Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • नेकपा एमाले नवलपरासी, नयाँ नेतृत्व र कार्यदिशा
नयाँ नेतृत्व कामकाजी बनाऔं  नेकपा एमाले नवलपरासी, नयाँ नेतृत्व र कार्यदिशा
नेपाली चेली
नेपाली चेली मंगलबार, वैशाख २५, २०८१

पृष्ठभूमीः 
वि.सं. २००६ साल बैशाख १० मा नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको बिजारोपण भयो । आज पार्टीले आफ्नो स्थापनाको ७५ बर्ष पार गरेको छ । पुष्पलाल श्रेष्ठको अगुवाईमा बनेको संगठनले आज देश भर विभिन्न फूर्को जोडेर कम्यूनिष्ट विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् तर मूलधारको नेतृत्व र आमजनताको भरोषायोग्य संगठनको रुपमा नेकपा एमाले बन्दै आइरहेको छ । पार्टीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्ने सोंच र मुलुकलाई आउँदो २५ बर्षभित्र समृद्ध र समुन्न राष्ट्रका रुपमा स्थापित गर्ने सङ्कल्प पनि बोकेको छ । 

जनताको बहुदलिय जनवाद पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा नेकपा एमालेले अंगिकार गरेको छ । जवजको मार्गदर्शक सिद्धान्तले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने साथै आवधिक निर्वाचनका माध्यमले जनताबाट अनुमोदित हुुने कुरा उठाएको छ । विभिन्न १४ बुँदामा समेटिएको जवजको मार्गदर्शक सिद्धान्तले पार्टीलाई लोकतान्त्रिक धारका साथ अगाडि बढाउने, कानूनको शासन स्थापना गर्ने, मानव अधिकारको रक्षा जस्ता महत्वपूर्ण र परिवर्तनका संवाहकले प्रतिस्पर्धाबाट नेतृत्व प्राप्त गर्ने जस्ता सिद्धान्तहरु समेटिएका छन् । 

संगठीत सदस्य नै पार्टीको सम्पत्ती
यहि पृष्ठभूमीमा नवलपरासी जिल्लाको पार्टी संगठन, नयाँ नेतृत्व र नेतृत्वले लिनु पर्ने नयाँ कार्यदिशाबारे चर्चा गर्न खोजिएको छ । जिल्लाको सदरमुकाममा सुविधा सम्पन्न मनमोहन स्मृती भवनमा सचिवालय सञ्चालनमा छ, यो आफैमा पार्टीकालागि गर्व गर्न लायक विषय हो भने सात वटै पालिका भित्रका कुल ४ हजार ८२६ संगठीत सदस्य नै पार्टीको सम्पत्तीको रुपमा रहेका छन् । यस्तै १०५ सदस्यीय जिल्ला संगठन कमिटि, ७ सदस्यीय जिल्ला लेखा कमिटि, २ वटा निर्वाचन क्षेत्रीय कमिटि, सातैवटा पालिका कमिटि, ७४ वटा वडा कमिटि, २३ वटा जिल्ला स्तरका जनवर्गिय संगठन, विभिन्न इकाई, क्षेत्र र विद्यालय स्तरीय अखिल प्राकहरु, युवा, महिला, आदिवासी जनजातिभित्रका संगठन, पार्टीसँग आवद्ध विभिन्न पेशा व्यवसायिक संगठनहरु पार्टीकालागि मेरुदण्ड जस्तै हुन् । आज विभिन्न संगठनमा आवद्ध प्रतिवद्ध व्यक्तिहरुका बीचमा पार्टीले घनिभूतरुपमा संगठनात्मक सचेतना सञ्चालन गर्नु पर्ने देखिएको छ । 

मातहतका सवै संगठनहरुमा करेन्ट प्रवाह गरौ
नेता तथा कार्यकर्ताहरुको जीवनशैली, संगठनात्मक पद्दती, गोपनियता, सांगठानीक तथा व्यक्तिगत आचरण, द्वन्द्वात्मक भौतिकवादि चिन्तन प्रणाली जस्ता कम्यूनिष्ट आधारशिला तयार गर्नु पर्ने छ । अधिवेशनका बेला नेतृत्वको लागि हानथाप गर्नेहरुका लागि पार्टीकोे बैचारिक धरातलबारे ज्ञान हुनै पर्ने विधिको निर्माण गर्नु पर्ने देखिन्छ । “म कुन वर्ग, समूदाय कोहुँ, म कस्तो पार्टीमा आवद्ध छु, मेरो व्यक्तिगत जीवन र कार्यशैलीले पार्टीलाई पार्ने फरक के हो?, नेकपा एमाले र अन्य पार्टीबीचको बैचारिक भिन्नता केहो” जस्ता आधारभूत प्रश्नको जवाफ आज हरेक पार्टी संगठीत सदस्यले खोज्नै पर्ने देखिन्छ । यस्तै नेतृत्वमा पुग्नेहरुले पनि पार्टीको सिद्धान्त, सोंच, विचारधारा, जनतासँगको सम्बन्ध, नेतृत्वको कार्यशैली, जिम्मेवारी र उत्तरदायित्वबारे जान्नै पर्ने हुन्छ ।

जिल्ला कमिटिका प्रत्येक सदस्यहरुलाई परिभाषित कामको जिम्मेवारी दिने÷लिने र त्यसको अनुगमन मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्ने, पार्टीभित्र प्राय हराइनै सकेको आलोचना÷आत्मालोचनालाई सुदृढिकरण र सुद्धिकरणको मूलकडिको रुपमा विकास गर्ने । नेतृत्वमा आएका नयाँ सोंच र शैलिलाई पार्टी नेतृत्वले सृजनात्मक प्रयोग गर्दै लैजाने जसले व्यक्तिहरुलाई संगठनमा आवद्ध पार्न सजिलो होस् । पार्टी नेतृत्वले आफू र आफू मातहतका सवै संगठनहरुमा करेन्ट प्रवाह गरौ, जागरुक वनाऔं, मासिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक योजनाहरु निर्माण गरी काम गरौ, थालौ र कामकाजी बनौं । सवै संगठनहरुमा आर्थिक पारदर्शितालाई विशेष ख्याल गरौं । सवै जनवर्गिय संगठनमार्फत पार्टीकामलाई चलायमान बनाऔं । 

नवलपरासीमा एमालेको नयाँ नेतृत्व निर्माणको विधि सर्वसम्मत अपनाइयो । त्यसमा सफल पनि भएको अवस्था छ । तर मुख्य नेताहरुले गुटनै चलाए पनि भन्ने सुनियो, पार्टीको आन्तरिक जीवनमा स्वच्छ प्रतिस्पर्धालाई खुला छोड्नु पर्दछ, अनिमात्र नयाँ नेतृत्वले अवसर पाउँछ । 

नयाँ नेतृत्व कामकाजी बनाऔं 
पार्टी जिल्ला संगठनले प्रत्येक संगठीत सदस्य र नेताहरुको व्यक्तिगत प्रोफाईल तयार पार्ने र सोही अनुसार जिम्मेवारी र अवसरहरु दिने गर्न सके तेरो मेरो भन्ने हुँदैन । त्यो परिपार्टीको विकास गर्नु अत्यन्तै आवश्यक देखिएको छ । आफ्ना निकटलाई भ¥याङ्ग बनाएर आँटीमा चढ्ने परिपाटी बन्द गरेर सक्षम, इमान्दार र प्रतिवद्ध नेता तथा कार्यकर्ता निर्माणमा सिंङ्गो पार्टी लाग्नु पर्ने आजको आवश्यकता हो । काम गर्नेलाई पुरस्कार र नगर्नेलाई नैसियत दिने परिपार्टी बसालौं । संगठनलाई पूर्णतया विधि र पद्दती अनुसार सञ्चालन गरौं सदस्यको क्षमतानुसार जिम्मेवारी लिऔं दिऔं । नेकपा एमाले नवलपरासीको नयाँ नेतृत्व मात्र नेतृत्वको निरन्तरता हैन की पार्टीले आगामी दिनका लागि बोकेको कार्यदिशालाई लक्ष्यमा पुर्याउन सक्षम र सफल हुने छ । 
नयाँ नेतृत्वलाई पूर्णतया कामकाजी बनाउन सवै लागौ ।   

galaxy parasi


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:२७
#नेकपा एमाले नवलपरासी
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्