यो - कान्छा चाँडो गर ! सबैको ढिलो चाडो रित त्यस्तै हो। अब चितामा आगो मच्चिरहेको थियो । बाको शरीरको पुरानो अस्तित्व मेटिँदै गइरहेको थियो। म जस्तो आगो निरासित थिएन,बरु उत्साहित थियो। यसैबीचमा कर्म गराएका पण्डितले केही मन्त्र भन्दै चिताको बाँसले बाको जलिरहेको अर्धकचल्टो टाउकोमा हान्ने इशारा गरे। किन ? मैले सोध्ने साहस गरिन। उनले पनि बुझाएनन् । आफ्नै बाबुको पुरपुररोमा बाँस हान्नुपर्ने चलन को बिम्बात्मक कारण के होला ? एकाएक त्रिबेनी को सुसाहट सङै बा को आवज गुन्जिएजस्तै माने - कान्छा अब फर्कि । म प्रति अब करुणा नगर ! तेरा घर दुइ हप्ताको तेरो छोरो र तेरी सुत्केरी स्वास्नी छ । यो बगर रुग्ने काम त अब मेरो हो । बगर कुरेर तेरो जिवन चल्दैन ।

अग्निचितामा आगो क्रमश मत्थर हुँदै गयो ।रुनेहरु पनि अग्निको दाहसँगै क्रमश रुन छोडिरहेका थिए। जब अरूको आँसु थामियो । मुस्कानहरू थपिँदै गए । तब मात्र मलाई रुने फुर्सद मिल्यो । बा ! त्यही दिनदेखि अबिराम रोइरहेको छु ।


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्