Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान: सृष्टि एक - दृष्टि अनेक
नगर सरसफाई तथा हरियाली प्रवर्धन अभियान: सृष्टि एक - दृष्टि अनेक
नेपाली चेली
नेपाली चेली आइतबार, असार १७, २०८०

नेपालमा स्थापना भएका नगरपालिकाको ऐतिहासिक पक्ष केलाउने हो भने सफाई अड्डाको रुपमा नगरपालिकाको स्थापना भएको देखिन्छ । चन्द्रसम्शेर जवराले आफू हिड्ने बाटो फोहोर भएको महसुस गरी विक्रम संम्वत १९७६ पुस २ मा सफाई अड्डाको स्थापना गरे । कालान्तरमा उक्त सफाई अड्डा नगरपालिका हुँदै महानगरपालिका बन्यो । सरसफाई लगायतका नागरिका आधारभूत विषयहरु व्यस्थापनका लागि नगरपालिका गठन गर्ने कानूनी प्रवन्ध भए अनुसार थप नगरपालिका गठन हुँदै गए । संघीय शासन प्रणाली पश्चात स्थानीय सरकारका रुपमा नगरपालिकाहरु क्रियाशील रहेका छन् । यसअर्थ नगरपालिकाले सरसफाईलाई प्रमुख प्राथमिकतामा राख्नु पर्दछ र अधिकाँश नगरपालिकाले सरसफाई र फोहोरमैला व्यवस्थापनमा ठूलो लगानी गरेका पनि छन् ।

नगर सरसफाई र हरियाली प्रवर्धनको सुरुवात

यो अभियानको प्रेरणाको स्रोत बाग्मती सरसफाई महाअभियान हो । उक्त अभियानका प्रमुख अभियन्ता मध्ये तत्कालीन मुख्य सचिव श्री लीलामणि पौड्‌याल र डा राजु अधिकारीज्यू हुनुहुन्छ । बाग्मति सरसफाई महाअभियानको सुरुवाती समयमा मलाई पनि टिममा बसेर अनुभव हासिल गर्ने मौका मिलेको थियो । म आफू प्रधानमन्त्री कार्यालयमा कार्यरत रहंदासम्म उक्त अभियानमा सक्रिय सहभागिता जनाएको थिए । त्यसपछि म मैले जिम्मेवारी सम्हालेका सबै नगरपालिकामा यो अभियान सुरु गरियो । सन्धिखर्क नगरपालिका, घोराही उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, बाणगंगा नगरपालिका, कीर्तिपुर नगरपालिका, बर्दघाट नगरपालिकामा यो अभियान चलिरहेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा समेत सिंहदरवार सरसफाई अभियानको थालनी गरिएको थियो । सरसफाई र हरियाली प्रवर्धन नागरिकको जीवनपद्वतिको रुपमा अंगिकार गर्न सबैलाई प्रेरणा दिन, अभियानमा सबैलाई जोड्न प्राथमिकता साथ संचालन गरिदै आईएको छ।

स्थानीय तहहरुमा समय समयमा नगरसफाई र हरियाली प्रवर्धन अभियान संचालन भईरहेको छ । तिलोत्तमा नगरपालिकाले नगर सरसफाई र हरियाली प्रवर्धनको सयौ श्रृखला भव्यताका साथ सम्पन्न गर्यो । त्यसैगरी बुटवल उपमहानगरपालिकामा तिनाउ नदी सरसफाई अभियान, राजमार्ग सरसफाई अभियान लगायतका विभिन्न अभियान सुरुवात भएतापनि ती निरन्तर र श्रृखलावद्वरुपमा चल्न सकेका छैनन्। यद्यपी टोल सफा गर्ने, वृक्षारोपण गर्ने कामहरु उपमहानगरपालिका भित्र बाक्लै देख्न सकिन्छ ।

नगर सरसफाई र हरियाली प्रवर्धन अभियान

मुख्य सचिव लीलामणि पौड्‌याल बाग्मती सरसफाई अभियान अन्तर्गत दुर्गन्धित बाग्मतिमा प्रवेश गर्दा मुख्य सचिव भएर नीति बनाउने हो कि ? बाग्मतिको दुर्गन्ध सफा गर्न हिड्ने हो ? भनेर आलोचना गरियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले सरसफाई अभियानको नेतृत्व गरिरहँदा सोही किसिमका आलोचना गर्नेहरु निकै भेटिए । तर, यो अभियान निरन्तर चलिरह्यो । अन्ततगत्वा  अड्डाको स्थापना दिवस, लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस, प्रदेश स्थापना दिवस लगायत हरेक महत्वपूर्ण दिवस, महोत्वस, कार्यक्रममा सरसफाई अभियान जोडिनुका अतिरिक्त प्रमुख जिल्ला अधिकारीज्यूले आफ्नो पदभार ग्रहण गर्दा सरसफाई अभियान संचालन गर्ने, रुख रोप्ने, अड्डा सफा गर्ने लगायतका अभियानहरु चल्दै आएका छन् । मुख्य सचिव प्रमुख प्रशासकीय अधिकृतले सरसफाई अभियान संचालन गर्दा आलोचना गर्नेहरु नै अहिले सरसफाई अभियानमा कुचो लिएर हिड्को देखिन्छ । त्यसैगरी बाग्मती सरसफाई महाअभियानमा सम्माननीय राष्ट्रपतियज्यू, सम्माननीय प्रधानमन्त्रिज्यू, माननीय मन्त्रिज्यू लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता बढ्दो छ ।यसले के सन्देश दिन्छ भने समाज परिवर्तन र नागरिकको माइण्डसेट परिवर्तनका लागि प्रयोग गरिने विभिन्न औजारहरु मध्ये आफै रोलमोडल बन्ने र कुचो समात्नु पनि एउटा काइदा हो भन्ने विषयलाई प्रमाणित गरेको छ ।   

सृष्टि एक : दृष्टि अनेक  

यो अभियान हेर्दा सामान्य लाग्छ । तर यसमा निकै ठूलो नैतिक बल लुकेको छ ।  यसले स्थानीय सरकारका सयौ कामहरुलाई जोड्ने, एकिकृत गराउने,  नागरिक समाजलाई लयबद्व गरी समग्र स्थानीय तहको विकासमा अगाडि बढाउने, परिचालन गर्ने काममा सहयोगी भूमिका निर्वाह गरेको छ । यो अभियानमा आफैमा बहुआयामिक विषय हो । यसले धेरै कुराहरुको डिमाण्ड गर्दछ । अभियान केवल सडक सफा गर्ने मात्र होइन । सरसफाई र हरियाली प्रवर्धनलाई जीवनपद्वतिको रुपमा विकास गर्ने मन्त्र पनि हो । हालसम्म गरिएका अभ्यासलाई मसिनो गरी केलाईयो भने पनि यी सबै कुराहरुलाई सजिलै प्रमाणित गर्न सकिन्छ । सरसफाई अभियानको एउटा वृक्ष हो । क्रमश यो झाङ्गिदै जान्छ सबैलाई शितलता प्रदान समष्टिमा एउटा ठूलो पिपलको रुखजस्तै भएर झ्यामिन्छ । जसलाई केहि आयामिक दृष्टिले देहाय बमोजिम विश्लेषण गर्न सकिन्छ ।

प्लाष्टिकका झोला, प्लेट, गिलास र चम्मा प्रयोगमा न्यूनीकरण गर्ने अभियान

सडक सरसफाई गर्दा प्लाष्टिकका झोलाहरु यत्रतत्र फालिएको पाउँछौ । जथाभावी फालिएका झोलाहरु पुन प्रयोग गर्नुपर्ने वा निश्चित माइक्रोन भन्दा कमका झोलाहरु प्रयोग गर्न नपाई नियम बनाउनु पर्ने माग गर्दछ सो बनाउन झकझकाउँछ । अझै गहिराईमा पुग्दा वातावरण सम्बन्धि ऐन कानूनको पूर्ण परिपालना गर्नुपर्ने कुरालाई जोडदार तरिकाले उठाउँछ । घरबाटै झोला बोकेर बजार जानु पर्ने बानीको विकास गराउँछ । घरमा प्लाष्टिकका सामनाहरु प्रयोगमा कमि ल्याई परम्परागत सामनहरुको प्रयोगमा जोड दिने लगायत पारिवारिक सभ्यताको पुर्जागरणको सुरुवात गराउने मद्वत पुर्याउँछ । प्लाष्टिकका गिलासमा तातो चिया पिउन बन्दजे लगाउँछ । विवाह पाटी  लगायतका कार्यक्रममा पत्रुस्तरका प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाउँछ । यो अभियान नजिकैको तिलोत्तमा नगरपालिकाबाट सिक्न सकिन्छ ।  

फोहोरको स्रोतमा नै वर्गिकरण अभियान :

कुहिने फोहोर र नकुहिने फोहोर अलग अलग बर्गिकरण गर्नुपर्ने बाध्यकारी नियम, फोहोर वर्गिकरण अभियान, फोहोरलाई मोहोरमा रुपमान्तरण गर्ने परियोजना, नदी किनार फोहोर नफाल्ने साथै नदी सफाई अभियान शहरका कुना काप्चीमा फोहोर नफाल्ने,  फोहोरमैला सम्बन्धि कानून कार्यान्वयन  लगायत समुदायमा आधारित फोहोर व्यस्थापन पद्वति माग गर्दछ र यी कामहरु सम्पन्न गर्नको लागि प्रेरित गर्दछ । यसको उदाहरणको लागि घोराही उमहानगरपालिका र बर्दघाट नगरपालिकालाई लिन सकिन्छ ।  

सफा होटल तथा रेष्टुरेन्ट अभियान :

सरसफाई अभियानको कुरा केवल सडकको मात्र होइन होटल र रेष्टुरेन्टको सफाई पनि हो । बाहिर चिटिक्क सजाईएका तर भित्र निकै फोहोर थुपारिएका होटलहरु,   विभिन्न नामले ब्राण्डिङ्क गरिएका मिठाईहरु नास्ता पसल होटलले खुवाउने खानाको गुणस्तर लगायत नागरिकको स्वास्थ्यसँग जोडिएका सयौ विषयहरुलाई सानो अभियानले ठीक ठाउँमा ल्याउन सक्छ । होटलमा प्रयोग गरिएका बालश्रमिकहरुको अनुगमनलाई समेत यो सरसफाई अभियानले तानेको छ ।  

एक घर : दुई विरुवा अभियान

यो अभियानले सरसफाईका अतिरिक्त हरियाली प्रवर्धन कार्यक्रमलाई समेत उच्च महत्व राख्दछ ।  स्थानीय सरकाले केवल नीतिगत स्पष्टता र विकासको बलियो दृष्टिकोण निर्माण गर्दा मात्र सानो लगानीले ठूलो उपलब्ध हासिल गर्न सकिन्छ । एक घर : दुई विरुवा अभियानलाई घरको नक्सापासको प्रक्रिया सुरु हुने बेलामा अनिवार्य गर्दा सेवाग्राहीले आर्थिक दायित्व सृजना भएको महसुस पनि नगर्ने र प्रत्येक घरमा दुईवटा विरुवा सजिलै हुर्कन सक्छन । त्यसैगरी घरको अभिलेखिकरणको प्रक्रियामा समेत कुनै न कुनै एङ्गलबाट एक घर दुई विरुवाको नीति लागु गराउन सकिन्छ । यो अभ्यास गरि आएको विषय पनि हो । आर्थिक क्रियाकलापसँग जोडिएका विरुवा रोप्ने प्रवन्ध मिलाउन सकिन्छ। यसको लागि स्थानीय नेतृत्वको लगाव, सोच, इमान्दार प्रयासको खाँचो रहन्छ ।   

नगरको फूल (City Flower) को चयन र लागू  :

स्थानीय सरकारलाई समृद्व र भाईव्रेन्ट बनाउनको लागि नगरले सिटी प्लावर छनौट गरी प्रत्येक घरमा नगरको फूल रोपण गर्न आव्हान गर्दा नागरिकको प्रत्येक घरमा शहरको फूल लगाउँछन र हरियाली प्रवर्धन र शहरी सौन्दर्यकरण स्वत: झल्कन्छ ।

आफ्नो र परिवारको जन्म दिन र म्यारिज एनिभर्सरीमा वृक्षारोपण :  

आफन्तको जन्द दिन र म्यारिज एनिभर्सरीमा शुभकामना दिने नयाँ पुस्तलाई आफ्नो र परिवारको जन्म दिनमा एउटा विरुवा रोप्ने अभियानमा आकर्षित गर्ने, अनिवार्य बनाउने, सहजिकरण गरियो भने प्रत्येक वर्ष लाखौ विरुवा रोपिन्छ, स्हारिन्छन्  र हुर्कन्छन् । यो कार्यक्रमले स्वत: हरियाली प्रवर्धनमा टेवा पुर्याउँछ नै ।

संघ, संस्था  र सहकारीको स्थापना दिवस र साधारण सभामा विरुवा रोपण अभियान :

स्थानीय सरकार मातहतका सबै सहकारी, संघ, संस्थाहरुले आफ्नो साधारण सभा र वार्षिक उत्सव मनाउँदा वृक्षारोपणलाई अनिवार्य गराउनु पर्ने हुन्छ । वार्षिक उत्सवको तामझामपूर्ण खर्चमा केहि विरुवा रोप्ने खर्च घुसाउँदा आर्थिक दायित्वको बढेको महसुस पनि हुँदैन । स्थानीय सरकारको कामलाई टेवा समेत पुग्छ ।  

जनप्रतिनिधिहरुले पदवहाली गरेको दिनको स्मरणमा वृक्षारोपण अभियान

जनप्रतिनिधिहरुले आफूले पदबहाली गरेको दिनको सम्झनामा वृक्षारोपण गर्ने परम्पराको थालनी गर्न यसले घचघचाउँछ । जनप्रतिनिधिहरुले असल अभ्यासको थालनी गरेमा क्रमश: संस्थागत हुँदै जाने र वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्छ। तिलोत्तमाका पूर्व प्रमुख बासुदेव घिमिरेद्वारा यसको सुरुवात गरिएको थियो ।

एक विद्यार्थी : दुई विरुवा :

सबै विद्यार्थीहरु आफ्नो विद्यालयको परिसर वा खाली जमीन रहेको स्थानमा विद्यालयको व्यस्थापनमा एक विद्यार्थी : दुई विरुवाको अभियानलाई माग गर्दछ । यसले विद्यार्थीहरुलाई वातावरणप्रति सचेत रहन  वातावरणलाई माया गर्ने बानीको विकास गराउँछ । तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माध्यामिक विद्यालयले यो अभियान सुरु गरेको थियो ।

 माता पिताको सम्झनामा वृक्षारोपण :

मातापिताको सम्झनामा विभिन्न पुण्य कार्य गर्ने व्यक्तिहरुलाई लक्षित गरेर वृक्षारोपण अभियानमा जोड्नु पनि यो अभियानको अर्को दृष्टि हो । २०७४ मा घोराही उपमहानगरपालिकामा यो अभियान सुरु भएको हो । तर अभियान रुपमा नभई कार्यक्रमको रुपमा संचालन भएको हुँदा यो अपेक्षाकृत फैलिन सकेन । यद्यपी यो कार्यक्रमलाई अभियानको रुपमा लैजान सकिन्छ । घोराही उपमहानगरपालिकाद्वारा यो अभियान सुरु गरिएको थियो।

सडकको दुवै तर्फ वृक्षारोपण गर्न कालोपत्रे वा उच्चस्तरको ग्राभेलको लईमा समावेश गर्ने

शहरलाई सुन्दर, सफा, हरियाली  र मनमोहक साच्चै शहर बनाउने प्रमुख अस्त्र नै सरसफाई र हरियाली र शहरी सौन्दर्यकरण नै यसका लागि सडक निर्माण लागत अनुमान तयार गर्ने क्रममा नै विरुवा रोप्ने कामलाई समेत लागत अनुमानमा समवेश गर्ने र सोही अनुसार सम्पादन गर्ने प्रवन्ध मिलाउनु पर्ने हुन्छ । यो काम बर्दघाट नगरपालिकाले नीतिगत रुपमा सम्बोधन गरेको छ । सायद आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजान्छ होला ।  यो भन्दा अगाडि घोराही उपमहानगरपालिकले प्रचलनमा ल्याएको थियो । सडकका वरिपरि विरुवाहरु रोप्ने, जोगाउने, हुर्काउने, पानी दिने र स्हार सम्भार गर्ने लगायतका कामहरु यो अभियान भित्र पर्दछन । यो अभियान घोराही उपमहानगरपालिकाले २०७४ मा सडक वोर्डका आयोजनाका हकमा अनिवार्य गरेको थियो।

वातावरणमैत्री स्थानीय शासन कार्यक्रमसँग तालमेल :

विश्वसमुदाय जलवायू परिवर्तनको चपेटामा परिरहेको अवस्थालाई ध्यानमा राख्दै सरकारले वातावरणमैत्री स्थानीय शासन कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमको माईलस्टोनको रुपमा नगरसफाई कार्यक्रमका बहुआयामिक अभियानहरु पर्दछन् ।यो कार्यक्रमलाई पनि सँगसँगै लैजानु पर्दछ भन्ने माग यो अभियानले राख्दछ।

 बर्दघाटको अभ्यास :

स्थानीय सरकारको एकल प्रयास र लगावले मात्र अपेक्षाकृत नजिता हासिल गर्न सकिदैन ।  अपेक्षाकृत नजिता प्राप्तिका लागि शासन व्यवस्थापन तीन वटा क्षेत्रको हिस्सेदारी र साझेदारी आवश्यक मानिन्छ । सरकार, निजी क्षेत्र र सामाजिक क्षेत्रलाई विकासका विभिन्न आयामहरुमा सहभागिता गर्दै लैजाने मनसायका साथ गत भदौदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिवार यो अभियान संचालन हुँदै आएको छ । यो अभियानको सुरुवात बाग्मती सरसफाई महाअभियानका प्रणेता डा राजु अधिकारीज्यूको प्रमुख उपस्थितिमा नगरलाई विभिन्न कलष्टरमा विभाजन गरी यो अभियानको घोषणा गरिए बमोजिम अहिले विभिन्न तह र तप्कामा यो अभियान जारी रहेको छ । यसका विभिन्न आयामहरुलाई केलाउने र अभ्यास गर्ने क्रममा रहेका छौ ।

बर्दघाट बजार विकास समितिको अगुवाईमा कुहिने फोहर र नकुहिने फोहोर बर्गिकरणको अभियान नै चलेको छ । यसले राम्रो नतिजा दिईरहेको छ । यद्यपी यसलाई अझै गहिराईसम्म पुर्याउ उहाँहरु लागि रहनु भएको छ।  

शिक्षा शाखाको अगुवाईमा "हाम्रो विद्यालयको सुन्दरता र सरसफाईका लागि हरेक दिन मेरो २ मिनेट"  अभियान चलिरहेको छ । यो अभियान अन्तर्गत जो कोहो व्यक्ति पनि विद्यालय परिसर भित्र छिर्दा अनिवार्य रुपमा २ मिनेट विद्यालयको सरसफाई र हरियाली प्रवर्धनमा जुट्नु पर्ने सर्कुलर भएको छ र सो अनुसार अभ्यास पनि गरिदै आईएको छ । स्वास्थ्य शाखाले समेत  हरेक शुक्रबार बिहान साढे दश बजे  दश मिनेट सबै स्वास्थ्य संस्थाहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाई अभियान संचालन गरेको छ ।  नगर सरसफाई र हरियाली प्रवर्धनलाई माउ अभियान (Mother Movement) मानेर "बर्दघाटका १२ अभियानहरु घोषणा गरी ति अभियानहरुलाई बजेटरी सपोर्ट सहित आगामी आर्थिक वर्षमा प्रभावकारी र नतिजामुखीढंगले संचालन गरिने प्रवन्ध मिलाईएको छ ।

निष्कर्ष :

नगर सरसफाई र हरियाली प्रवर्धन कुनै कार्यक्रम होइन । यो अभियान हो । अभियान भनेकै निरन्तर चलिरहेन, निरन्तर गरिरहने, समुदायका विभिन्न कामहरुलाई यससँग जोड्दै जाने, जोडिदै लैजाने अविराम अभियान हो । यो दिल र दिमागको संयोजन हो । यसले व्यक्ति र समाजमा रहेको घमण्ड, घामण र अभिमानलाई तोड्ने र झुक्न र निहुँरिन सिकाउने काम गर्दछ । आफूले सिन्को नभाँच्ने अरुलाई गाली गर्ने, केरा खाएर बाटोमा फाल्ने र सरकारलाई गाली  गर्ने प्रवृतिलाई निरुत्साही गरी समाज रुपान्तरणको लागि अग्रसर हुन दायित्व वोध गराउने कामको थालनी हो  । स्थानीय सरकारलाई सामाजिक रुपान्तरण गर्ने कामको प्रस्थान विन्दू हो । आफू परिवर्तन भएर संसार परिवर्तनको लागि आव्हान गर्ने पद्वति हो । यो अभियान त्यस्तो पुण्य काम हो । सारमा चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड हो यो अभियान ।

लेखक —कृष्णप्रसाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत, बर्दघाट नगरपालिका नवलपरासी ।


प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:२३
#Krishnasapkota_BICHAR
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्