Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • नवलपरासी आन्तरिक र वाह्य पर्यटनको केन्द्र बन्न सक्छ
नवलपरासी आन्तरिक र वाह्य पर्यटनको केन्द्र बन्न सक्छ
नेपाली चेली
नेपाली चेली बुधबार, भदौ १९, २०८१

नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला, नेपालको पूर्वपश्चिम क्षेत्रको करिव बीच भागमा रहेको एक जिल्ला हो । वि.सं. २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई पुनः २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो । नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाको परासीमा अवस्थित छ। नवलपरासी जिल्ला ७ वटा स्थानीय तहमा विभाजित छ, जसमा ३ नगरपालिका र ४ गाउँपालिका रहेका छन्। नवलपरासी लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रको प्रवेश जिल्ला पनि हो भने नारायणी नदिवारी २७.५ किलोमिटर क्षेत्र भारतसँगको सिमानामा पनि रहेको छ ।  

नवलपरासी जिल्ला सानो क्षेत्रफलमा अवस्थित भएकोले दिन भरमा एक फन्को लगाउन सकिन्छ । करिव ६३४.८८ वर्ग कि.मी.मा रहेको जिल्लामा २०७८ सालको जनगणानुसार ३ लाख ३१ हजार ९०४ जनसंख्याको बसोबास रहेको छ । नवलपरासी जिल्लाको मूख्य पेशा कृषि हो भने, व्यापार व्यवसाय र बैदेशीक रोजगारी पनि पेशाको रुपमा विकास हुँदै आएको छ । पछिल्लो समयमा नवलपरासीको रामग्राम नगरपालिका भित्र विभिन्न प्रकृतीका ठूला उद्योगहरु खुल्ने क्रम पनि बढेसँगै थप रोजगारीको सृजना पनि भएको पाइन्छ ।

नवलपरासी जिल्ला क्षेत्रफलले सानो होला तर जिल्ला भित्रका ऐतिहासिक, धार्मिक र पुरातात्वीक महत्वका स्थलहरुले सिङ्गों जिल्लालाई आन्तरिक र वाह्य पर्यटकहरुको केन्द्रको रुपमा विकास गर्न सक्ने सम्भावना पनि बलियो छ । कुरा सानो वा ठूलोको होइन बरु महत्व र आस्थाको हो । भगवान गौतमबुद्धको सिंङ्गो अस्तुधातु रहेको रामग्राम, नाम उच्चाहरण गर्ने वित्तिकै सिंगो जिल्ला, राष्ट्र र अन्तर्राष्ट्रिय पर्यटन अर्थात आन्तरिक र वाह्य पर्यटकको ध्यान तान्ने ठाउँ हो । बुद्धको नामसँगै जोडिएको गौतमबुद्धको मावली कोलिय गणराज्यको राजधानी पण्डितपुर, पाल्हीको नन्दननगर, सरावलको ककरपत्तनगर र बुद्ध सरोवरताल, बर्दघाटको बुद्ध मंगलताल र सुस्ताको अनोमाघाट पनि उत्तिकै आस्थाका केन्द्रहरु हुन् । 

जिल्ला विभिन्न धार्मिक स्थलहरु मध्ये सरावलको धन पोखरा, सरावलकै मधवलिया मस्जिद, रामग्रामको बन्जारिन माई मन्दिर, सुक्रौलीमा अवस्थित रामजानकी मन्दिर, बंजरियाको भौगाड मन्दिर आन्तरिक पर्यटनको केन्द्र बन्न सक्ने देखिन्छ । यस्तै सुनवल नगरपालिका भित्रका सहिद विष्णु प्रसाद पाण्डे प्रतिष्ठान पार्क, कृष्णधाम, बनाहादेवी स्थान, देवदहताल र अमरपोखरी आन्तरिक पर्यटनकालागि महत्वपूर्ण केन्द्रहरु हुन् । यस्तै बर्दघाट नगरपालिका भित्रका कन्चनगढी, वाउन्नघोला सिमसार क्षेत्रहरु पनि क्रमशः आन्तरिक र वाह्य पर्यटनकालागि आकर्षक केन्द्र बन्दै गएका छन् । 

जिल्लाको सरावल गाउँपालिका उत्तर चुरे पहाडदेखि दक्षिण भारतको सिमासम्म फैलिएको पालिका हो । सरावल गाउँपालिकामा पनि थुप्रै पर्यटकीय क्षेत्रको विकास हुने क्रममा छ । वडा नं. १ को रजहा वनवाटिका, दुर्गामन्दिर तिलकपुर कमलपोखरी, शिवमन्दिर अत्रहटी, धनपोखरा ताल धनगडवा, मस्जिद मधवलिया, वर्दघाटे कालिका मन्दिर आन्तिरिक पर्यटनका केन्द्र बन्दै गएका छन् । यस्तै सरावलमै पछिल्लो समयमा आन्तरिक पर्यटनको महत्वपूर्ण केन्द्र थारु साँस्कृतिक पार्क र मधेश साँस्कृतिक पार्क रहेका छन् । 
जिल्लाको पाल्हीनन्दन गाउँपालिका भारतको सिमानाकासँग जोडिएको पालिका हो । खुल्ला सिमानाका भएकोले विविध चुनौतीका बावजुद पालिकाले पर्यटकीय क्षेत्रको विकासकालागि महत्वपूर्ण कामको थालनी गरेको छ । झण्डै ५०० बर्ष पुरानो पाल्हीनन्दन ५ विष्णुपुरा स्थित राधाकृष्ण मन्दिर, लोहरौली शिवपार्वती दिव्यधाम, नन्दन ताल, वडा नं. २ को समयमाई मन्दिर पर्यटनको सम्भावना बोकेको क्षेत्रहरु हुन् । 

जिल्लाको प्रतापपुर गाउँपालिकामा ९ वटा वडा छन्, गाउँपालिकामा विभिन्न धर्म जातिजातिको वाहुल्यता छ । गाउँपालिका भित्र थुप्रै पर्यटकीय क्षेत्रहरु छन् । गाउँपालिका वडा नं. १ स्थित बाउन्नगढी मन्दिर, प्रतापुर २ को पन्चेश्वारी महादेव दुर्गा मन्दिर, प्रतापपुर ६ को रामजानकी मन्दिर, प्रतापपुर ८ को झखाडी मन्दिर, रामजानकी मन्दिर, प्रतापपुर ३ को छठघाट, प्रतापपुर ५ को मदरसा र प्रतापुरको ९ को ब्रम्ह स्थान, शिवमन्दिरहरु पालिकाको आन्तरिक पर्यटनलाई जोडेका छन् । यस्तै अनगिन्ती मठमन्दिर र समुदायको आस्था केन्द्रहरु पनि गाउँपालिकामा अवस्थित छन् । 

जिल्लाको सुस्ता गाउँपालिका नारायणी पारी सुस्ता गाउँको नामले प्रचलित छ । आफ्नो भूमिको रक्षा गर्न मरिमेट्ने सुस्तावासीहरुको कथा र व्यथासँग पनि सुस्ता जोडिएको छ । अहिले नारायणी नदिमा १ हजार ५ सय ७१ मि लामो झुलङ्गे पुल बनेसँगै नारायणीनदि सुस्ता पारी रहेको सुन्दर सुस्ता गाउँ हेर्न जानेहरुको भिड लाग्ने गरेको छ । नेपालकै ठूलो भनिएको झुलंङ्गे पुलको अवलोकन र झुलङ्गे पुलमार्फत सुस्ता पुग्न सहज भएका कारण आन्तरिक तथा वाह्य पर्यटन वढ्न सक्ने देखिन्छ । 

सुस्तामा थुप्रै एतिहासिक एवं धार्मिक महत्वका क्षेत्र पनि अवस्थित छन् । जसले सुस्ताको आन्तिरिक र वाह्य पर्यटनलाई बढाउन सक्छ । सुस्ताको वडा नं. ३, ४ र ५ मा पर्ने नारायणी नदी, सुस्ता २ सत्तपत्ती को कुवाँरवती मन्दिर (चुहाडी मन्दिर), महलबारीको नवदुर्गा मन्दिर, सुस्ता १ छिवनी स्थित बालपुरी मन्दिर र सुस्ता ५ को बौद्ध गुम्वा लगायतका धार्मिक क्षेत्रहरुले सुस्ताको आन्तरिक एवं वाह्य पर्यटनलाई जोड्न सक्ने देखिन्छ । 

लुम्बिनी प्रदेश सरकारले नवलपरासीका केही धार्मिक एवं पर्यटकीय सम्भावना भएका क्षेत्रहरुलाई विद्युतीय अभिलेखमा समेटेर महत्व दिन थालेको छ । भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम, सुनवल स्थित बाबा वर्दगोरीया, पाल्हीनन्दनको  पाल्ही भगवती मन्दिर, सुस्ताको त्रिवेणी धाम र मदारबाबा, सुनवल नगरपालिकाको महलपोखरी मन्दिर, सरावल स्थित ककरपत्त(कोलबृक्ष) नगर र सुनवल स्थित बैरागनाथ मन्दिरलाई विद्युतीय अभिलेखमा सूचिकृत गरी नवलपरासीका पर्यटकीय स्थलहरुको केन्द्र बनाउने पहल थाल्दै आएको छ । 

लुम्बिनी प्रदेश सरकारले नवलपरासीका केही पर्यटकीय स्थललाई गोल्डेन ट्रयाङ्गलको सम्भावित सडक रुट विकास गर्ने गरी गुरुयोजना निर्माण थालेको पाइएको छ । लुम्बिनी—मर्चवारी मन्दिर हुँदै पाल्हीनन्दनको पाल्हीभगवती मन्दिरसँग अवध भेजपुरा साँस्कृतिक सम्पदा सर्किटको विकास गर्ने सोंच अगाडि सारेको छ । यसले जिल्लालाई लुम्बिनी क्षेत्र र अन्य जिल्लासँग पनि जोड्न सकियो भने आन्तरिक पर्यटनलाई बढाउन सकिने देखिन्छ ।

नवलपरासी जिल्लाका ३ नगरपालिका र ४ गाउँपालिकाले पर्यटनको दिगो सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी विकासको गुरुयोजना तयार पार्ने र ती क्षेत्रलाई क्रमैसँग पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने देखिन्छ । 

विशेषगरी रामग्राम नगरपालिका स्थित रामग्राम स्तुपा, पण्डितपुर, वडा नं. ३ स्थित पूर्व प्रधानमन्त्री टंक प्रसाद आचार्यको जन्मथलोलाई प्राथमिकता दिएर आन्तरिक तथा वाह्य पर्यटनलाई अभिबृद्धि गर्नु पर्ने देखिन्छ । यस्तै सुनवल नगरपालिकाले श्रीकृष्णधाम, बाबावर्दगोरीया मन्दिर, मामि सतिसवरिया र महलपोखरीमा आन्तरिक र वाह्य पर्यटनको संभावनाकासाथ योजना वनाउनु पर्ने देखिन्छ । यस्तै वर्दघाट नगरपालिका वडा नं. ४ स्थित शिवालय मन्दिर, बाउन्नघोलाा सिमसार क्षेत्र, बुद्धमंगल ताल र वडा नं. ५ को कन्चनगढीलाई पर्यटनको मूख्य केन्द्र बनाउनु पर्ने देखिन्छ । 

यस्तै जिल्लाको पाल्हीनन्दन गाउँपालिकाले पाल्हीभगवती मन्दिर, नन्दन नगर र नन्दन ताललाई पर्यटनको मूख्य केन्द्र बनाउनु पर्ने देखिन्छ । सरावल गाउँपालिकाले थारु र मधेश साँस्कृतिक पार्क, बर्दघाटे कालिका मन्दिर र वडा नं. १ को रजहा बनबाटिकालाई पर्यटकीय हिसावले विकास गर्न सकिन्छ । यस्तै प्रतापपुर गाउँपालिकाको बाउन्नगढी मन्दिर र सुस्ता गाँउपालिकाको अनोमाघाट र सुस्ता गाउँलाई आन्तरिक र वाह्य पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना भएका विशेष क्षेत्रहरु हुन् । 

जिल्लाका पालिकाहरुले आन्तरिक र वाह्य पर्यटनको क्षेत्रमा काम गर्न पालिका भित्रका निश्चित क्षेत्रलाई प्राथमिकता दिनु नै पर्दछ । प्राथमिकता दिएका क्षेत्रहरुको विकासको गुरुयोजना तयार पार्ने र प्रदेश, संघिय सरकार र स्थानीय सरकारका प्रतिनिधिहरुको संयुक्त पहलमा बजेट विनियोजना गरी नवलपरासी जिल्लालाई आन्तरिक र वाह्य पर्यटनको केन्द्र बनाउन सकिन्छ । 
 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्