Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • नवलपरासी जिल्लामा वातावरणीय अवस्था, चुनौती र अवसरहरु
नवलपरासी जिल्लामा वातावरणीय अवस्था, चुनौती र अवसरहरु
नेपाली चेली
नेपाली चेली बिहीबार, साउन ३१, २०८१

नवलपरासी जिल्लामा अधिकांश भू-भाग कृषि क्षेत्र रहेको छ । कृषि क्षेत्रले कुल भू-भागको ५२.२ % भूभाग ओगटेको ICIMOD, २०२० को प्रकाशित स्रोतले देखाउंछ। वन क्षेत्रले कुल ३२.३ %, बस्ति क्षेत्रले १०.६ %, बाँझो क्षेत्रले २.३ %, वगर क्षेत्रले १.३% र जल क्षेत्रले १.२ % भूभाग ओगटेको देखिन्छ । 

भू-उपयोग

क्षेत्रफल ( वर्ग कि. मि. )

%

जल क्षेत्र

८६३

१.२

घाँसे मैदान, वन क्षेत्र, बुट्यान क्षेत्र कुल

२३४६७

३२.३

कृषि क्षेत्र

३७९६२

५२.२

बाँझो क्षेत्र

१६८५

२.३

बस्ति क्षेत्र

७७३५

१०.६

नदी किनार(बगर क्षेत्र)

९८०

१.३

कुल

७२६९२

१००%

 

चित्र : नवलपरासी (ब.सु.प) भू-उपयोग नक्शा                   स्रोत : भू-उपयोग नक्शा, ICIMOD 2019

नवलपरासी जिल्लाको जलवायु तथा मौसम

नवलपरासी (ब.सु.प) नेपालको  तराई क्षेत्रमा रहेको छ । यहाँको मौसम र जलवायु १५-५० कि मि पश्चिम तर्फ रहेको भैरहवा सित मिल्दो जुल्दो छ । भैरहवाको अधिकतम तापक्रम ४३.४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यस क्षेत्रको औशत तापक्रम ३१ डिग्री सेल्सियस मापन गरिएको छ । यस क्षेत्रको औशत बार्षिक वर्षा ११७४ मि.मि. रहेको छ र अधिकांश वर्षा मनसुन सिजनमा हुने गर्दछ ।(स्रोत : जल तथा मौसम विभाग, बबरमहल )

भू-बनोट

नवलपरासी (ब.सु.प)को भूबनोट अनुशारको भू-गर्व रहेको छ । जिल्ला को मुख्य भू-बनोट समथर रहेको छ भने चुरे पहाडका निम्न देखि उच्च स्लोपका क्षेत्र समेत रहेका छन् । तलको चित्रले जिल्लाको भू-बनोट देखाएको छ ।

  • LP= plain, LF=low gradient footslope, LV=valley floor , TH= high gradient hill
  • चित्र : नवलपरासी (ब.सु.प) भू-बनोट नक्शा                           स्रोत : ICIMOD, 2019

नदी नाला तथा जल स्रोत

यस जिल्लामा प्रायजसो चुरे क्षेत्रबाट सिर्जना हुने खोलाहरु रहेका छ । जिल्लाको पूर्वी दक्षिण सिमानामा गण्डकी नदीको सिंचाई प्रणाली समेत रहेको छ । यस जिल्ला का मुख्य नदी/खोला हरुमा नारायणी नदी, भलुही खोला, सोमनाथ खोला, तुरिया खोला,  रहका छन् । जिल्ला भित्रको नदी/खोला प्रणाली तलको चित्रमा देखाइएको छ ।

चित्र : नवलपरासी (ब.सु.प) जलसंचार नक्शा                                          स्रोत : ICIMOD, 2019

४.२ सामाजिक -आर्थिक वातावरण

आर्थिक वर्ष २०८०-८१को विभिन्न समयमन परिक्षण गरिएको खोलाको पानीमा देहाय बमोजम गुणस्तर रहको पाइएको छ ।

घरधुरी र स्वामित्वको प्रकार

नवलपरासी (ब.सु.प) जिल्लामा रहेका कुल ३८६८६८ जनसंख्या ८२७०९ घरधुरीमा बसोबास गर्दछन् ।नवलपरासी (ब.सु.प) जिल्लामा रहेका कुल ८२७०९ घरधुरीमध्ये आफ्नै घर भएका घरधुरी ७७५१८ रहेका छन् भने भाडा र संस्थागत स्वामित्व भएका क्रमशः ४२५६ र २६० रहेका छन् 

कुल घरधुरी

स्वामित्वको प्रकास

आफ्नै

भाडाको

संस्थागत

अन्य

८२७०९

७७५१८

४२५६

२६०

६७५

खाना पकाउन प्रयोग हुने इन्धन

खाना पकाउन 41 % जनसंख्याले दाउरा प्रयोग गर्छन् भने ५६% जनसंख्याले LPG प्रयोग गर्दछन।प्राय जसो जाडो मौसममा दाउराको प्रयोग बढ्ने गर्दछ ।

कुल

खाना पकाउन प्रयोग हुने इन्धन

दाउरा

LPG

विद्युत

गुइठा

बायो ग्यास

मट्टीतेल

अन्य

८२७०९

३४१६८

४६५६३

५१३

३८७

९३९

३६

१०३

खानेपानीको स्रोत

कुल घरधुरीमध्ये ५१% घरधुरीले अझै पनि ह्याण्डपाइपको पानी पिउने तथ्यांक राष्ट्रिय जनगणना , २०७८ ले देखाउंछ । घरमै खानेपानीको धारा जडान भएको घरधुरी २५४२७ रहेका छन् । घर बाहिरको धाराबाट पानी प्रयोग गर्ने ९८४३ रहेका छन् ।

कुल

 

घर भित्रैको धारा

घर बाहिरको धारा

ह्यान्डपम्प

ढाकिएको कुवा

नढाकिएको कुवा

मूलको पानि

खोल्सीको पानी

जाल/बोतल

अन्य

८२७०९

२५४२७

९८४३

४२५९९

२८१

६३२

१६१७

१४०

१७८१

३८९

 वातावरणीय प्रदुषण उच्च रहेका स्थान हरु

वायु प्रदुषण प्राय उच्च रहने स्थान हरु

  • पूर्व-पश्चिम राजमार्ग क्षेत्र
  • सुनवल ७ – ज्यामिरे , सुनवल १ – सुनवल
  • रामग्राम ६ – पोखरापाली
  • रामग्राम १० – नदुवा
  • रामग्राम १५- सुक्रौली
  • रामग्राम ११- जमुवाड
  • रामग्राम १२- पठखौली
  • सुस्ता, कुडिया

चित्र : वायु प्रदुषण उच्च देखिएका स्थानहरु

सतही पानी प्रदुषण प्राय उच्च रहने स्थान हरु

  • झरही खोला (रामग्राम वडा नं १ क्षेत्र )
  • सोमनाथ खोला ( सुनवल-६)
  • भलुही खोला ( रामग्राम -१७)
  • हकुई पुलचोक क्षेत्र , हकुई पेपर मिल क्षेत्र , तुरिया खोला
  • कचहरा खोला ( सुनवल ७)
  • हुलासी खोला ( सरावल-३)

ध्वनिको तह प्राय उच्च रहने स्थान हरु

  • रामग्राम १० हकुई क्षेत्र
  • सुनवल ७ ज्यामिरे क्षेत्र
  • रामग्राम ११ रानीपाकड –जमुवाड क्षेत्र
  • रामग्राम १२ र १३ पट्खौली-पाडाटिकट क्षेत्र
  • रामग्राम ६ पोखरापाली क्षेत्र
  • राजमार्ग क्षेत्र

वातावरणीय प्रदुषण रहेका स्थानहरु

  • रामग्राम १० हकुई क्षेत्र
  • सुनवल ७ ज्यामिरे क्षेत्र
  • सुनवल १ सुनवल क्षेत्र
  • रामग्राम ११ जमुवाड क्षेत्र
  • रामग्राम १२ र १३ पट्खौली-पाडाटिकट क्षेत्र
  • रामग्राम ६ पोखरापाली क्षेत्र
  • राजमार्ग क्षेत्र

नवलपरासी जिल्लाको वातावरण प्रदुषण हुने कारणहरु

  • उद्योगले अत्याधीक मात्रामा भूमिगत पानी दोहन गरेको
  • वन जंगलमा जानाजान आगलागी लगाउने बढ्दो प्रवृति
  • हिउँदे बाली गहुँको ठेट्नामा आगो लगाउने चलन
  • प्रदुषणको प्रकृति र फैलावाट हेरी कारवाही गर्ने स्पस्ट कानुन नभएको
  • सरसफाई अभियान समुदायमा हस्तान्तरण हुन नसकेको
  • उद्योगीले CSR  अन्तर्गत अनिवार्य खर्च गर्नु पर्ने रकम नगरेको
  • उद्योगले IEE प्रतिवेदनमा उल्लेखित व्यवस्था परिपालना नगर्दा समेत सम्बन्धित निकायले कारवाहीको दायरामा ल्याउन नसकेको

वातावरण संरक्षणका लागी गर्न सकिने प्रयास हरु

  • स्थानीय तह आफैले कानुन बनाएर उद्योगको प्रदुषण नियन्त्रण गर्न दण्ड र जरिवाना गर्न सक्ने
  • जिल्ला सदरमुकाम छेउ-छाउनै अत्यधिक प्रदुषण हुने भएकोले गृह प्रशासनले सजिलै अनुगमन गर्न सक्ने
  • प्रदुषण परिक्षण र वातावरणीय अध्ययन गर्ने अनुभबी विज्ञहरु जिल्लामै उपलब्ध रहेकोले काठमाडौं धाउन नपर्ने
  • कानुनले तोकेको CSR अन्तर्गतको रकम उद्योगले उचित स्थानमा खर्च गर्दा  प्रदुषणको प्रभाव समेत कम हुने
  • Clean Technology लाई प्रोत्साहन गर्ने स्थानीय तहले कानुन बनाउन सक्ने

नगर स्तरीय प्रदुषण नियन्त्रणका अन्य उपाय

  • मुख्य बजार क्षेत्रमा फोहोर पानी प्रसोधन केन्द्र स्थापाना गरी सहरी खोलाको पानी सफा बनाउन सकिने
  • खानेपानी सुरक्षाको प्रत्याभूति दिलाउने उपभोक्ता समितिले वितरण गरेको पानीको मासिक रुपमा परिक्षण गर्ने कार्यविधि स्थानीयतहले बनाउन पर्ने
  • सुर्तीजन्य पदार्थको खोल जथाभावी फाल्दा जमिन प्रदुषण बढ्दो भएकोले सुर्तीजन्य पदार्थ बेच बिखनमा बन्देज लाउन पर्ने
  • खोलामा नदिजन्य पदार्थको उत्खननले निम्त्याउने Local Pollution नियन्त्रण गर्न थप कडाई गर्नु पर्ने

 

 

लेखक: सुदिप पौडेल, वातावरणविज्ञ

लुम्बिनी एग्रो इन्भायरोमेन्ट ल्याब प्रा लि , सुनवल -१२ भुमही


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्