Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • दर्शनशास्त्र:  एक सँक्षिप्त परिचय 
दर्शनशास्त्र दर्शनशास्त्र:  एक सँक्षिप्त परिचय 
नेपाली चेली
नेपाली चेली आइतबार, असोज २७, २०८१

दर्शनलाई साधारण र विशेष अर्थमा फरक फरक किसिमले बुझ्ने गरिन्छ । साधारण अर्थमा दर्शन भन्नाले साक्षात्कार, अभिवादन वा दृष्टिकोण भन्ने बुझिन्छ । वृहत नेपाली शब्दकोष अनुसार दर्शन भन्नाले कुनै पनि वस्तुलाई हेर्ने काम वा हेराइ भन्ने बुझिन्छ । सँस्कृतको दृश धातुवाट दृष्य वन्दछ । जसबाट दर्शन शब्दको उत्पत्ति भएको हो, जसको अर्थ हो हेर्नु । ‘दृष्यते अनेन इति दर्शनम्’ अर्थात जे को सहयोगले र जे हेरिन्छ त्यहि नै दर्शन हो । ग्रिक शब्द फिलोसोफि, फिलास र सोफियाबाट बनेको हो । ‘फिलास’ को अर्थ प्रेम वा अनुराग हो भने ‘सोफिया’ को अर्थ ज्ञान हो । यसरी ज्ञानको निम्ति अनुराग नै फिलोसोफि को अर्थ हो ।
    दर्शन शब्दलाई दार्शनिकहरुले विशेष अर्थमा बुझ्ने गर्दछन । विशेष अर्थमा दर्शन दृष्यावलोकन नभइकन तत्वावलोकन हो , दर्शन विश्व ब्रम्हाण्ड, समाज, मानिस र यिनमा घटिरहने बहुआयामिक घटनाक्रमलाई बुझ्ने दृष्टिकोण हो । दर्शनलाई विभिन्न विद्धानहरुले आ–आफ्नै अर्थमा ब्यख्या गर्नुभएको छ । जुन निम्नअनुसार रहेका छन ।

१) महात्मा मनु:  दर्शन सम्यक दर्शन हो अर्थात सम्पूर्णलाई देख्नु नै दर्शन हो । 
२) प्लेटो:  दर्शनको जन्म उत्सुकताबाट भएको हो ।
३) वरट्रेन्ड रसेल: विज्ञान र धर्मविचको पर्ति जमिन (No Man's Land) नै    
    दर्शनको क्षेत्र हो ।
४) हरवर्ट स्पेन्सर: दर्शनशास्त्रलाई सम्पूर्ण एकिकृत ज्ञान भन्न सकिन्छ । 
५) कार्ल माक्र्स: हरेक साँचो दर्शन आफ्नो युगको बौद्धिक सारको रुपमा रहेको हुन्छ । यो खास युगको उपजको रुपमा र निश्चित वर्गको बौद्धिक हतियारको रुपमा प्रतिपादन हुन्छन । आजसम्मका दार्शनिकहरुले विभिन्न किसिमले विश्वको ब्याख्या मात्रै गरेका छन तर मुख्य कुरा त्यसलाई बदल्नु पो हो । 
६) एँगेल्स:  दर्शनशास्त्र, प्रकृति, मानव समाज र चिन्तनको गति र विकासको सामान्य नियमहरुको विज्ञान हो ।

    यसरी विभिन्न विद्धानहरुले दर्शनलाई सामान्य अर्थमा नलिइकन विशेष अर्थमा लिने गर्दछन । विशेष अर्थमा दर्शन दृष्यावलोकन नभइकन तत्वावलोकन हो । Ph.D. (Doctor of Philosophy भन्ने गरेबाट नै दर्शन सबै विज्ञानको जननी हो भन्ने बुझिन्छ । विश्वको बारेमा सम्पूर्ण विचारको योग नै दर्शनशास्त्र हो । यसले विश्वको बारेमा समग्र विचार बनाउन मानिसलाई सक्षम बनाउछ ।

दर्शनशास्त्रको विकास
दर्शनको उत्पत्ति त्यसवेला भयो जव मानिसले जिवनयात्राको लामो सँघर्षमा आफ्ना समस्याहरुलाइ समाधान गर्ने ब्यवहारको क्रममा प्रकृतिका नियमहरु र उथलपुथलका कारणहरुलाई क्रमश चिन्दै गयो । आज भन्दा करिव ४० देखी २० हजार वर्ष पहिले आधुनिक मानव विकास भयो । यस पछि नै मानव समाजमा बस्ने र आफ्ना समस्या समाधानको निम्ति चिन्तन गर्ने  प्रणालीको सुरुवात भयो । ठीक यहिवेला देखी दर्शनको उदय भयो । दर्शन मानवको विश्व दृष्टिकोण हो । दर्शनको इतिहासको अध्ययनबाट  इशापुर्व लगभग १ हजार वर्ष पहिले देखी दार्शनिक चिन्तनको सुरुवात भएको पाइन्छ । युनान, चिन, इजिप्ट र दक्षिण एशियामा दर्शनशास्त्रको निम्ति उर्वर भुमी रह्यो र यहाँबाट दर्शनको विकास भएको मानिन्छ । समाज विकासको क्रममा ढुँगे युगको उत्तरार्ध र कृषि युगको प्रारम्भिक काल देखी दर्शनको सुरुवात भयो । प्राचिनकालमा भु्रणरुपमा भौतिकवादी धारणाहरु देखा परेका थिए । सँक्षेपमा दर्शनको विकासलाई निम्न रुपमा प्रस्तुत गर्न सकिन्छ

देश वा क्षेत्र           दार्शनिक                         समय
भारतवर्ष              गुरु चारवाक                     इ.पु. १५२० इ पु छैटौ सताब्दी
चीन                    लाओत्सु, वाङचुङ             इ.पु छैटौ पाँचौ सताब्दी
युनान                  हेराफिल्टस, डेमोक्रिटस     इ पु ५३०–४७० र ४६०–३७०
मध्यएशिया           इडन सिना                      इ.स. ९८०–१०३६
अरव                   इस्न रुश्द                        इ स ११२६–११९८

दर्शन र धर्मविचको सम्बन्ध
    धारण गर्न योग्य नै धर्म हो भनिए पनि यथार्थमा धर्म भनेको मानव चेतनालाई अलौकिक सँसार एवँ परम्परावादी साँेच र ढाँचामा बाँधेर राख्न चाहने एक माध्यम हो । धर्मको सँसार भनेको आफ्ना धारणा, मान्यता, आस्था, परम्परागत  चलन आदिलाई आँखा चिम्लेर विश्वास गर्ने र तर्क, शँका र वहस विना निरन्तर तिनै कुराहरुलाई पच्छाएर पुर्खौँदेखी हिँडेको एउटै बाटोमा निरन्तर हिँडिरहने सँसार हो । 
    धर्म र दर्शनलाई अन्तरसम्बन्धित रुपमा हेरेपनि यथार्थमा धर्म र दर्शन विल्कुलै फरक स्वभाव र चरित्र भएका आ–आफ्नै मौलिक गुण र विशेषता भएका फरक फरक कुरा हुन । यिनीहरु विचको अन्तरलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

दर्शनका मुलभूत प्रश्नहरु र वर्गिकरण

दर्शनशास्त्रले मुलतः निम्न दुइ प्रश्नहरुको उत्तर दिने गर्दछ ।
१) पदार्थ प्राथमिक कि चेतना ? (पृथ्वी, ब्रम्हाण्ड पहिले देखी नै थियो कि इश्वरद्धारा सिर्जना गरिएको हो ?)
२) जगत बोधगम्य छ कि अबोधगम्य ?

दर्शनशास्त्रले मानिसको विश्व दृष्टिकोणलाइ पदार्थ र चेतना विचको सम्बन्ध के हो ? पदार्थ र चेतना मध्ये कुन पहिलो हो ? चेतना भन्दा भिन्नै पदार्थको अस्थित्व थियो कि थिएन ? यो हाम्रो ब्रम्हाण्ड बुझ्न सकिने छ कि छैन ?
    यसका चालक नियमहरु बुझ्न सकिन्छ कि सकिँदैन ? माथी उल्लेखित प्रश्न नै दर्शनशास्त्रको मुलभूत प्रश्न हो र यसको उत्तर सँगै दार्शनिकहरु मुलतः दुइ भागमा बाँडिन्छन । विभिन्न विद्धानहरुले दर्शनलाई विभिन्न भागमा विभाजन गरे पनि मुलतः दर्शनका मुलभूत प्रश्नको उत्तर दिने क्रममा नै दर्शनलाई दुइ भागमा विभाजन गर्न सकिन्छ ।

दर्शनशास्त्रको वर्गिकरण

भाववाद (अध्यात्यवाद)
 भाववाद कुनै पनि वस्तुलाई ब्याख्या गर्ने त्यो तरिका हो जसले चेतनालाई पदार्थ भन्दा प्राथमिक मान्दछ । प्रकृति भन्दा आत्मा वा चेतनालाई माथी देख्ने, इश्वर वा परमसत्ता (चेतना) ले पृथ्वी, ब्रम्हाण्ड र सम्पूर्ण जगतलाई सिर्जना गरेको ठान्ने र जगत अवोधगम्य छ यो मानिसको ज्ञानको सिमा भन्दा बाहिर छ भनी ठान्ने सिद्धान्त वा वाद नै भाववाद हो । ‘समग्र विश्वको उत्पत्ति हुनुअघि परम चेतना तत्व इश्वर वा ब्रम्ह्य अनादि रुपमा विद्यमान थियो । त्यसैको इच्छा वा प्रतिविम्बको रुपमा भौतिक सँसारको उत्पत्ति भएको हो’

भौतिकवाद

भौतिक तत्वमा आधारित सिद्धान्त (भुतंइकंवाद) नै भौतिकवाद हो । भौतिक जगतबाट नै मनोजगतको सिर्जना भएको हो भन्ने मत वा वाद नै भौतिकवाद हो । अदृष्य र पारलौकिक तत्व वा इश्वरलाई नमानेर जीवन र जगतको वस्तु सत्यलाई नै मान्ने सिद्धान्त अर्थात भौतिक गुण तथा निर्माण तत्वलाई शाश्वत मान्दै भौतिक जगतलाई परिवर्तनशिल तथा विकासशिल रुपमा बुझ्ने र पदार्थबाटै चेतनाको सृष्टि भएको हो भन्ने सैद्धान्तिक चिन्तनलाई भौतिकवाद भनिन्छ । यसले मानव चिन्तन र चेतना भन्दा पहिले देखी नै पदार्थ वा प्रकृति अस्थित्वमा थियो र चेतना भौतिक जगतको दिर्घकालिन विकासको उपज मात्र हो भन्ने ठान्दछ । साथै यसले जगतलाई बोधगम्य भन्दछ । हाम्रो ज्ञानको सिमाको आधारमा जगतको रहस्यबाट नयाँ नयाँ पर्दा उघ्रदै जान्छ भन्ने मान्दछ । 
भौतिकवादको बारेमा विभिन्न विद्धानहरुले निम्न अनुसार आफ्नो धारणा ब्यक्त गरेका छन ।
१) चार्वाक (लोकायत) : यावतजीवेत सुखँ जीवेत ऋणँ कृत्वा घृतँ पीवेत । 
                                 भुस्मी भुतस्य देहस्य पुनरागमनं कुतः (वा.सु. ४५)
                                (जवसम्म बाँच, सुखपुर्वक बाँच, ऋण लिएर भएपनि घिउ पिउ
                                शरिर जलेर भवम भए पछि फेरी फर्केर आउने छैन )

२) फायरवाख: मानिसले पूर्व कल्पना गरेको अस्थित्व भौतिकता भगवान नभै प्रकृति बाहेक अरु केहि हैन । पृ ६४ प्रकृतिको प्रारम्भ र अन्त्य छैन । त्यसमा रहेका प्रत्येक थोक पारस्परिक अन्तरकृयामा छ, हरेक कुरा सापेज छ, हरेक कारण कार्य सँगसँगै छ । त्यसको प्रत्येक कुरा सर्वपक्षिय र अन्योन्याश्रीत छ । पृ. ८६

३) एँगेल्स: कुनै बाहिरी थपघट नगरी जस्ताको तस्तै रुपमा प्रकृतिलाई अध्ययन गर्ने दृष्टिकोण नै भौतिकवादी दृष्टिकोण हो । 

४) कार्ल माक्र्स (सँकलित रचनाहरु):  हामी आफू समेत गाभिएको भौतिक इन्द्रियद्धारा थाहा पाउने सँसार एकमात्र वास्तविकता हो । हाम्रो चेतना र विचार सँसारभन्दा शक्तिशाली देखिएता पनि मगजकै उत्पादन हुन र मगज भौतिक र शारिरीक हो । पदार्थ चेतनाको उपज होइन । चेतना नै पदार्थको माथिल्लो कोटिको उपज हो ।

यसरी चेतना भन्दा स्वतन्त्र रुपमा पदार्थलाई स्विकार्ने, पदार्थलाई प्राथमिक मान्ने र यसको परिष्कृत उपजको रुपमा चेतनालाई लिने तथा जगतलाई हाम्रो ज्ञानको सिमाको आधारमा बोधगम्य मान्ने मत वा सिद्धान्तलाई नै भौतिकवाद भनिन्छ ।

भाववाद र भौतिकवाद विचका अन्तरहरु 
‘भौतिक अस्थित्वसँग विचारको सम्बन्ध, प्रकृतिसँग आत्माको सम्बन्धको प्रश्न नै सम्पूर्ण दर्शनको मुल प्रश्न हो । दार्शनिकहरुले दिएका यस प्रश्नको जवाफले उनीहरुलाई दुइ ठूला समुहमा टुक्राइदिएको छ । प्रकृतिभन्दा आत्माको स्थान माथी छ भन्ने कुरामा जोड दिनेहरु भाववादी समुहमा परे । प्रकृतिलाई मुख्य ठान्नेहरु चाँहि भौतिकवादका विभिन्न मत लिनेहरुमा पर्दछन ।’
                        —फ्रेडरिक एँगेल्स
भाववाद (अध्यात्मवाद) र भौतिकवाद बीचका अन्तरहरुलाई निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ ।

भाववादको वर्गिकरण
भाववादलाई निम्न दुइ वर्गमा विभाजन गर्न सकिन्छ ।
१) वस्तुगत (यथार्थ) भाववाद ।
    ब्यक्ति भन्दा बाहिर अस्थित्वमा रहेको कुनै वस्तुगत चेतनाले जगतको सृष्टि गर्दछ भन्ने वाद वा सिद्धान्त नै वस्तुगत भाववाद हो । समग्र विश्वको उत्पत्ति हुनअघि परम चेतन तत्व इश्वर वा ब्रम्ह अनादि रुपमा विद्यमान थियो । त्यसैको इच्छा वा प्रतिविम्बको रुपमा भौतिक सँसारको उत्पत्ति भएको हो भन्ने मान्यता नै वस्तुगत भाववादा हो । 
    बाहिरी भौतिक सँसार हाम्रो प्रत्यक्षवोध (यदकभचखबतष्यल० भन्दा स्वतन्त्र रुपमा अस्थित्वमा छ र त्यो कुनै न कुनै रुपमा हाम्रो प्रत्यक्षवोध मार्फत प्रतिविम्बित हुन्छ । यो चिन्तन आत्मगत भाववादीको विरोधमा भौतिकवादीसँग निकट रहेको छ । तर यो वास्तविक सँसार इश्वरद्धारा सिर्जना गरिएको हो भन्ने मान्यता रहेको छ । यो चिन्तनलाई अघि बढाउने दार्शनिकहरुमा प्लेटो, जैमिनी, एक्वीनस, हँगेलको योगदान महत्वपूर्ण छ ।

२) मनोगत (आत्मागत) भाववाद
    सँवेदना तथा विचारको अलावा केहि पनि चिज अस्थित्वमा छैन भन्ने सिद्धान्त नै मनोगत भाववाद हो । मनोगत भाववाद अनुसार परम ब्रम्ह नै एकमात्र सत्य हो । यो मात्र अस्थित्ववान छ, यो ब्रम्हाण्ड त ब्रम्हको छाँया मात्र हो । ब्रम्ह नै प्रकृति हो । आफूसित सम्बन्धित क्रियाका कारणले ब्रम्हले आफ्नो रुप फेर्छ र ब्रम्हाण्ड बन्छ । यसप्रकार निर्गुण ब्रम्ह सगुण ब्रम्हाण्डमा फेरिन्छ । शँकराचार्य (केरल) भन्नुहुन्छ ‘ब्रम्ह सत्य जगन्मिथ्या, जीवो ब्रम्है नापर’ (यो सम्पूर्ण जगत झुठो हो, ब्रम्ह मात्र साँचो हो, ब्रम्ह नै हो अरु केहि होइन’।) त्यस्तै अद्धैत बेदान्तमा यसो भनिएको छ ‘ब्रम्ह समस्त तत्वहरुको कारण हो, ब्रम्हकै कारणले ति अस्थित्वमा छन । अन्तमा ति सबै ब्रम्हमै विलिन हुन्छन । ब्रम्ह अनादि अनन्त हो । त्यो मात्र अस्थित्ववान छ, अरु केहि छैन । एकमात्र सत्य हो अरु झुठा हो ।’यसरी ब्रम्ह वा परम चेतना तत्व मात्र सत्य र अरु सबै भौतिक पदार्थ झुठा वा चेतन तत्व छाँया मान्ने मत नै मनोगत भाववाद हो । यसलाई अघि बढाउने दार्शनिकहरुमा शँकराचार्य, वर्कले, फिक्टे, ह्युमको योगदान महत्वपूर्ण छ । 

भौतिकवादको वर्गिकरण
भौतिकवादलाई मुख्यतया अधिभुतवाद र द्धन्द्धवाद गरी दुइ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।

१) अधिभूतवाद वा अधिभौतिकवाद (Metaphysics)
    वस्तु तथा परिघटनालाई अपरिवर्तनिय तथा एक अर्कोबाट स्वतन्त्र मान्ने र आन्तरिक अन्तरविरोधलाई प्रकृति तथा समाजको विकासको श्रोत मान्ने कुरालाई इन्कार गर्ने चिन्तन नै अधिभूतवाद हो । परिमाणात्मक वृद्धि वा ह्रासको रुपमा नयाँको प्रार्दुभाव विना अस्थित्वमा भएकै कुराको सामान्य पुनरावृत्ति ९ऋथअभि० को रुपमा मात्र विकासको ब्याख्या गर्ने मत वा चिन्तन नै अधिभौतिकवाद हो । यसले प्रत्येक वस्तुलाई त्यसको अस्थित्वको वास्तविक परिस्थितीवाट निरपेक्ष रुपमा हेर्दछ । उनीहरुको वास्तविक परिवर्तन र विकास भन्दा निरपेक्ष, नियत र स्थिर मान्दछ । ‘प्रत्येक वस्ुत जुन हो त्यहि हो र त्यो अन्य कुनै वस्तु होइन’ । यो वा त्यो दुबै होइन । यो अधिभूतवादीको आदर्श वाक्य हो । यसले सँसारको प्रत्येक वस्तु अन्तरविरोधपूर्ण छ र प्रत्येक वस्तुको अन्य वस्तुसँग सम्बन्ध भएर नै अस्थित्वमा छ, अलग अलग रुपमा हैन र सँसारको प्रत्येक वस्तु परिवर्तनशिल छ भन्ने यथार्थलाई नकार्दछ । अधिभूतवाद मुलतः चिन्तनको एक निरपेक्ष पद्धति हो । यसले परिघटनाहरुको वास्तविक अन्तरसम्बन्ध र विकासलाई देखाउँन असमर्थ रहन्छ । यसले मात्र मित्थ्या, भ्रम र अमुर्तताको मात्र रचना गर्दछ । इशापुर्व पहिलो शताव्दीमा अरस्तुले पहिलो पटक यो शब्दको प्रयोग गरेका थिए । पछि अतिभूतवाद शब्दलाई द्धन्द्धवाद विरोधी शव्दको रुपमा सबैभन्दा पहिले हेगेलले प्रयोग गरे । एँगेल्स भन्नुहुन्छ ‘अधिभूतवादीको लागी वस्तु तथा त्यसको मानसिक प्रतिविम्ब, विचार अलग अलग हुने गर्दछ , कट्टरता जाँच पडतालको वस्तुहरुको लागि सधै भरिको निम्ति निश्चित गरिदिन्छ । त्यो पूर्णत अमुर्त, परस्पर विरोधी विपरितहरुमा सोच्छ । उसको सँवाद हो हो वा हैन हैन मा हुन्छ किन कि जे पन ियो भन्दा अधिक हुन्छ, त्यो पाप हुन्छ । उसको लागि कुनै वस्तुको कि अस्थित्व हुन्छ कि हुँदैन, उसको लागि कुनै वस्तुको निज रुपमा हुनु र उहि समयमा कुनै अन्य रुपमा हुनु असम्भव छ । 

२) द्धन्द्धात्मक भौतिकवाद (Dialectical Materialism)
    द्धन्द्धवाद ब्रम्हाण्ड, प्रकृति , समाज, चेतना र ज्ञानको विकास सम्बन्धि सामान्य भन्दा सामानय नियमहरुको अध्ययन गर्ने विज्ञान हो । यो शब्द ग्रिक शब्द ९म्ष्बभिनय० बाट बनेको हो । जसको अर्थ छलफल गर्नु वा वादविवाद गर्नु हुन्छ । विचारहरुको विच द्धन्द्ध नै सत्य सम्म पुग्ने बाटो हो भन्ने ग्रिक दार्शनिकको मान्यता थियो । द्धन्द्धवाद एउटा त्यस्तो बैज्ञानिक दर्शन हो जसले आफूलाई कहिल्यै पूर्ण र अन्तिम ठान्दैन । यसले सधै आफ्नो समयको ज्ञान विज्ञानको उचाइको जगमा आफूलाई उठाइरहनुपर्ने र परिष्कृत गर्नु पर्ने आवश्यकतालाई स्विकार गर्छ । यसले आफ्ना नियमहरुलाई प्रकतिमाथी लाद्ने होइन, प्रकृति बाट नियमहरु आविष्कार र विकास गर्ने कुराको पक्षपोषण गर्दछ । यसले प्रकृति र समाजका घटनाहरुलाई तिनको विकास परिवर्तनमा अध्ययन गर्दछ ।

प्राचिन ग्रिक दर्शनमा द्धन्द्धवादको प्रारम्भिक रुप पाइन्छ । ‘हर चिज निरन्तर परिवर्तनको स्थितीमा रहन्छ, हर चिज फेरिन्छ’ उहि नदिमा दुइपटक नुहाउनु असम्भव छ । वस्तु वस्तु विच मात्र होइन, स्वयँ कुनै वस्तु भित्र पनि अन्तरविरोध रहेको हुन्छ र यसैले उसलाई गतिवान बनाउछ’ ।                –हेराल्फिट्स (५४४–४८३ इ पु)

एँगेल्सका अनुसार ‘प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धि सार्वभौमिक नियमहरु सम्बन्धि सिद्धान्त नै द्धन्द्धवाद हो’ त्यस्तै लेनिनका अनुसार ‘द्धन्द्धवाद वास्तवमा पदार्थहरुको सबैभन्दा भित्रितहमा हुने अन्तरविरोधको अध्ययन हो’। 

सँसारमा हरेक कुरा विकासशिल छ, परिवर्तनशिल छ । विकास र परिवर्तन निम्न स्तरबाट उच्चस्तरमा, सरलबाट जटिलतर्फ गतिको रुपमा फडकोको रुपमा हुने गर्दछ । विकासको यो गति बर्तुलाकार ९क्उष्चब०ि रुपमा अघि बढदछ । यसरी नयाँ र प्रगतिशिललको प्रादुर्भावा र पुरानोको पतनको अनन्त प्रकृया नै विकास हो । एउटा प्रणाली विभिन्न उप प्रणालीहरुको सँयोगवाट बनेको हुन्छ । उप प्रणाली अनेकौँ अन्य उप प्रणालीहरुको सँयोगबाट बनेको हुन्छ । यसरी यसको श्रृङ्खला अनन्तसम्म पुगेको हुन्छ । यस्तो प्रणाली, उप प्रणालीको अध्ययन परिघटना र प्रकृयाहरुको समग्रता र भिन्न भिन्न अँशहरुको रुपमा अध्ययन गर्नु नै द्धन्द्धात्मक विधि हो ।

भौतिकवादी द्धन्द्धवादको रुपमा मानवजातीले एउटा साँच्चीकै वैज्ञानिक तरिका, प्रकृति र समाजका सारा प्रकृयाहरुलाई बुझ्ने सहि तरिका पाएको छ । द्धन्द्धवाद एउटा विज्ञान हो जसले चिजहरुलाई बुझ्नमा हामीलाई बाटो देखाउँछ जसले गर्दा तिनलाई फेर्न सकियोस ।

अधिभूतवाद र द्धन्द्धवाद विचका अन्तरहरु 

सन्दर्भ ग्रन्थ
१) S. Radhakrishnan - Indian Philosophy - Oxford university press, India
२) फ्रेडरिक एँगेल्स:  लुडविक फायरवार (माक्र्स–एँगेल्स–लेनिन)– द्धन्द्धात्मक भौतिकवाद, प्रगति प्रकाशन मस्को १९७८
३) मोरिस कन्फोर्थ:  द्धन्द्धात्मक भौतिकवाद, करेट बुक डिपो, कानपुर 
४) डा. बी एन सिँह, डा. आशा सिँह–भारतिय दर्शन, स्टुडेन्टस फ्रेन्डस एण्ड कम्पनी, हिन्दु विश्वविद्यालय मार्ग, वाराणासी, 
५) देवि प्रसाद चटोपाध्याय, भारतिय दर्शन, सरल परिचय, राजकमल प्रकाशन, नयाँ दिल्ली
६) राहुल साँस्कृत्यायन, दर्शक दिग्दर्शन, किताव महल
७) भिक्टर आफानस्थेभ, दर्शनशास्त्रको प्रारम्भीक ज्ञान, सहभागी प्रकाशन डिल्लीबजार काठमाण्डौ 
८) अजित कुमार सिन्हा, समकालिन दर्शन, हरियाणा साहित्य एकेडमी

९) सर अर्नेष्ट बार्कर:  युनानी राजनिति सिद्धान्त, हिँदी माध्यम कार्यन्वयन निर्देशनालय, दिल्ली विश्वविद्यालय
१०) बेद, उपनिषद तथा अन्य हिन्दु धर्म ग्रन्थहरु


प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ११:०१
#Badri Khanal
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्