Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • विभेद व्यास र मनुका कारण होइन
विभेद व्यास र मनुका कारण होइन
नेपाली चेली
नेपाली चेली बिहीबार, चैत २, २०७९

महिला अधिकारबारे, महिलाप्रति भइरहेका विभेदबारे पुरुषहरूले व्यवहारमै जवाफ दिनुपर्ने विषय छन् । ती विषय हुन्— तपाइँलाई विभेद कस्तो लाग्छ ? कसैले तपाइँलाई जन्म, लिङ्ग, धर्म, क्षेत्र आदिका नाममा होच्यायो भने कस्तो लाग्छ ? अन्य कुनै बहानामा तपाइँलाई कसैले हेला—होँचो गरे भने कस्तो लाग्छ ? यी प्रश्नहरूमा कहिल्यै घोत्लिनु भएको छ ? 

तपाइँसँग योग्यताको माग गरियो, तपाइँले त्यो योग्यता हासिल गर्नु भयो । तपाइँसँग क्षमताको माग गरियो, यो पनि तपाइँले आर्जन गर्नु भयो । तपाइँसँग खास विशेषताको अपेक्षा गरियो, त्यो पनि तपाइँसँग छ । तर पनि तपाइँलाई अयोग्य, असक्षम, विशेषताहीन भनियो भने तपाइँ के गर्नुहुन्छ ? तपाइँलाई सबै कुरा भएर पनि तपाइँलाई दोस्रो दर्जामा राखियो भने, असक्षम भनियो भने तपाइँको मनमा के गरौँ जस्तो लाग्छ ? 

तपाइँ जस्तै अरु हिँडिरहेको बाटोमा, अरु तरिरहेको पुलमा, अरुले खाने गरेको खानामा, अरुले सोच्ने गरेको तरिकामा, अरुले पढ्ने गरेको शिक्षामा, अरुले पुज्ने गरेको मन्दिर या देवी—देवतामा हिँड्न, तर्न, खान, सोच्न, पढ्न, पुज्न आदिबाट कसैले निषेध गरे भने तपाइँको मनमा कस्तो भावहरू उत्पन्न हुन्छन् ? 

यति बेलाको हाम्रो सामाजिक जीवनमा कस्तो देखिन्छ ? जान्ने—सुन्ने र हातमा शक्ति भएकाहरूले चलन—चल्ती, नियम—कानुन, शास्त्र—प्रवन्ध यसरी प्रयोग गर्ने गरेको देखिन्छ ? तजबिजी प्रवन्धहरू देखिए—भोगिएको छ कि छैन ? यी विषयमा सोच्न भ्याउनु भएको छ ? आफ्नो पक्षमा सकारात्मक र अरुप्रति नकारात्मक हुने वा उदासीन रहने बानी छ कि छैन ?  

एउटै कोखबाट जन्मेर पनि तपाइँलाई अरुभन्दा भिन्न व्यवहार गरिन्छ, जन्मसिद्ध पाउने अधिकार उपभोग गर्नबाट वञ्चित गरिन्छ, तपाइँमा रहेका अरुको भन्दा भिन्न  विशेषतालाई कमजोर ठह¥याइन्छ भने तपाइँलाई कस्तो लाग्छ ? 
एउटै घर—सम्पत्तिमा तपाइँ निर्धन÷श्रमिक र अर्को धनवान्÷स्वामी भएको यथार्थ भोग्नुप¥यो भने तपाइँको दृष्टिकोण कस्तो बन्छ ? सहन सक्नुहुन्छ कि हुन्न ? के तपाइँले तपाइँ स्वयं र अरुमाथि यस्तो भइरहेको देखिरहनु भएको छ ? यस्ता अवस्था भोगिरहनु परेको छ ? देख्नु भयो वा भोग्नै प¥यो भने तपाइँ शान्त, शालीन, भद्र, विवेकी, सन्तुलित रहन सक्नुहोला ? 

एउटै कोखबाट जन्मेकामध्ये कसैको जीवनसाथी जन्मजात महत्वपूर्ण र दर्जावाल अनि तपाइँका यी सबै महत्वहीन र दर्जाहीन हुनुपर्दाको पीडा कतिपयलाई भोगेर मात्र थाहा हुन सक्दछ भने कतिपयले यसलाई नियति ठानेर भोगिरहेका हुन सक्दछन् । यस्तो देखाइ वा भोगाइमा पर्नुभएको छ कि छैन ? 

यी र यस्ता धेरै प्रश्न छन् । तर, विषय यति धेरै छैनन् । क्षेत्र भिन्न पनि छैन । घर भिन्न छैन । एउटै भोगाइ हरेक घर, हरेक ठाउँ, हरेक विषय.....!? समाधानका विषयमा मतभेद किन ? 

म पुरुष, अधिकार सम्पन्न छु । मेरो नागरिकतामा लेखिएको अरु चिनारीले होइन, म पुरुष भएको हुनाले केही विशेषाधिकार उपभोग गर्दै आइरहेको छु । मेरी आमा, मेरी जेठी आमा, मेरी काकी, मेरी दिदी, मेरी भाउजुभन्दा म निर्णायक र अधिकार सम्पन्न छु । उनीहरू मेरासामु अधिकारका दृष्टिले निरिह छन् । के यो उचित हो ? के यो धर्म हो ? 

हामीले केही दिनअघि मात्र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११३ औँ वार्षिकोत्सव मनायौँ । पितृसत्तालाई धारे हात लायौँ । समाजमा सदियौँदेखि चलिआएको धर्म, संस्कृति, मूल्यमान्यता, परम्पराका विरुद्धमा अनेकौँ तथ्यतथ्याङ्कको बिस्कुन फिँजायौँ । दुनियाँका सफलताका केही अधुरा कथा सुनायौँ । ती कथाभित्र सङ्घर्षका कथा, पात्र, स्थान, समयबारे जानकारी पाउनु (लिनु—दिनु) अवश्य लाभदायी रह्यो । तर, यस सम्बन्धका हाम्रो आप्mनै इतिहास, धर्म, संस्कृति, मूल्य मान्यता र परम्पराका असल पक्षको खोजी कम देखियो, बुझाइ कमजोर देखियो, आधार पत्तै नपाएको पनि देखियो । ‘जे खोजिन्छ, त्यही पाइन्छ ।’ खराबी नै खराबी, कमजोरी नै कमजोरी, शोषणै शोषण, विभेद नै विभेद खोजेपछि त्यहाँ त त्यही नै पाइनु स्वाभाविकै हो । विभेदका लागि व्यास र मनुलाई जिम्मेवार ठह¥यायौँ । राजनीति, समाज र घरका विभेदकारीलाई उन्मिुक्त दियौँ ।

मैले माथि केही प्रश्नहरू उपस्थित गरेँ । यो मेरो मनमा आयासै आएको होइन । दिदी र ममा फरक व्यवहार भएदेखि उकुसमुकुसिएका प्रश्न हुन् । यिनै प्रश्नले राजनीतिक व्यवस्था परिवर्तनका चक्रवातमा हुर्रिएको हुँ । कहिले हु¥याइयो, कहिले हुत्याइयो । तर, ती प्रश्नको इमान्दार उत्तर अझै आएको छैन । मानिसका निजी गुण—दोष स्वाभाविक हो । मानिस तुलनात्मक रूपमा व्यक्तिगत सक्षम—अक्षम, सबल—दुर्बल हुनसक्दछ । तर सृष्टिकै एकथरी मानिसहरू विना परीक्षण असक्षम भन्ने मान्न कुनै सचेतले सक्दैन । मेरा घर—परिवारमा यस्तो भइरहेकै छ, म रनभुल्ल बसिरहेकै देखिन्छु । यस विषयमा म न्यायिक छु भन्ने लागेकै छैन । म आपूm स्वयं न्यायिक नभइरहँदा अरुबाट न्यायको आस गर्नु भिक्षावृत्ति मात्र हो । नेपालीको एउटा उखान सम्झन्छु , माग्नेलाई फलेको चामल ? स्पष्ट छ, माग्नेले रोजेको पाउँछ र ? 

एउटै घरमा दाता र याचक भएको समाज कत्तिको न्यायिक होला ? यसको दोष धर्मलाई, वेदलाई, शास्त्रलाई दिएर उम्कने ठाउँ देख्दिनँ म त ! महिलाअधिकार, महिला समानता, महिला विकास, महिला उत्थानका लागि व्यास, मनु र आप्mना पुर्खालाई सत्तोसराप होइन; आजका मूर्त बाधकहरू चिन्नु र बाधाहरू पन्छाउने उपाय अवलम्बन गरौँ । परिवर्तन आफैबाट सुरू गरौँ । 

हामीलाई थाहा छ, हाम्रो सृष्टिका मुहान महिला, नारी, स्त्री हुन् ! सृष्टिका मुहान पत्तो लगाउन कुनै शास्त्र, वेद, पुराण पढिरहनु पर्दैन । आमा महिला हुन्, आमा हाम्री प्रत्यक्ष जन्मदाता हुन् । यति बुझेर मात्र सृष्टि र दृष्टिका बारेमा अरु कुरा बुझ्न उपयुक्त हुन्छ । महिला आधा आकाश या आधा धर्ती होइनन् । हाम्री आमा आधा हुन सक्दिनन् । आमा सग्लै हुन्, बाबा पनि सग्लै हुन् । 

सृष्टिका विषयमा वेद—पुराणहरूमा धेरै विचारहरू पढ्न पाइन्छ । वेदका सृष्टि र सृष्टिका अनेकौँ विषयमा तथा इहलोक—परलोकका विषयमा उपनिषद्हरूमा गम्भीर विवेचना पाइन्छन् । वेदमा संग्रहित ऋचा—मन्त्र, सूक्तहरूका आधारमा आत्मा—परमात्मा, मोक्ष, सुख, कर्तव्याकर्तव्यका विषय ऋषि—ऋषिकाहरूले वृहत् छलफल गरेका प्रसङ्गहरू पनि छन् । स्मृतिग्रन्थहरूमा मानव जीवनका प्रसङ्गहरूमा प्रवन्धकीय पद्धतिका विषयहरू लेखिएकाछन् । यिनमा मानिसका दैनिक जीवनमा गरिने वैयक्तिक कार्यहरू जस्तै ः मल—मूत्र विसर्जन, पूजा, सन्ध्योपासना, संस्कारहरू, यात्रा, सरसफाइ, मर्दा—पर्दाका विषयहरू छन् । 

ती सबै विषय कुनै एउटा झुण्डले एकै ठाउँमा बसेर, हतार—हतारमा निष्कर्षमा पुगेर ताली बजाएर टुङ्ग्याइएका विषय होइनन् । फरक—फरक ठाउँमा, फरक—फरक प्रसंगमा फरक—फरक मानिसहरू (ऋषि—ऋषिकाहरू)का अनुभवहरू एकत्र गर्दै, व्यवहारमा कार्यान्वयन गर्दै, अनुभवमा अनुमानहरू थप्दै, वहस गर्दै, मतान्तर कायम राख्दै अघि बढाइएका विषय हुन् । त्यसैले तिनीहरूमा अन्तर्विरोध वा विरोधाभासहरू देखिन्छन् । मानव जीवनका आवश्यकता र तिनलाई व्यवस्थापन गर्ने प्रवन्धहरूमा पूर्णविराम लाग्न पनि सक्दैन । यो अघि बढ्छ र बढिरहन्छ, बढिरहन्छ । 

मानिस जहिले र जहाँ भए पनि सुख—शान्ति र अनुकूलताको खोजीमा रहन्छ । यस क्रममा फेला परेका अनुकूल विषयलाई पालन गर्दै परम्पराको रूपमा अघि बढ्दछ । यही खोजाइमा नै नियम—कानुन बन्दछन् । व्यवस्थापनका सिद्धान्तहरू बन्दछन् । धर्म पनि तिनै हुन् । प्रकृतिलाई मानव जीवनको अनुकूलतामा उपयोग गर्ने र यी सबैका कारणहरूको खोजीमा नै दर्शनको विकास भएको हो । महाभारतको यो भनाइ " धारणाद्धर्ममित्याहु धर्मो धारयते प्रजा !"  अर्थात्, धारण गर्नु धारणा बनाउनु वा त्यस्ता धारणाहरू धारण गर्नुलाई नै धर्म भनिन्छ । धर्मलाई जनताले धारण गर्दछन् । यी मान्यताको विकास आवश्यकताकै आधारमा भएको हो । महाभारतको यो भनाइले धर्मको सम्बन्ध व्यक्तिमा मात्र निहित छैन, यो सामूहिकताका लागि हो । समूहको हितमा नभएको कुनै प्रावधान धर्म हुनै सक्दैन । (धर्मका विषयमा यहाँ चर्चा गर्न चाहिनँ ।) 

सबै पुराणहरूमा सृष्टिका प्रसङ्ग छन् । तर त्यहाँ कहीँ पनि विभेदयुक्त सृष्टिको प्रसङ्ग पाइँदैन भन्ने ठोकुवा गर्न सकिन्छ । वस्तुगत कारणले कार्य विभाजनका आधारमा महिला र पुरुषले गर्ने काममा भिन्नता देखिने विषय पृथक प्रसंग हो । ती विषयमा क्रमशः चर्चा गरिनेछ । 

पहिले मानिसहरूको जानकारीका स्रोत, ज्ञानका स्रोतको प्रचुरता थिएन । केही मानिसका अनुभव, केही मानिसका कथा—प्रवचन नै जानकारी—ज्ञानका स्रोत थिए । ठूलाहरूको आज्ञा नै अनुशासन थियो । सबै कुराका सीमिततामा हाम्रा सामाजिक जीवन थिए । संसार उही हो, साधन सीमित थिए । वेद, उपनिषद्, पुराण, त्रिपिटक जान्ने माध्यम नै कति थिए र ? अहिले साधनको प्रचुरताले संसारलाई सीमित पारेको छ । सके मुट्ठीमै, नभए घरमा र त्यति पनि नभए समुदायमा सूचनाको माध्यम उपलब्ध छ । यी सबै जानकारीका स्रोतहरूको सदुपयोग लैङ्गिक समताको लागि गर्न आवश्यक छ । 

मानिस अरुका विषयमा कम आफ्ना विषयमा बढी जान्ने थिए । अहिले मानिस आफ्ना विषयमा कम र अरुका विषयमा बढी जान्ने भएका छौँ । झन्डै हामी सबैले आफूलाई अगुवा नै ठान्दछौँ, तर अरुका बारेमा बढी जान्ने सीपसँगै अरुका बारेमा सोच्ने सोचाइ विकास गर्न सकेका छैनौँ । हामी सचेत त तब हुन्छौँ, जब अरुका बारेमा पनि सोच्न थाल्दछौँ ।

हामीले हेक्का राख्नुपर्छ कि निरपेक्ष आलोचना, लहैलहैमा लागेर विरोध वा समर्थन, सात समुद्रपारिका एकाध राम्रा विषयको बखान र उद्धरण गरेर सामाजिक परिवर्तन वा रूपान्तरण हुँदैन, भइहाले पनि आफना हुँदैनन्, ‘अरुका बाच्छाबाच्छी चाटेर आफना मुखमा रौँ’ जस्तो हुन्छ । आफनै विगत बुझेर, विगतका कमसल अभ्यास पन्छाउँदै, असल पक्षहरू अवलम्बन गर्दै नयाँ र न्यायिक अवस्था बनाउनु पर्दछ । 

— घनश्याम कोइराला, संस्कृति अध्येता तथा अभियन्ता  


प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:०५
#कला स‌स्कृती
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्