Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • किन आउछन् बारम्बार बैंक खाताबाट पैसा हराएका र व्यक्ती ठगीएका समाचार 
किन आउछन् बारम्बार बैंक खाताबाट पैसा हराएका र व्यक्ती ठगीएका समाचार 
नेपाली चेली
नेपाली चेली बुधबार, माघ १७, २०८०

कोभिड महामारी पश्चात, बिभिन्न देशहरुबीच भइरहेको युद्ध र त्यसको असर बिश्वव्यापी छ, एकातिर आर्थिकमन्दीमा देशहरु फस्दैछन्, बेरोजगारको दर बढ्दैछ, महङ्गी अत्यधिक छ साना तिना कमाइले घर सञ्चालन गर्न तथा दैनिकी टार्न कठिन छ भने प्रयाप्त आम्दानी हुन पनि कठीन छ । यसरी लगभग बिश्बमै मानव जातिका आम्दानी तथा बचतमा क्रमिक रुपमा ह्रास देखिदैंछ । अर्काे तर्फ अनेक चाहाना र देखावटी समाजको जालोले विश्व आक्रान्त छ, बिभिन्न खाले संस्कृतिको आदान—प्रदान समाज, देश हुदै बिश्वभरी फैलिदैछन् । बिश्व व्यापिकरणका कारण व्यक्तिका इच्छा, आकांक्षा, आवश्यकता र चाहाना दिनानु दिन बढ्दैछ र त्यो प्राप्तीका लागि मानव जीवन संघर्षरत छ ।

जे जसो भएपनि यी आवश्यकता पुरागर्न सम्पत्ती आर्जन गर्नु जरुरी छ र मानव जीवन धन आर्जन गरी सुखी र सुरक्षीत जीवनयापनका लागि अनवरत संघर्षशील छ ।  

मानिसका आम्दानीका स्रोत र साधन सिमित हुन्छन, बिशेषत रोजगारी, उधम, लगानी, व्यवसाय ,कृषीकर्म र सेवा प्रवाह नै आम्दानीका प्रमुख स्रोतहरु हुन । हाल नेपालमा पनि आर्थिकमन्दी, बेरोजगारको दर बढ्दै जानु, महङ्गी बड्नु र आम्दानी स्रोत खूम्चिदै जाँंदा व्यक्तिका इच्छा, आकांक्षा, आवश्यकाता र चाहाना पुराहुन कठिन भइरहेको छ । त्यसकारण पनि बैदेशिक रोजगारीमा जानेको सङख्या दिनानुदिन बड्दैछ ।

समाजमा बिभिन्न फरक साेंच भएका व्यक्तिहरु हुन्छन्, कोही अत्याधिक मेहनत गर्छन्, मेहनति तथा कर्मशील हुन्छन्, कोही बिलासी जीवन बिताउन चाहन्छन् मेहनत गछन्, कोही केही गर्न खोज्दैनन् तर बिलासी जीवन बिताउन चाहन्छन । कोही सकारात्माक सोंच राख्दछन असल समाज निमार्णमा चिन्तन राख्छन्, कोही नकारात्माक सोच राख्दछन कोही आफ्नो बाहेक अरुको सोच्दैनन्, कोही देखावटी समाजसेवि हुन्छन् भने कोही आ—आफ्नो ध्यानमा केन्द्रीत हुन्छन् । संभवत मानव समाजको उत्पतीदेखि नै यस्ता खाले चरीत्र भएका व्यक्तिहरु समाजमा स्थापित छौं ।

मुलतः परापुर्व कालदेखिनै बिभिन्न समयमा विभिन्न तरीकाबाट नकारात्माक सोंच राख्ने अझ भनौ दुष्कर्म गरी सहज रुपमा धन आर्जन गर्न चहाना राख्ने व्यक्तीहरुले समय—समय अनुसार सोझा तथा निमुखा व्यक्तिहरुलाई जालझेल गर्ने, ठग्दै, धोकादिदै आयका छन् र अमुक रुपमा सम्पत्ती आर्जन गर्दैछन् । 

यसै शिलशिलामा हाल बिभिन्न सञ्चारमाध्यमबाट व्यक्तिहरु ठगइएका, बिभिन्न घोटाला आदिका घटनाहरु बाहिर आइरहेका छन् । बिशेषत बित्तीय रुपमा व्यक्तिहरु हालका दिनहरुमा बिभिन्न तरीकाले ठगीइ रहेकाछन । आजकल बिशेषत सामाजिक सञ्जाल मार्फत बिभिन्न उमेर समुह तथा पेशामा आबद्द व्यक्तिहरुलाई सञ्जालमा आबद्द, सम्पर्क गरी बिभिन्न खाले प्रलोभनमा पार्ने र ठगी गर्ने उद्देश्यले हुँदै सम्मको निच हर्कत् गर्दैछन् ।

ती मध्ये केही घटनाका प्रकार तथा प्रकृती यस्ता छन् ।
१. तपाइलाई पार्सल पठाइदिएको छु, म नेपाल बाहिर रहेका कारण मलाई नेपालको भन्सार तिर्नेबारे थाहा छैन बिशेष समान हो लाग्ने राजश्व आफैं तिर्नु जस्ता मेशेजहरु पठाइ सामाजिक सञ्जालमा राजश्व कार्यालयको लोगो समेत राखी म राजश्व कार्यालयको कर्मचारी हुँ तपाईंको पार्सल आएको छ भन्दै पार्सल प्राप्त गर्न खातामा पैसा जम्मा गर्नुहोस् भनि अनधिकृत रुपमा पैसा पठाउन लगाइ ठगी गरिरहेका छन । 

२. तपाईले सामाजिक सञ्जालमा यस्तो गेम खेल्नुभएको थियो सो बापत तपाईलाई यती रकमको चिठ्ठा वा पुरस्कार पर्यो अथवा यो समान तपाईले प्राप्त गर्नूहुनेछ कर प्रयोजनका लागि पैसा पठाउनुस् भनि ठगी गरीरहेका छन  । 

३. तपाईको नामसँग मिल्दो हकवाला राखेको मान्छेको मृत्यू भयो उसको यहाँ कोही छैन अथवा यो बारेमा हालसम्म कसैले दावी गरेको छैन म बैंकको कर्मचरी हुँ तपाईले हकवाला हुँ भनि दावीगर्नू पर्यो, सम्पुर्ण प्रकिृया म मिलाउछु तर त्यसकालागी तपाईको कागजात तथा केही रकम पठाउनुस् भनि ठगी गरिरहेका छन् ।

४.इन्टरनेटको पहुँच आजकल जहीँतहीँ छ अझ भनौ कोभिड महामारी पछी इन्टरनेटको पहुँच नेपालमा बृहत रुपमा बढेसंगै बिभिन्न सामाजिक सञ्जालमा व्यक्तिहरु जोडिएका छन्, यसले देश दुनियाका खबर तथा विभिन्न कार्यहरुमा सहयोग गरेको भए पनि मानिसहरुका विभिन्न गोप्य तथ्याङ्क ह्याकगरी वा सामाजिक सञ्जालको दूरुपयोग गरी व्यक्तिहरु ठगिइरहेका छन । 

५. नेपालबाट बैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या धेरै छ, जसले मासिक रुपमा आफ्नो आम्दानी परिवार तथा साथिभाईहरुलाई पठाइरहेका हुन्छन्, यसरी पैसा पठाउदा परिवार तथा आफन्तले केही रकम बढी पाउँछन् भन्ने लोभ देखाइ गैरकानूनी रुपमा हुन्डी कारोवार मार्फत् पैसा पठाउदा धेरै व्यक्तिहरु ठगिइरहेका छन । 

६. हाल बैदेशिक रोजगारमा जान चाहने नेपालीहरुको संख्या धेरै छ त्यसैको गलत फाइदा उठाइ बिदेशबाट अफर लेटर आयो भिजा प्रोसेसका लागि पैसा पठाउनुस् भनि सोझा—साझा व्यक्तिहरु ठगिइरहेका छन् । यी केही देखिएका घटनाका उदाहरण मात्र हुन, यस्ता प्रकारका ठगी गर्दा डिजिटल बैंकिङ्क र बैंक खाताको अत्याधिक दुरुपयोग भएको समेत पाइन्छ भने प्रयोगकर्ताले निकै सावधानी अपनाउनु पर्ने देखिन्छ ।

खाताबाट पैसा हराउने कारण 

हाल दैनिकजसो मानिसहरु आफ्नो खाताबाट पैसा हराएको भन्दै उजुरी लिएर आउने गर्दछन्, कहिले काहीं त बंैक तथा बित्तीय संस्थाहरुले मेरो पैसा खाइदियो भनि विभिन्न बैकंको नामै राखेर समाचारहरु पनि आएको हामी पाउछौं तर त्यसको छानबिन गर्दै जादा खाता धनी आफैले सावधानी गुमाउँदा, आफ्ना गोप्य सूचनाहरु सेयर गर्दा, बैंकहरुले कारोबार प्रमाणीत गर्न पठाउने ओ.टी.पी हरु अरुलाई सेयर र डिजिटल कारोबारको प्रर्याप्त ज्ञान नराख्दा यस्ता घटना भएको पाइन्छ । 

विभिन्न समयमा प्राप्त यस्ता उजुरीहरुको छानविनको क्रममा डिजिटल बैंकिड्ढको प्रयोगगरी कारोबार भएका र सो खाताहरु मार्फत् अनुसन्धान गर्दा पिडक भनिएका व्यक्तिका खातानै अनाधिकृत रुपमा प्रयोग भएको समेत पाईन्छ । त्यस्ता व्यक्तिका बयान सुन्ने हो भने खाता खोलेर आफ्नो मोवाइल बैंकिङ्क र ए.टि.एम कार्ड १०—२० हजार रुपैया अग्रीमरुपमा लिइ अरुलाइ नै चलाउन दिएको र आफू कानुनी फन्दामा परेका समेत बताउँछन् आजपनि यस्ता घटना धेरै छन ।

अर्कातिर कहिले काहीं बैंक तथा बित्तीय संस्थाका कर्मचारीको असावधानी तथा लापरवाहीका कारण पनि बचतकर्ताका खाताबाट डिजिटल कारोबारको माध्यमबाट पैसा चोरीएका घटना छन् यसरी बैंक तथा बित्तीय संस्थाका कर्मचारीको असावधानी तथा लापरवाहीका कारण बचतकर्ताको भएको नोक्सानी त छानविन पश्चात बचतकर्ताले फिर्ता पाउँछन् भने प्रयोगकर्ताले आफ्नै लापरवाहीका कारण भएको नोक्सानीले थप समस्या उत्पन्न गर्दछन्  । 

बच्ने उपाय

नेपालमा हालसम्म पनि देशका सम्पूर्ण भू—भागमा बित्तीय पहूँच पुगिसकेको छैन, करीब करीब सबै स्थानीय तहमा बैकका शाखाहरु पुगेपनि बिकट भौगोलिक अवस्थाका कारण बैंकिङ्ग सूबिधाबाट सर्वसाधारण बन्चित नै छन भने वित्तीय चेतनाका अवसर नै नपाएका व्यक्तिहरु कति हुन्छन ।

त्यसकारण, बैंकंतथा वित्तीय संस्था सरकार तथा राष्ट्रबैंक सबैले बिशेष पहलकदमी लिइ सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्ने । बैंकिङ, पूँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान र सीपलाई सचेतनामूलक अन्तरक्रिया, र्याली र चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेगरी बिभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामाग्री र अन्तर्वार्ताहरू प्रसारण गर्नु पर्दछ । यी र यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न सके थप ठगीएका घटना न्युनिकरणमा अवस्य टेवा पुग्नेछ । भने अर्कातर्फ यसरी ठगी गर्ने व्यक्ति वा गिरोहलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नु आवश्यक छ ।

डिजिटल कारोबारको प्रयोग गर्दा सकेसम्म भरपर्दाे तथा साइवर सेक्यूरीटीजमा अग्रज बैंकहरुमा कारोवार गर्नु पर्दछ । डिजिटल कारोबारको अनाधिकृत कारोवार र ठगी रोकथामका लागि राष्ट्र बैंक, बै‌क तथा बित्तीय संस्थाहरुले हरदम प्रयास समेत गरिरहेका छन् । राष्ट्र बैंक, बै‌क तथा बित्तीय संस्थाहरुले डिजिटल कारोबारको बारेमा समय समयमा सुचनाहरु जारी गरिरहेका हुन्छन सो को वारेमा चासो, ज्ञान तथा जानकारी राख्ने, सिक्ने तथा आफन्त तथा साथीभाइहरुलाइ समेत जानाकारी गर्ने गराउने नै ठगीनुबाट बच्ने प्रमुख उपाय हो  । 

अन्त्यमा, प्राय सबै घटना तथा तिनका अनुसन्धान गर्दा खाता धनीका असावधानी र लापरवाही नै प्रमुख कारण भएको पाइन्छ, तसर्थ आफ्नो थैलो राम्ररी बांध्नु र अरुलाइ दोष नलगाउनु भन्ने उखानलाई आत्मसाथ गर्दै आफूले प्रयोग गर्ने बैंक खाता तथा डिजिटल बैंकिङ्कका बारेमा प्रयाप्त जानकारी राखी कारोबार गर्नु नै बुद्धिमानी हुन्छ ।

- लेखक भानुभक्त अधिकारी, बैकिङ्ग क्षेत्रमा कार्यरत हुनुहुन्छ । 
 


प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्